बिहिबार, २३ असोज २०८२

१८ वर्षीया युवती भारतको दिल्लीबाट हराइन्, खाेजी गरिदिन परिवारको अपिल

बाजुरा:  बडिमालिका नगरपालिका–५ मना निवासी १८ वर्षीया सङ्गिता लवार भारतको दिल्लीबाट हराएकी  छन्। उनी भाद्र २ गतेदेखि परिवारसँग सम्पर्कविहीन भएकी हुन्। लामो समयसम्म पनि कुनै खबर नआएपछि उनका अभिभावकले मिडिया र सामाजिक सञ्जालमार्फत छोरीको खोजीका लागि सार्वजनिक अपिल गरेका छन्।

भाद्र २ गतेपछि उनले घरतर्फ फोन वा अन्य माध्यमबाट कुनै सम्पर्क गरेकी छैनिन्। बुबा गोरे लवार र आमा सुन्तला लवारका अनुसार, “छोरीसँग अन्तिम पटक फोनमा कुरा भएको पनि लामो समय भयो, त्यसपछि मोबाइल अफ छ। कतै के भयो भन्ने केही जानकारी छैन।” परिवारका सदस्यहरूले प्रहरीमा उजुरी दर्ता गरी खोजी कार्य अघि बढाइरहेका छन्। अहिले उनीहरू स्थानीय प्रशासन र प्रहरीसँगै भारतस्थित नेपाली दूतावासमार्फत पनि सहयोगको अपिल गरेका छन्।

 बडिमालिका–५ का स्थानीय युवाहरूले पनि सामाजिक सञ्जालमार्फत ‘ खाेजीका लागि अभियान सुरु गरेका छन्। उनीहरूले भारतमा रहेका नेपाली संघसंस्थाहरूसँग समेत समन्वय गरेर खोजीमा सहयोगका लागि अपिल गरेका छन्। सम्पर्कका लागि ९७६१२०८३७४  मा जानकारीका लागि परिवारले अपिल गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस