बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा कप फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ । सेभन ए साइड बाजुरा कपको औपचारिक उद्घाटन नेकपा एमाले सचिव एवं मालिका माविका विव्यस अध्यक्ष काशी विकले गरेका हुन् । २० टिम सहभागि खेलको पहिलो दिन बाजुरा अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी र इन्जिनियर सेवामा आवद्ध युवाहरु बीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराइएको थियो ।
खेलमा इन्जिनियर सेवाका युवाहरुले जितेका छन् । भोलीबाट समूह चरणका खेलहरु सञ्चालन गरिने युवा आयोजक खेलका सल्लाहकार संयोजक लक्ष्मण रोकायाले जानकारी दिएका छन् । खेल संयोजक हिमाल बडुवालको अध्यक्षतामा खेल सञ्चालन गरिएको हो ।
मार्तडीमा केही वर्ष पछि खुला सेभन ए साइड प्रतियोगिता आयोजना गरिएको हो । गोरख बडुवालले खेल उद्घाटन समारोहको सञ्चालन गरेका थिए । २६ गतेसम्म सञ्चालन हुने भनिएको खेल मालिका माविको खेल मैदानमा सञ्चालन गरिएको छ ।
युवाहरुको समूह मिलेर दशैं तिहार विशेष आयोजनाको धेरै संख्यामा टिमहरु सहभागि भएका छन् । ५ हजार नगद सहीत टिम दर्ता राखिएको खेलको विजेताले ६१ हजार नगद, टर्फि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा जिल्ला भित्र र बाहिरका खेलाडी र जिल्ला भित्रकै टिमहरु सहभागि छन् । प्रतियोगितामा उपविजेता टिमलाई ३२ हजार नगद सहीत प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई ५।५ हजार नगदले सम्मान गरिने छ ।
यस प्रतियोगिताबाट जिल्लामा खेलकुदको विकास र युवाहरूको खेल प्रतिको आकर्षण बढ्ने विश्वास लिएको आयोजक युवा समूहले बताएका छन् । बाजुरामा खेल क्षेत्रको सफलताले सिंगो जिल्लाको मान र प्रतिष्ठा बढेको नेकपा एमाले सचिव काशी विकले बताएका छन् ।
मुल आयोजक विनै खेल सञ्चालन गरिएको छ । हिमाल बडुवाल फुटबल खेलाडी हुन् । उनले बी डिभिजन खेलीसकेका छन् । भने दिनेश टे«र्डस एण्ड सप्लार्यसले प्रायोजन गरेको छ । खेल मैदानका लागि मालिका माविले सहयोग गरेको छ ।
प्रतिक्रिया दिनुहोस