१० दिन जनतासँग जोडिएका नेता कार्यकर्तासँग भेट्ने, छलफल तथा समीक्षा गर्ने, संगठन सुधारको अवस्था बारे जानकारी लिने र शुद्धिकरणको औचित्य सुनाउने कार्यमा नेताहरु सक्रियपनि रहे । तर भनेजस्तो अभियानको उत्साह र नेता कार्यकर्ताको उपस्थिति कतै देखिएन् । बाजुरा होस्, कि अन्य जिल्ला वा कुनै निर्वाचन क्षेत्र, कतैबाट पनि नयाँ तरंगको संकेत देखिएन् ।
बिहिबार ३२, साउन २०८० ०५:५१
नागरिकले उठाएका प्रश्नको जवाफ दिदै नगर उपप्रमुख नन्दा थापाले आएका सुझावहरुलाई ग्रहण गरेर सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । काम गर्दै जाँदा कतिपय कमजोरी हुने बताउदै नगरबासिको जनअपेक्षा अनुसार नै काम गरिरहेको दावी गरेकी छन् । नगर सरकारले गरेका कामहरू माथि नागरिकले उठाएका प्रश्नहरु र आएका सुझावहरुले थप जिम्मेवार बनाएको पनि उनले बताइन् ।नगरले गरेका समग्र कामहरुमा नागरिकको सन्तुष्टी तथा नागरिकहरुका गुनासो सुन्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताउदै उपप्रमुख थापाले आगामी दिनमा नगरपालिकाको विकासका लागि नगरबासिको हितमा रहेर काम गर्ने बताएकी छन् ।
बिहिबार ३२, साउन २०८० ०६:०६
बिना प्रमाण मिथ्या आरोप लगाएर नगरको बदनाम गर्न खोजेको उपप्रमुख थापाको भनाई छ । राजनीति प्रतिसोध राखेर जनप्रतिनिधिको चरित्र हत्या गरेको थापाले बताइन् । नगरपालिकाको बिषयमा भएका टिकाटिप्पणीहरु र आलोचनाका बिषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको पनि थापाले बताइन् । यदि आफुहरु माथि लगाइएका आरोपहरु सत्य पुष्टि भएमा कारबाहीको भागेदार हुन तयार रहेको बताउदै प्रमाण लिएर आउन चुनौती दिएकी छन् । बिना प्रमाण कसैको चरित्र हत्या गर्न नहुने बताउदै सामाजिक संजालमा लेख्नेहरुलाई प्रमाण सहित तथ्यमा रहेर कुरा गर्न चुनौती दिएकी छन् ।
बिहिबार ३२, साउन २०८० ०६:४०
साउनको महिनामा मात्रै अस्पतालमा ९ जना स्कटाइपस, १ जना मलेरिया र २ जना डेङ्गु संक्रमित र आँखा पाक्ने रोगका विरामी विरामी उपचार गर्न आउने गरेका छन् । बाजुरामा डेंगुको उच्च संक्रमण बढेको छ । बुढीगंगा नगरपालिकामा मात्रै १० जना डेंगुका विरामी देखा परेका छन् ।
स्कटाइपस रोग जुम्राजस्तै एक प्रजातीले टोकेपछि उक्त रोग लाग्ने गर्छ । स्कटाइपस रोग एक सरुवा रोग हो । स्कटाइपस भएका विरामीलाई ज्वरो आउने,ढाड दुख्ने खान मन नलाग्ने वाकवाकी लाग्ने लगायतका लक्षण देखिने डाक्टर चेतबहादुर धामीले बताएका छन् ।
बिहिबार ३२, साउन २०८० ०६:५४
बजेडीमा पहिरो बग्न थालेको ४ दशक बितिसकेको छ । तर बस्ती व्यवस्थापनका लागि विकल्पको खोजी भने राज्यका तर्फबाट अहिलेसम्म पनि भएको छैन् । २०४० सालमा बुढीगंगा नगरपालिका २ बजेडीमा पहिलो पटक पहिरो बग्न थालेको हो ।जमिनको सतह पुरै बसिसकेको र कतै २ मिटर कतै १ मिटरसम्म जमिनको सहत भासिएपछि घर चर्किने र भत्किनेक्रम बढेको स्थानीय मनीराज जैशीले जानकारी दिएका छन् । बजेडीमा करिब १ सय ३० परिवारको बसोबास छ । २५ बढी जति परिवार पूर्ण रुपमा विस्थापित भएर यस अघि नै तराई सरिसकेका छन् । भने १३ घर पूर्ण रुपमा विस्थापित हुने अवस्थामा पुगेका छन् ।
बिहिबार ३२, साउन २०८० ०७:२०
