शब्दले जति सुन्दरताको ब्याख्या गरेपनि अपूर्ण नै हुन्छ बडीमालिका । जति हेरपनि आँखा थाक्दैनन्, जति रमाउँदा पनि मन अघाउदैन् । जति समय खर्चिएर घुमेपनि २२ पाटन क्षेत्र घुमाइ अधुरै हुन्छ । पुग्नेहरुले सुदूरको स्वर्गकै उपमा दिने गरेका छन् । प्रकृति जति प्यारो र आकर्षण मानव मनका लागि अरु केही होइन रहेछ, बडीमालिका क्षेत्र पुगेपछि बल्ल थाह हुन्छ । त्यहाँ पुगेपछि सबैजसोले यही अनुभूत गर्छन् । र भन्छन् ।
बिहिबार १४, भदौ २०८० ०२:०३
स्थानीय पालिकाहरुले समेत विपत जन्य जोखिमबाट नागरिकलाई बचाउन कुनै ठोस योजना बनाएका छैनन् । हरेक वर्ष बाढी पहिरोका कारण विस्थापित परिवारहरु कोही छिमेकीको घरमा त कोही खुला आकाश मुनि पाल टाँगेर बस्न बाध्य भएपनि तीन वटै तहका सरकारहरु भने बेखबर छन् ।बस्ती स्थानान्तरणका लागि हाल सम्म कुनै सुरसार छैन । सरोकारवाला व्यक्ति र निकायहरु नै बेखबर देखिन्छन् । बाजुराको उच्च तहको नेतृत्व गर्ने नेताहरु नै जिम्मेवार देखिदैनन् ।
बिहिबार १४, भदौ २०८० ०४:३८
नगर प्रमुख जनक कुमार बोहराले बुढीनन्दा लगायतका नगर भित्रका धार्मिक एवम् पर्यटकिय क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् । नगरपालिकाले पर्यटन प्रवर्द्धनलाई पनि नगरपालिकाको समृद्धी संग जोडेर प्रचार प्रसार संरक्षण प्रवर्द्धनका कार्यलाई अगाडी बढाइरहेको बताए ।
शुक्रबार १५, भदौ २०८० १२:३६
सधैको समयमा सो क्षेत्र जान सकिदैन् । जेष्ठदेखि असोजसम्म मात्र सो क्षेत्रमा जान सकिन्छ । मागेको कुरा पाईने, धन लाभ हुने र बाँझोपन भएका, वा सन्तान नभएकाहरुका लागि सन्तान प्राप्त हुने धार्मीक विश्वास रहि आएको छ । सो क्षेत्रमा हकदाबी कोल्टी क्षेत्र नुरी र कुरुखोला क्षेत्रका स्थानीयको छ । उनीहरुले बुढीनन्दा क्षेत्रको वन क्षेत्रको उपयोग र सदुपयोग गर्ने गरेका छन् ।
शुक्रबार १५, भदौ २०८० ०३:०३
तीन वटै तहका सरकारबाट समेत अपहेलित हुँदै आएको यो तालको संरक्षण र प्रबर्द्धनमा नयाँ पुस्ताले चाँसो देखाउदै आएको भएपनि सरोकारवाला निकाय र सरोकार राख्नुपर्ने व्यक्ति नै जिम्मेवार देखिदैनन् । उसो त नजिकैको तिर्थ हेला भने झैँ स्थानीय सरकारबाटै ओझेल छ । गाउँ गाउँमा सिंहदरवार नामको संघीयता आएको झण्डै ७ वर्ष पुगिसक्दा पनि तालको अवस्था फेरिएको छैन। बरु पहिरोका कारण एक मात्रै गर्व गर्न लायक सम्पदा मासिने जोखिम छ । तालको प्रबर्द्धनका लागि पालिकाले दीर्घकालिन रणनीति तयार पार्दै आएको भएपनि कार्यान्वयन भने हुन सकेको छैन ।
शुक्रबार १५, भदौ २०८० ०५:२०
मेला महोत्सव हुँदा आधुनिक र लोक गीत अनि संगीत भरिएका देउडाले मात्रै प्राथमिकता पाउने भएपछि प्रतिष्ठानले लाइभ देउडाको संरक्षण गर्न कार्यक्रम आयोजना गर्न सुरु गरेको हो । गाउने कलाकार देखि हेर्ने दर्शकलाई रुचिको विषय पनि कम हुदै गएको प्रति चिन्ता बढेपछि लाइभ देउडालाई स्थान दिन खोजिएको हो ।
शुक्रबार १५, भदौ २०८० ०८:१५
तीर्थयात्रीहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर उपचार सेवाका लागि शिविर सञ्चालन गरिएको गुल्मपती धमेन्द्र बहादुर सिंहले बताएका छन् । यो पटक बडीमालिका धार्मीक तीर्थ यात्रामा नेपाली सेनाको बाक्लो उपस्थिति गराइएको थियो । राहत, सेवा र उद्दारका लागि टोली नै परिचालन गरिएको थियो ।
