काठमाडौं : जेन-जी प्रदर्शनका क्रममा सुरक्षाकर्मीलाई हप्कीदप्की गर्ने एक युवाले आफ्नै आमाको हत्या गरेका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेलले ५५ वर्षीया आमा राममाया कँडेलको घाँटी रेटेर हत्या गरेका हुन् । हिजो साँझ घर पुगेका उनले सुतिरहेकी आमालाई घिसारेर आँगनमा ल्याई तरबारले घाँटीमा हिर्काएर मारेको बताइएको छ ।
प्रहरीका अनुसार तीनपटक हिर्काउँदा पनि घाँटी नछिनेपछि उनले चौंथोपटक हानेर शरीर र टाउको छुट्याएका थिए । मादक पदार्थ र लागु औषध सेवन गरेका कँडेलले बुवालाई समेत कुटपिट गरेको वडा नम्बर–५ का वडाध्यक्ष कुशबहादुर सिटौलाले बताए ।
‘ऊ काठमाडौंतिर बस्थ्यो । हिजो साँझ घर पुगेछ । सुतिरहेको बुवालाई कुटेर आमालाई आँगनमा ल्याएर हत्या गरेछ । टाउको र शरीर डेढ मीटरको दूरीमा थियो’, वडाध्यक्षले घटना सुनाए ।
सिटौलाका अनुसार उनले प्रयोग गरेको हतियार गुण्डागर्दी गर्नेहरुसँग मात्र हुन्छ । घटनापछि घरबाहिरै बसेका उनलाई साढे ९ बजे जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले पक्राउ गरेको हो ।
३ बजे घटनाको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको वडाध्यक्ष बताउँछन् । गाउँलेहरुसँगै झैझगडा गर्दै हिँड्ने कँडेलविरुद्ध यसअघि पनि ज्यान मुद्दा चलिसकेको थियो ।
‘मेरो घर र उनको घर सँगसँगै हो । पहिल्यैदेखि गाउँलेसँग झगडा गर्दै हिँड्थे । यसअघि ज्यान मुद्दा पनि चलिसकेको हो, वडाध्यक्ष सिटौलाले जनआस्थासँग भने, ुलामो समयदेखि घर नआएका उनले हिजो साँझ आएर त्यस्तो गरेछन् ।’
गत भदौ २३ को जेन-जी प्रदर्शन र २४ गतेको विध्वंसमा उनले संसद भवनअगाडि ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई दुर्व्यवहार गरेका थिए । ‘मेरो आँखामा डर छ रु मैले बोलिराको छु, म जान्न । मेरो आँखामा डर छ, एक इञ्च डर छ रु गोली ठोक्निुस् न, के गर्न सक्नुहुन्छ रु गर्नु’, त्यतिबेला उनले प्रहरीलाई यसरी हप्कीदप्की गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सामाजिक सञ्जालमा उक्त भिडिओ शेयर गर्दै कतिपयले उनलाई जेन-जी आन्दोलनका ुकमाण्डरु भनेका छन् ।
प्रतिक्रिया दिनुहोस