प्रश्न गर्ने, जिज्ञासा राख्ने र राम्रो कुराको जानकारी लिने दिने माध्यमका रुपमा गरिएको सार्वजनिक सुनुवाइ निकै प्रभावकारी र फलदायी हुने गरेको स्थानीय सन्तोष विकले बताएका छन् । राम्रो नराम्रो जे भएपनि जनताको सामु प्रस्तुत गर्ने र जनसरोकारको विषयमा समीक्षा तथा सवाल जवाफ गर्ने कुरा नै सूशासनको अवस्था सुधारको प्रमुख माध्यम हुने सुशासनका पक्षधर समेत रहेका विकको भनाई छ ।
बिहिबार ३२, साउन २०८० ०७:३३
सीप लोप भएकोमा दुखि देखिएका बिर्खबहादुरले स्थानीय सरकारले आफूहरुलाई सहयोग गर्नु पर्ने माग राखेका थिए । मुखिया बिर्खबहादुरको राउटे समुदायमा ४४ परिवारका २४६ जनाको बसोबास रहेको छ । बसोबास रहेको छिमेकी जिल्लामा दशैं, माघी लगायतका चाड पर्व खर्च माग्ने परम्परा अनुसार नै बाजुरा आएको मुखिया बिर्खबहादुर शाहीले बताएका छन् ।
शुक्रबार ०१, भदौ २०८० १२:४३
बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाले कर्णाली प्रदेश सरकारले आफ्नो नगर क्षेत्रमा भौतिक संरचना निर्माण थालेको बताए। ‘कर्णाली प्रदेश सरकारले बडिमालिकामा भौतिक संरचना निर्माण गर्दैछ। त्यो क्षेत्र हाम्रोमा पर्छ। हामीसँग कुनै समन्वय गरेको छैन,’ उनले भने। त्रिवेणी नगरपालिकाका अनुसार धर्मशाला निर्माण गरिएको क्षेत्र वडा नम्बर ५ मा पर्छ भने हेलिप्याड निर्माण गरिएको क्षेत्र वडा नम्बर ६ मा पर्छ।
शुक्रबार ०१, भदौ २०८० १२:५५
समुदायको विकासमा सवैको एकिबद्धता आवश्यक रहेको बताउदै वडा अध्यक्ष धर्मराज पाध्यायायले जनप्रतितिनिधिको नेतृत्वमा यो अभियानलाई निरन्तरता दिइरहेको बताएका छन् । यसमा स्थानीयको पनि उल्लेख्य सहभागिता हुने गरेको भन्दै वडा अध्यक्ष पाध्यायले स्थानीयको यो सहभागिता प्रति खुसी व्यक्त गरेका छन् । यतिमात्र होइन वडा अध्यक्ष पाध्यायले स्थानीयको निश्वार्थ समाज र समुदायको विकासका देखाएको तदारुप्ताले थप काम गर्ने हौसला बढाएको भन्दै धन्यबाद समेत दिएका छन् ।
शुक्रबार ०१, भदौ २०८० ०७:३८
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू९भागको केही स्थानहरूमा र बाँकी भू(भागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शनिबार ०२, भदौ २०८० ०७:१७
घर नजिकै रहेको मकैबारीबा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला भालुले महिलालाई आक्रमण गरी घाईते बनाएको स्थानीयले बताएका छन् । भालुको आक्रमणबाट घाइते भएकी कटुवालको खट्टा र अन्य शरिरमा चोट लागेको छ । घाइते कटुवाललाई स्थानीयले झाली आधारभूत स्वास्थ्य चौकीमा उपचारका लाथि लिएका थिए ।त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एम्बुलेन्समा अछामको बयालपाटा अस्पतालमा लगिएको बताइएको छ ।
शनिबार ०२, भदौ २०८० ०२:०८
छलफलका क्रममा उनले भने, ‘नत हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हेर्यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउने कतै केही छैन, देशको अबस्था हेर्दा रुन मन लाग्छ, आँशु आउछ ।’कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा परेको गुनासो गरेका छन् । उनले थपे,‘कुनै पनि काण्ड आउँछ त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ, अनि जनतालाई हामीले के जवाफ दिने ? दिक्क भैसक्यो।’
शनिबार ०२, भदौ २०८० ०५:०६
विद्यार्थीको हक हितका लागि मात्रै नभैई समुदाय स्तरमा समाज सुधार लगायतका समाजिक कार्य समेत गर्दै आएको अनेरास्ववियुको टोली जनप्रतिनिधि र स्थानीयको एकिबद्धतामा भैरहेको रचनात्मक कार्यमा सहभागी भएको हो । जिल्ला कमिटीमा आबद्ध पधातिकारी सहित अनेरास्ववियु प्रति आस्थावान करिब ३० जना बढीको जनाको टोली निस्वार्थ भावनाले सघाउन त्यहाँ पुगेको अनेरास्ववियु बाजुरा क्याम्पस कमिटी अध्यक्ष लक्ष्मण रोकायाले जानकारी दिएका छन् ।
