राजविराज: सप्तरीको सप्तकोशी नगरपालिका–६ बोचहीका ६० घर परिवार डुबानमा परेको छ। त्रियुगा नदीको बाढी सो बस्तीमा पसेपछि डुबानमा परेको हो । डुबानमा परेकामध्ये अतिप्रभावित छ घरपरिवारलाई उद्धार गरी स्थानिय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो।
डुबानमा परेका परिवारलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले उद्दार गरिएको उहाँले बताउनुभयो ।
सप्तकोसी नगरपालिकास्थित त्रियुगा नदीमा आएको बाढी तटबन्ध माथि बगेर बोचही बस्तीमा पसेको प्रजिअ पोखरेलले बताउनुभयो। लगातार दुई दिन देखिको वर्षाले जिल्लामा कहाँ कहाँ कति क्षति पुर्याएको र वस्तुस्थिति बुझ्न सुरक्षा निकायको दुई वटा अलअलग टोली खटाइएको उहाँले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस