बिहिबार, २३ असोज २०८२

भोलि र पर्सी सार्वजनिक बिदा

शनिबार १८, असोज २०८२ ०८:४९

केन्द्रीय कमिटी भंगपछि पदाधिकारी शैलीमै माओवादीको सचिवालय बैठक

हालै बसेको माओवादीको बैठकले केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको भएपनि मिति भने तोकेको छैन।

सोमबार २०, असोज २०८२ ०२:३८

आन्दोलनको निशानामा परेका पार्टी कार्यालय र घर पुनर्निर्माणमा जुटे एमाले कार्यकर्ता

‘उहाँ (लेखराज भट्ट) कुनै विवाद वा मुद्दामा पर्नु भएको थिएन। उहाँको घर पनि प्रतिशोधका रूपमा ध्वस्त पारिएको हो। एउटा घर बस्नै नमिल्ने छ, अर्को बचेको छ। त्यसलाई बस्न लायक बनाइरहेका छौँ,’ उनले भने, ‘सरकारले स्वयंसेवाको रूपमा आह्वान गरेपछि देशव्यापी रूपमा नेता, कार्यकर्ता तथा जनसङ्गठनका सबै खट्न तयार छन्।’

सोमबार २०, असोज २०८२ ०२:४३

जेन-जी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन् ।

सोमबार २०, असोज २०८२ ०२:४८

जेन जीलाई तताउन विदेशी पैसा आएको भारतीय रिपोर्ट

सो कार्यक्रममा १८ देखि ३५ वर्षसम्मका युवालाई राजनीतिक प्रशिक्षण, आन्दोलन रणनीति,डिजिटल अभियान र ‘विदेशी हस्तक्षेप’ विरुद्ध वकालत गर्न सिकाइएको प्राप्त कागजातमा उल्लेख छ । उक्त अवधिमा पार्टीका युवा संगठन,नागरिक समाजका कार्यकर्ता तथा स्वतन्त्र युवाहरूसमेतलाई सहभागी गराइएको ‘द सण्डे गार्जियन’ मा अभिनन्दन मिश्रले विश्लेषण गरेका छन् ।

सोमबार २०, असोज २०८२ ०३:०२

जेन-जीका कमाण्डरद्वारा आफ्नै आमाको घाँटी रेटेर हत्या

प्रहरीका अनुसार तीनपटक हिर्काउँदा पनि घाँटी नछिनेपछि उनले चौंथोपटक हानेर शरीर र टाउको छुट्याएका थिए । मादक पदार्थ र लागु औषध सेवन गरेका कँडेलले बुवालाई समेत कुटपिट गरेको वडा नम्बर–५ का वडाध्यक्ष कुशबहादुर सिटौलाले बताए ।

सोमबार २०, असोज २०८२ ०३:०५

रावलको असामयिक निधन प्रति एमाले बाजुराद्धारा दुख व्यक्त

रावल नेकपा एमाले त्रिवेणी नगर कमिटीका लेखा समिति उपाध्यक्ष समेत थिए। पार्टीको स्थानीय तहमा सशक्त भूमिका निर्वाह गरेका उनले संगठन निर्माणमा उल्लेखनीय योगदान दिएका थिए।

सोमबार २०, असोज २०८२ ०३:२३

१५१औँ विश्व हुलाक दिवसको अवसरमा बाजुरामा देउडा प्रतियोगिता हुने

असोज २२ गते नेपालमा हुलाक सेवा सुरु भएको दिनमा आयोजना गर्न लागिएको हो । जिल्लाभरिका समूहहरूले सहभागिता हुन पाउने गरि आयोजना हुने प्रतियोगितामा स कम्तिमा १२ जना सदस्य समावेश गर्नुपर्ने बताइएको छ । भने असोज २२ गते विहान ८ बजेसम्म टिम दर्ता गराइसक्नु पर्ने छ ।

