शुक्रबार, ०४ असोज २०८१

तिहार बिशेष महिला फुटबल प्रतियोगिताको विजेता बन्यो केपी बा स्पोर्टस् क्लब

बाजुरा : बाजुरामा जारी सद्भावका लागि तिहार बिशेष महिला फुटबल प्रतियोगिताको विजेता केपी बा स्पोर्टस् क्लब बनेको छ । फाइनल खेलमा क्रियटर जोन एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केपी बा ले जित हात पारेको हो ।

महिला खेलाडीको खेल तर्फको आकर्षण बढाउन र तिहार बिशेष आपसी मित्रता र सद्भाव कायम गराउने उदेश्य सहीत प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा ४ टिम सहभागि थिए । सहभागि बडीमालिका ८ र केपी बा स्पोर्टस् क्लब बि लाई सेमिफानलमा पराजित गर्दै दुबै टिम फाइनल पुगेका थिए । 

विजेता केपी बा र उपविजेता क्रियटरलाई नगद पुरस्कार सहीत मेडल, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । प्रथमले ११ हजार १ सय ११ र द्धितीयले ५ हजार ५ सय ५५ रुपैया पुरस्कार प्रदान गरिएको छ ।

महिलाहरुका लागि मात्रै जिल्लामा कमै खेल हुने गरेका छन् । महिला खेलाडीको फुटबल मोह र खेल क्षेत्रमा महिला खेलाडीको पनि आकर्षण बढाउन सुरुवाद स्वरुप खेल आयोजना गरिएको अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् । 

No description available.खेलमा केपी बा की कप्तान सरिता नाथ उत्कृष्ट खेलाडी र केपी बा कै भूमिका विक उत्कृष्ट गोल रक्षकको उपाधीबाट सम्मानीत भएका छन् । नाथ एक्लैले ४ खेलबाट १० गोल गरेकी थिइन् । विजेता खेलाडीलाई सम्मान बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले गरेका हुन् ।

कार्यक्रममा केपी बा स्पोर्टस् क्लबका संरक्षक कृष्ण ओली, खेल संयोजक नरेन्द्र थापा, क्रियटर जोन ऐकेडेमीका प्रिन्सीपल मिनबहादुर कार्की सहीत सहभागि थिए । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले गरेका थिए ।

कोल्टीमा आयोजना गरेको साइनिग स्टार कपको उपविजेता रानीवनलाई मैलीपूर्ण खेलबाट सुरु गरिएको प्रतियोगितामा सहकार्य गर्ने मनकामना आर्टस्, पीसविन नेपाल, जिपी कम्प्यूटर एण्ड सप्लायर्स, क्रियटर जोन एकेडेमीलाई पनि प्रशसा पत्र प्रदान गरिएको छ ।

No description available.एन्फा रेफ्री कृष्ण थापाको टिमले खेल खेलाएका थिए । उचित खेल मैदान र लगानी विना नै महिला खेलाडीले समेत राम्रो खेल प्रर्दशन गरेको प्रति आफूलाई खुसी लागेको नगर प्रमुख अमर खड्काले बताएका छन् । नगर प्रमुख खड्काले मार्तडीमै खेल मैदान निर्माणको योजना सहीत अघि बढेको बताएका छन् । कार्यक्रमको सञ्चालन प्रेम नेपालीले गरेका हुन् । 

No description available.No description available.

प्रतिक्रिया दिनुहोस