शुक्रबार १५, भदौ २०८० ०८:३६
युवाले गर्नु पर्ने जिम्मेवारी र निर्वाह गर्नु पर्ने भूमिका हामीले पुरा गर्न सकेका छैनौ । पढ्न गएको युवा अरुलाई अनावश्यक विषय पढाइ रहेको देखिन्छ । काम गर्ने सीप नभएको युवा योग्य युवालाई काम र गरि खाने सीपको कुरा सिकाइरहेका छौं । यति लज्जीत काममा पनि हामीलाई पछुतो छैन् । झनै बडो शानका साथ गफ दिइरहेका छौं ।
शुक्रबार १५, भदौ २०८० १०:२३
कला साहित्य क्षेत्रको संरक्षणमा लागिहरु बाहेक स्थानीय पालिकाका तर्फबाट कुनै पहल र लगानी गरिएको छैन् । स्थानीय सरकारले कलाकारिता क्षत्रको विकास कलाकारहरुको सम्मान र सस्कृतिको जगेर्ना गर्न कुनै ठोस योजना सहितको पहल गरेको पाइदैन । यसकारण पनि सँस्कृति हराउँदै जाने थप चिन्ता बढ्दै गएको छ ।सँस्कृतिको जर्गेना गर्न नयाँ पुस्तालाई कला क्षत्रतर्फ जागरुप गराउन स्थानीय सरकारले नीती नै बनाएर अगाडी बढ्न सके कला सँस्कृतिको जर्गेनामा टेवा पुग्ने कलाकारहरु बताउन्छन् ।
शनिबार १६, भदौ २०८० १२:५४
जिल्ला स्तरीय कार्यक्रमको उद्घाटन मल्ल स्वयले गरेकी हुन् । नेपाली सर्वाहाराको मुक्ति र परिर्वतनका लागि लडेको, र लडिरहेको माओवादीलाई काँग्रेस एमालेको गलत प्रचारले जनता अल्मलिएको र दोबीधामा भइरहेकोले भ्रम चिर्न र जनतासँगको सम्बन्ध थप बलियो बनाउन रुपान्तरण अभियान थालेको मल्लले भन्नु भएको छ ।
शनिबार १६, भदौ २०८० ०६:४७
थापाले सामाजिक सञ्जाल मार्फत भेला आयोजनाको औपचारिक जानकारी समेत गराएका छन् । जिल्लाको विकासमा पालिका स्तरमा भइरहेका प्रयास, जनताका लागि जारी गरिएका घोषणा पत्र अनुसारको काम कारवाहीको अवस्था, जनता र जनप्रतिनिधी बीचको सम्बन्ध बारे लिखित छलफलका लागि भेला आयोजना गरेको हो ।
शनिबार १६, भदौ २०८० ०७:००
एपेन्डिसाइडको समस्याले थला परेका कटेलको जहाज नेपालगञ्ज नपुग्दै बीच यात्रामै मृत्यु भएको हो । कटेललाई उपचारका लागि सिता एयरको विमानबाट पठाइएको थियो । २४ घण्टा भित्र उपचार गराइसक्नु पर्ने जटिल रोगको सिकार बनेका कटेललाई लिएर जहाज दिउँसो १२ः३३ मा कोल्टीबाट उडेको थियो ।
शनिबार १६, भदौ २०८० ०७:४२
गएराती करिव साढे १२ बजे बजेको समयमा चट्याङका कारण उनको मृत्य भएको वडा न . ६ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष परे बडुवालले जानकारी दिएका छन् । उनका अनुसार बालिका सहित तीन पशुचौपाया पनि मरेको बताइएको छ । ११ वर्षिय बालिका संगै एक भैँसि र भैँसिको पाडो र एक गोरु पनि मरेको बताइएको छ । मृतक रावलका बुवा सहित तीन जना लेखमा मागथलामा खरक हालेर बस्दै आएका थिए ।
आइतबार १७, भदौ २०८० ०७:४८
आर्थिक अवस्थाले बाहिर गएर उपचार गर्न सक्ने अवस्था नभएपछि आफन्तले उनलाई घर फर्काएका छन् । बयालपाटामा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि बाहिर लिनका लागि आर्थिक अभाव भएकाले घर फर्काइएको उनका आफन्त शेर बहादुर रावतले बताएका छन् । पैसाको जोहो कतैबाट नभएपछी घर फर्काइएको उनले बताए ।
आइतबार १७, भदौ २०८० ११:०२