बाजुरा : विश्व हुलाक दिवसको अवसरमा बाजुराको मार्तडीमा खुला देउडा प्रतियोगिता हुने भएको छ । १५१औँ विश्व हुलाक दिवसको अवसर पारी मार्तडीमा खुला देउडा गीत प्रतियोगिता आयोजना गर्न लागिएको कार्यालय प्रमुख उत्तम बमले जानकारी दिएका छन् ।
असोज २२ गते नेपालमा हुलाक सेवा सुरु भएको दिनमा आयोजना गर्न लागिएको हो । जिल्लाभरिका समूहहरूले सहभागिता हुन पाउने गरि आयोजना हुने प्रतियोगितामा स कम्तिमा १२ जना सदस्य समावेश गर्नुपर्ने बताइएको छ । भने असोज २२ गते विहान ८ बजेसम्म टिम दर्ता गराइसक्नु पर्ने छ ।
हुलाक कार्यालयका अनुसार प्रतियोगितामा सवाल–जवाफ र भेषभूषाको विशेष प्राथमिकता दिइने छ । प्रतियोगिता असोज २२ गते बिहान १० बजेदेखि खुला मञ्च, मार्तडीमा सञ्चालन हुनेछ ।
दर्ता शुल्क नलाग्ने र इच्छुक समूहले प्रत्यक्ष जिल्ला हुलाक कार्यालय मार्तडीमा सम्पर्क गरेर दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा उत्कृष्ट ठहरिएका समूहहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने छ ।
जसमा पहिलो पुरस्कार १० हजार, दोस्रो पुरस्कार ७ हजार, तेस्रो पुरस्कार ५,००० रुपैइा तोकिएको छ । कार्यक्रमले स्थानीय कला, संस्कृतिको संरक्षण र हुलाक सेवा तथा नागरिकबीचको पहुँच सुदृढीकरणमा सहयोग पुग्ने कार्यालयले अपेक्षा राखेको छ । मार्तडीमा केही समय पछि देउडा आयोजना हुन लागेपछि धेरै समूहहरु सहभागि हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस