निजी क्षेत्रको मागको सम्बोधनलाई यति धेरै प्राथमिकता दिइएको र खुल्ला रुपमा सरकारको धारणा राखिएको सम्भवत २०४८ सालपछि पहिलो पटक भएको प्रतिक्रियासमेत निजी क्षेत्रले दिएको छ। निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नीति तथा कार्यक्रमलाई अध्ययन गर्दा ०४८ सालपछि पहिलो पटक खुल्ला रुपमा निजी क्षेत्रलाई सहयोग गर्ने खालको कार्यक्रम आएको बताए।
शनिबार २१, बैशाख २०८२ १२:१०
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउन परिपत्र गरे अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जिल्ला अस्पताल बाजुरामा जिल्लाका क्रियाशिल पत्रकारहरुको रक्त समुह पहिचान र अस्पताल बाजुराको परिसरमा कल्ली,मोरपङ्खी लगायतका बिरुवा वृक्षारोपण गरेर दिवस मनाईएको महासंघ बाजुराका सचिव प्रेम रौलेले बताएका छन् ।
शनिबार २१, बैशाख २०८२ १२:२७
साथमा रामजीसँगै थिए स्थानीय पत्रकारहरू खम्म खत्री, पूर्णबहादुर खड्का र धीरज कुँवर । दर्शन गरियो । बुढीगंगा किनारमा अवस्थित वैद्यनाथ धाम यसअघि आउँदा जुन अवस्थामा थियो, आज पनि त्यही अवस्थामा रहेको पाएँ । जुन स्तरमा संरक्षण र प्रचारको प्रयास हुनुपर्ने थियो, त्यो हुन नसकेको मेरो निष्कर्ष छ । यति मात्र होइन निष्कर्ष अर्को पनि छ– बुढीगंगाको कटान निरन्तर जारी छ । साँफे लगातार जोखिममा छ ।
शनिबार २१, बैशाख २०८२ ०५:२८
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, शाखा अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष धनश्याम खड्काले पत्रकारलाई दुर्घटना बिमा हस्तान्तरण गर्नुभएको थियो । तीन वर्षदेखि क्रियाशील पत्रकारहरूको दुर्घटना बिमा गरिएको छ ।
शनिबार २१, बैशाख २०८२ ०५:४०
देशमा बढ्दो महँगीको संकटले मतदाता नराम्ररी प्रभावित भइरहेका बेला उनले दोस्रो कार्यकालका लागि जित निकाले ।देशको सार्वजनिक प्रशारक अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन ९एबीसी० ले शनिबार अन्तिम मतदान केन्द्रहरू बन्द भएको आधा घण्टापछि नै एल्बानेजको जीत घोषणा गरेको छ ।
शनिबार २१, बैशाख २०८२ ०५:४४
सो कार्यक्रममा नगरपालिकामा रहेका बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा अवधारणा पत्र बनाएर सोही अबधारण पत्रका आधारमा संबाद छलफल र बहस गरिने नगर प्रमुख बानियाले बताए । सो कार्यक्रमबाट आगामी आवधिक योजना, वार्षिक कार्यक्रम र बजेट बनाउनमा जनचासो र प्राथमिकता अनुसार तयारी गर्न सहयोग पुग्नुका साथै महिला, दलित, जनजाति, वृद्ध, अपाङ्गता भएका व्यक्ति लगायत सबैको आवाज सुनिश्चित, नगरपालिकाले गरेका काम, चुनौती र उपलब्धिबारे जानकारी दिनु र जवाफदेही बन्नु, निजी क्षेत्र, सहकारी संस्था, विद्यालय, स्वास्थ्य संस्था आदि सरोकारवालासँग समन्वय गरेर साझा लक्ष्य निर्धारण गर्न र थानिय तहको समृद्धि सुनिश्चित गर्न दीर्घकालीन सोच र योजनाहरूको जग बसाल्न सो कार्यक्रम गरिने भएको नगर प्रमुख बानियाले बताएका छन ।
शनिबार २१, बैशाख २०८२ ०८:४१
नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुँदै छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् । मनाङरमुस्ताङमा १र१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।