सोमबार २०, असोज २०८२ ०५:०१

बाजुराको त्रिवेणीमा क्रिकेट प्रतियोगिता (सिजन २) सुरु, ११ टिम सहभागि

११ हजार नगद टिम दर्ता शुल्क राखिएको प्रतियोगितामा नौ टिम त्रिवेणी नगरपालिकाका भित्रकै र दुई टिम बुढीगंगा नगरपालिकाबाट गरेर ११ टिम खेलमा सहभागि छन् । १ लाख १५ हजार प्रथम पुरस्कार राशी राखिएको खेलमा सुदूरपश्चिम रोयल्सका चर्चित खेलाडी नरेन साउँद पनि प्रतियोगितामा सहभागि छन् ।

सोमबार २०, असोज २०८२ ०९:०३

मार्तडीमा असोज २२ देखि बाजुरा कप फुटबल प्रतियोगिता हुने

प्रतियोगितामा जिल्लाभरिका विभिन्न टिमहरूले भाग लिन पाउने छन् । आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीहरू र टिमहरूले आश्विन २१ गते बेलुकासम्म टिम दर्ताका लागि समय छुट्याएको छ । टिम दर्ताका लागि सम्बन्धीत टिमले ५ हजार नगद तिर्नु पर्नेछ ।

मङ्गलबार २१, असोज २०८२ ०८:४०

कर्णाली नदिमा एक महिलाकाे शव फेला

बुधबार २२, असोज २०८२ ०१:४७

बुढीनन्दाका मेयर बोहरा भन्छन्- कोल्टीमा विद्युत र खानेपानी समस्या तत्काल हल हुन्छ

“बर्खाका कारण मार्तडी–कोल्टी सडक खण्डका पोलहरू ढलेका छन्। त्यसैले केही ढिलो भएको हो। १/२ दिनमै कोल्टीमा ट्रान्सफर्मर जडान हुँदैछ। सकेसम्म तिहारमा राष्ट्रिय प्रसारण लाइनको बत्ती बाल्ने हाम्रो योजना छ,” उनले भनेका छन्।

बुधबार २२, असोज २०८२ ०७:२८

बुढीनन्दामा लगाएको ताला खुल्यो, बन्दकर्ताका माग तत्काल संवोधन गर्ने सहमति

पछिल्लो समय विद्युत र खानेपानीको दीगो व्यवस्थापन गर्न पालिका जिम्मेवार बनेको देखिन्छ । केन्द्रीय प्रशारण लाइन जडानको अन्तिम तयारीमा पुगेको छ । भने खानेपानीका लागि पनि बृहत योजना अघि बढाइएको छ । स्थानीय युवाहरुले जहिले पनि कोल्टीमा खानेपानी र विजुलीकै समस्या भोग्नु परेकोले समाधान सहीतको आन्दोलन सुरुको घोषणा गरेका थिए ।

बुधबार २२, असोज २०८२ ०७:३१

हुलाक सञ्चारको महिमा बढाउन बाजुरामा खुला देउडा, ८ टिमबीच चल्यो घम्साघम्सी

१५१ औं विश्व हुलाक दिवसको अवसर पारी सदरमुकाम मार्तडी खुला देउडा गीत प्रतियोगिता आयोजना गरिएको निमित्त कार्यालय प्रमुख उत्तम बमले जानकारी दिएका छन् । प्रतियोगितामा ८ टिम सहभागि थिए । महिला पुरुष बीच नै खुला प्रतिस्पर्धा गराउने उदेश्य राखिएपनि अन्तिम समयमा महिलाहरु मात्रै सहभागि भएका थिए ।

बुधबार २२, असोज २०८२ ०७:४०

मार्तडीमा बाजुरा कप फुटबल २०८२ सुरु, २० टिम सहभागि

प्रतियोगितामा जिल्ला भित्र र बाहिरका खेलाडी र जिल्ला भित्रकै टिमहरु सहभागि छन् । प्रतियोगितामा उपविजेता टिमलाई ३२ हजार नगद सहीत प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई ५।५ हजार नगदले सम्मान गरिने छ ।

बुधबार २२, असोज २०८२ ०८:५७