शनिबार ०२, भदौ २०८० ०७:५०
वैदेशिक रोजगारीका सिलसिलामा छ वर्षअघि पोर्चुगल आएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम गर्दै आएका थिए। परिवारसहित पोर्चुगल बस्दै आएका थापाको शव परीक्षणका लागि लिस्बनस्थित एक अस्पतालको शवगृहमा राखिएको उनले बताए ।
यस्तै वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्षअघि पोर्चुगल आएका बागलुङ जिल्ला बडिगाड गाँउपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामी मगरको सुतेकै अवस्थामा मृत्यु भएको छ। बेजास्थित जम्बुजिरा बस्दै आएका दर्लामीमगरको बुधबार राति सुतेकै अवस्थामा निधन भएको संघका अध्यक्ष खड्काले बताएका छन्
आइतबार ०३, भदौ २०८० ०७:२४
बाल्यकालमै आमाबुबा गुमाएका सार्कीको बाल्यकाल निकै दुःखद बित्यो । अर्काको साहारामा बाचेका उनको स्यहार सुसार गर्ने आमाबुवाको निधन पछि जीन्दगीमा ठूलो बज्रपात सुरु भयो, उनका दाई भाउजुले पनि उनलाई सहयोग गरेनन् । आफ्नै दाई भाउजुबाट अपाङ्ग भएकै कारण अपमानित सार्कीले गाउँलेको साहारामा बाकी दिनहरू बिताउनुपर्यो । अपाङ्ग भएकै कारण सबैबाट अपहेलीत सार्कीले आमाबुबा दुवै गुमाउनु भन्दा ठूलो अर्को दुर्भाग्य थिएन । उनलाई संगैका साथीहरूले हेला गर्थे, छिमेकी कसै कसैले यस्तो अपाङ्गको के काम ? खाली पाल्नु भार मात्र हो भन्थे, तर जन्मजात अपाङ्ग भएर जन्मिएका सार्कीलाई सुनेर चुपचाप बस्नुको अर्को विकल्प थिएन ।
आइतबार ०३, भदौ २०८० ०१:२७
यसरी स्वास्थ्य चौकी बर्षौदेखिको पहिरोको चपेटामा पर्दा पनि स्थानीय सरकारले कुनै अर्को व्यवस्था गर्न सकेको छैन ।उक्त स्वास्थ्य चौकीको माथिबाट लागेको पहिरोले स्वास्थ्य चौकी आसपासका दर्जनौँ घरहरु पहिरोको उच्च जोखिममा छन् । पहिरोका कारण दिन प्रतिदिन गाँउपालिकका बिभिन्न ठाँउमा धनजनको क्षती भएका घटनाहरु सार्वजनिक भइरहेका छन् । गाँउपालिकाका दर्जनौँ बस्तिहरु पहिरोको उच्च जोखिममा छन् । बाढी पहिरोका कारण हरेक वर्ष नागरिकले सास्ती खेप्नु परेको छ ।
आइतबार ०३, भदौ २०८० ०२:२८
हिजो आज सदरमुकाम मार्तडीका चोक चोकमा स्थानीय व्यापारीहरु भेटिन्छन् । यत्रतत्र कट्टामा स्याउ बिक्री गर्ने स्थानीय कृषकहरू भेटिन्छन् । सदरमुकाम मार्तडीमा ३५० रुपैयाँ प्रती के. जीमा व्यापारिहरुले स्याउ बिक्री गर्छन् ।तर पाण्डुसैनबाट पिठ्युँमा बोकेर सदरमुकाम ल्याइएका स्याउको मुल्य सोध्दा सानाको प्रती के.जि १२० ठुला दाना भएको स्याउको मूल्य प्रति के .जि १५० हो भन्ने जवाफ थियो । दिनभर सडक छेउमा बस्नुपर्ने, बिक्री भए पनि नभएपनि बेलुका घर अनिवार्य फर्किनुपर्ने, सोचे जस्तो मुल्यमा बिक्री गर्न नपाउने कृषकहरुको गुनासो छ ।
आइतबार ०३, भदौ २०८० ०४:३७
पीसविनले आर्थिक वर्ष २०७९ ८० मा संचालित परियोजनाहरु, क्रियाकलाहरु, बजेट, उपलब्धि र सिकाईका विषयमा पीसविन नेपालका कार्यक्रम प्रवन्धक श्री धर्म बहादुर रोकायाले प्रस्तुत गर्नुभएको थियो । पीसविनले यस आर्थिक बर्ष २०७९/ ८० मा ११ करोड ९७ लाख ६३ हजार ४ सय ३३ रुपैया खर्च गरेको छ ।एक आर्थिक वर्षमा सञ्चालित कियाकलापहरुको बारेमा जानकारी समेत गराइएको थियो ।
आइतबार ०३, भदौ २०८० ०६:३०