शनिबार २१, बैशाख २०८२ ०८:५४
मुलुकमा उत्पादन बढाउने, निर्यात गर्ने, रोजगारी सिर्जना गर्ने र स्वदेशी/विदेशी लगानी भित्र्याएर आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले सेजको स्थापना गरे पनि हालसम्म भैरहवा र सिमरा सेज स्थापना भई उद्योग सञ्चालन भए पनि अन्य स्थानमा भने सेज स्थापना हुन सकेको छैन । आगामी आवदेखि सार्वजनिक–निजी साझेदारीमा सेज सञ्चालन गर्नका लागि नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।
आइतबार २२, बैशाख २०८२ ०९:१०
अहिले हरेक दिन दिनभरजसो उपसमितिले छलफल गरिरहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमलाका अनुसार उपसमितिले अधिकांश दफामा छलफल गरिसकेको छ । विधेयकमा १६३ वटा दफा छन् । उपसमितिलाई ३५ दिनको समय दिइएको छ तर उपसमितिले चैत १८ गतेदेखि छलफल सुरु गरेकाले सोही दिनदेखि मात्रै समयावधि गणना हुने छ ।
आइतबार २२, बैशाख २०८२ ०९:१३
त्रिवेणी नगरपालीकामा मदिरा निषेध, नगरमा सडक सञ्जाल, धार्मिक पर्यटनको विकास, विद्यालय गाभ्ने र नमुना बनाउने, एक घर एक धारा, एक घर एक करेसाबारी, शान्त, सुन्दर, सुखी र खुसी नगरबासी भएको समृद्ध त्रिवेणी नगरको पहिलो स्थानीय सरकारले कार्य थालनी गरेको छ । नगरप्रमुख रावलले घोषणा र सपना देखेका त्रिवेणीको मुहार भने गरी परिवर्तन हुन लागेको पाइन्छ ।
आइतबार २२, बैशाख २०८२ १०:२३
बुधबार बसेको बैठकले नेपाल सरकार (मन्त्रिपरिषद्)को २०८१/१२/११ गतेको निर्णयअनुसार गठित नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा ना सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिनुभएकाले निजको सट्टा उक्त समितिका पूर्व गभर्नरहरुमध्येबाट महाप्रसाद अधिकारी सदस्य रहनेगरी सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।
आइतबार २२, बैशाख २०८२ ०७:०८
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेश सभाका सबै सांसदहरूलाई हेडक्वार्टर बोलाएको स्वयम सांसदले पुष्टि गरेका छन् । पटक पटक सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई पठाएको सर्कुलर कार्यान्वयन नगरेपछि आगामी २४ गते बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा सांसदहरूलाई बोलाइएको हो ।
आइतबार २२, बैशाख २०८२ ०७:१७
आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच यही विषयमा छलफल भएको थियो ।उक्त छलफलमा उपमहासचिव पुन पनि सहभागी थिए ।
आइतबार २२, बैशाख २०८२ ०७:४३
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । उक्त अवधिमा आफ्नो निर्देशनविपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंकलाई कारबाही गरेको हो ।
सोमबार २३, बैशाख २०८२ ०७:१४
आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
सोमबार २३, बैशाख २०८२ ०९:५१
नगरपालिका वडा नं ५,६,७,८ र ९ व्यवसायीक कृषकहरू लाई विभिन्न तरकारीका विउहरु, गार्डेन पाईप, स्प्रिङ्कलर, जैविक मल सबै वडाका १०० जना,व्यवसायीक कृषकहरुलाई ,पोलिथेन पाईप ,सिचाईका लागि ज्म्एभ् उष्उभ २० एम एम)३५ जनालाई ,टनेल हाउस ५० जना गरि जम्मा १८५ जना प्रत्येक्ष लाभान्वित हुने गरि सबै सामाग्री वितरण गरिएको छ ।
सोमबार २३, बैशाख २०८२ ११:२१
