बिहिबार, २३ असोज २०८२

कर्णाली नदिमा एक महिलाकाे शव फेला

बाजुरा :  जिल्लाकाे पुर्वि उत्तरी क्षेत्रमा रहेकाे हिमाली गाउँपालिका वडा नम्बर ६ झुगला स्थित कर्णाली नदीमा शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देव वहादुर चाैधरीले बताएका छन् ।

उहाँका अनुसार,कर्णाली नदिमा नदिले बगाएर ल्याएकाे अवस्थामा शव फेला परेकाे बताएका छन्। वेवारिसे अवस्थामा महिलाकाे शव फेला परेकाे भन्ने खवर स्थानीयले प्रहरी चाैकी धुलाचाैरलाई खवर गरे पश्चात् नरेश सिंह कुँवरकाे कमाण्डमा ४ जना र लाेकराज अवस्थीकाे कमाण्डमा ६ जना घटनास्थलमा प्रहरी खटाईकाे बताईएकाे छ ।

फेला परेकाे शवकाे पहिचान भने हुन सकेकाे छैन्।शवकाे सनाखत हुन बाँकी छ । शव महिनाै दिनकाे हुनसक्ने प्रहरीले बताएकाे छ । शव पुरै कुहिएकाे अवस्थामा नदीकाे छेउमा फेला परेकाे हाे ।

घाँटीमा लगाईएकाे लकेटका आधारमा पहिचान गर्न सकिने प्रहरीले बताएको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस