छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको बताउनु भएको छ । प्रधानमन्त्रीले निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
मङ्गलबार ०७, असोज २०८२ ०८:२९
संसदीय दलको कार्यालय आगलागीमा नष्ट भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको सरकारी निवासमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा मन्त्रीहरू हिरा सार्की, सुरेन्द्र पाल र वीरबहादुर थापा सहभागी थिए भने राज्यमन्त्री निर्मला साउद अनुपस्थित थिइन्।
मङ्गलबार ०७, असोज २०८२ ०९:५५
बिहिबार ०९, असोज २०८२ ०६:५३
३६ औं स्थापना दिवस, ३३ औ बार्षिक साधारण सभा र १० औं अधिवेशनको बडीमालिका नगरपालिकाका नगर उपप्रमुख नन्दा कुमारी थापाले दीप प्रज्वलन सहीत उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा पीसविन केन्द्रीय समिति सल्लाहकार लालबहादुर ओली, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया, पत्रकार महासंघका सचिव प्रेम रौले, बडीमालिका ३ का वडा अध्यक्ष डबल रोकाया, ९ का वडा अध्यक्ष सूर्यकिरण विक सहीतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
शुक्रबार १०, असोज २०८२ ०९:१२
महानगरपालिकाको आवश्यकता सहीतको निवेदनका आधारमा सहयोग गर्ने गरेको छ । यो वर्ष वितरण गरिएका ३५ मध्ये बाजुराको खप्तड छेडेदह गाउँपालिका सहीत बझाग र अछाम जिल्लाका स्थानीय तहले पनि प्राप्त गरेका छन् । एम्बुलेन्स राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको थियो ।
शुक्रबार १०, असोज २०८२ ०९:३९
नेताहरुले जेन जी आन्दोलनका माग संवोधन गर्न पार्टी तयार हुनु पर्ने भन्दै जेनजी आन्दोलनमा नाममा भइरहेको षड्यन्त्र चिर्नू पर्ने धारणा राखेका छन् । सिंगो देश र लोकतन्त्र माथि, संविधान र नेपाली सार्वभौमसत्ता माथि हुने कुनैप्रकारका षड्यन्त्र पनि स्वीकार्य नहुने र नेपाली जनतालाई जिम्मेवार र सचेत बनाउनु पर्ने धारणा नेताहरुले राखेका छन् ।
शुक्रबार १०, असोज २०८२ १०:४१
पानी रोकिएसँगै बाउली खोलामा बाटो बनाउँन लगाएर सडक सुचारु गरिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । सडक विभागबाटै प्रतिनिधी आएर डोजर प्रयोग पछि बाटो सुचारु भएको हो । पानी बढी नै छ । तरपनि नागरिकलाई सास्ती हुने देखेर जोखिम मोलेरै बाटो सुचारु गरिएको छ ।
शुक्रबार १०, असोज २०८२ ११:०५
शनिबार ११, असोज २०८२ ०७:०५