प्रसाईं चैत १५ को तीनकुने घटनाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । परिसरबाट झिकाएर सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर प्रारम्भिक बयान सुरु गरेको हो । उनीविरुद्ध सीआईबीले उच्च अदालत पाटनबाट पक्राउ पुर्जी लिएको थियो । सीआईबीका एसएसपी होविन्द्र बोगटीले प्रसाईंविरुद्ध सम्पत्ति शुद्धीकरण, राष्ट्र बैंक ऐन र त्यससँग सम्बद्ध बैंकिङ कसुरमा अनुसन्धान अघि बढाएको जानकारी दिए ।
सोमबार २३, बैशाख २०८२ ०८:२२
दिउँसो २ बजेका लागि निर्धारित बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको समय व्यस्तताका कारण भनेर एक घण्टापछि धकेलिएको थियो, अनि फेरि बालुवाटारमा तीन दलको बैठक बस्न ढिलो भयो भन्दै बोल्न चाहेका नेताहरूको समेत कुरै नसुनी बैठक टुंग्याइएको थियो ।
सोमबार २३, बैशाख २०८२ ०९:५२
पदावधि सकिनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ । तर सरकारले गभर्नर पद खाली भएको एक महिनासम्म पनि नयाँ नियुक्त गर्न नसक्दा सर्वत्र चिन्ता र चासो बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गठबन्धनका सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवा आपसी सहमतिमा विश्वस्त हुन नसक्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समिति पनि शीर्ष दुई नेताको अविश्वासले बन्धक बनेको छ ।
मङ्गलबार २४, बैशाख २०८२ ०७:३८
‘बाजुरामा समस्या मात्रै छैन समस्या भन्दा धेरै सम्भावना छ । बाजुरामा विभेद र विवाद मात्रै छैन त्यो भन्दा धेरै एकता र अपनत्व छ । बाजुरामा सङ्कट मात्रै छैन त्यो भन्दा धेरै अवसरहरू छन् ’ नगर प्रमुख बानियाले भने ‘हामीले सम्भावना, एकता अपनत्व र अवसर देखाउन कार्यक्रम आयोजना गर्न लागेका हौँ । ’ स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सुरक्षित पूर्वाधारको सम्भावना तीन दिनको कार्यक्रमले प्रस्ट पार्ने उनले बताए । आगामी २० वर्षसम्मको स्वरूप तयारी गर्ने कार्यक्रम आयोजना गरिएको मेयर बानियाको भनाइ छ । ‘अबको २० वर्षमा बुढीगंगा नगरपालिका कस्तो बनाउने भन्ने मुख्य उद्देश्य र सङ्कल्पसहित कार्यक्रम आयोजना गरिएको हो ’ उनले भने, ‘जिल्लामा यस्तो कार्यक्रम पहिलो र नयाँ हो ।
मङ्गलबार २४, बैशाख २०८२ ११:३४
सरकारले नःिशुल्कमा उपलब्ध गराउँदै आएको रेबजिवरिुद्धको खोप एक हप्तादेखी अभाव भएकाले शुदुर पश्रिमका जिल्ला अस्पताल समस्या भएको छ
अस्पतालमा रेबजिवरिुद्धको खोप प्रदेश आपूर्ती केन्द्र धनगढीमा इपडिमियिोलोजी तथा रोग नयिन्त्रण महाँशाखाबाट आउने गरेको र हाल सो स्थानमा खोप प्राप्त नभएकोले सेवा बन्द गरएिको जल्लिा अस्पताल बाजुराका प्रमुखले बताए ।
मङ्गलबार २४, बैशाख २०८२ १२:३२
दुईदिनसम्म चल्ने अधिवेशनमा भूमि अधिकार, श्रमिक अधिकार, सामाजिक न्याय तथा संगठनको भावी रणनीतिबारे गहन छलफल हुने जनाइएको छ। संगठनका अनुसार यो अधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई विचार, नीतिगत मार्गनिर्देशन र संगठन विस्तारको ऐतिहासिक थलो पनि बन्नेछ। टीकापुरको राजनीतिक वातावरण अधिवेशनकै गर्मीले तातिएको छ। राष्ट्रिय स्तरका नेताहरूको उपस्थिति र कार्यकर्ताहरूको जोशले अधिवेशनमा विशेष ऊर्जा भरिएको देखिन्छ।
मङ्गलबार २४, बैशाख २०८२ १२:३९