बिहिबार, २३ असोज २०८२

रावलको असामयिक निधन प्रति एमाले बाजुराद्धारा दुख व्यक्त

बाजुरा : नेकपा एमाले नेता तथा त्रिवेणी नगरपालिका २ निवासी मिन बहादुर रावलको असामयिक निधन भएको छ। ४९ वर्षको उमेरमा असोज १८ गते आकस्मिक रुपमा निधन भएको नेकपा एमाले जिल्ला समिति, बाजुराले जनाएको छ।

रावल नेकपा एमाले त्रिवेणी नगर कमिटीका लेखा समिति उपाध्यक्ष समेत थिए। पार्टीको स्थानीय तहमा सशक्त भूमिका निर्वाह गरेका उनले संगठन निर्माणमा उल्लेखनीय योगदान दिएका थिए।

उनको निधनले पार्टी, कमिटी तथा आन्दोलनमा अपूरणीय क्षति पुगेको भन्दै नेकपा एमाले जिल्ला समिति, बाजुराले एक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ।

जिल्ला सचिव कांशीराम बहादुर विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्व। रावलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

Pode ser uma imagem de canhoto de ingresso e texto

प्रतिक्रिया दिनुहोस