बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता २२ देखि २६ गतेसम्म मालिका माध्यमिक विद्यालय मार्तडीमा हुन लागेको हो । खेल सेभेन ए साइड खेलाइने छ । युवाहरुको समूह मिलेरफुटबल प्रतियोगिता आयोजना हुने लागेको भरत रोकायाले जानकारी दिएका छन् ।
प्रतियोगितामा जिल्लाभरिका विभिन्न टिमहरूले भाग लिन पाउने छन् । आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीहरू र टिमहरूले आश्विन २१ गते बेलुकासम्म टिम दर्ताका लागि समय छुट्याएको छ । टिम दर्ताका लागि सम्बन्धीत टिमले ५ हजार नगद तिर्नु पर्नेछ ।
प्रतियोगितामा बिजेता टिमलाई रु ६१,००० र उपविजेता टिमलाई रु। ३२,००० नगद प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु। ५,०००, सर्वोत्कृष्ट गोलकिपर रु। ५,००० र सर्वाधिक गोलकर्ता खेलाडीलाई रु। ३,००० पुरस्कार प्रदान गरिने भएको छ ।
यस प्रतियोगिताबाट जिल्लामा खेलकुदको विकास र युवाहरूको सहभागिता बढ्ने आयोजकहरूको अपेक्षा छ। साथै, प्रतियोगिताले स्थानिय प्रतिभाहरूलाई पहिचान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस