बाजुरा ः जिल्लाकाे गौमुल गाउँपालिका वडा न १ अम्लिसमा रहेको मिलेमतोे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आजबाट सुरु भएको छ ।
मिलेमतोे बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र रोकायाले प्रतिवेदन, कोषाध्यक्ष रतनबहादुर रोकायाको आर्थिक प्रतिवेदन र लेखा संयोजक तुलाबहादुर रोकायाबाट लेखा प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे ।
सहकारीकाे साधारणसभा तथा तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने छ भने । उक्त सहकारी संस्थाले हालसम्म २ करोड ४५ लाख बढीको कारोबार गरिरहेको लेखा सयाेजक तुला बहादुर राेकायाले प्रतिवेदनमा प्रस्ट पारीएकाे थियाे । हालसम्म शेयर सदस्य ८ सय ६ जना रहेको बताएका छन् ।
व्यवस्थापक दीपेन्द्र रोकाया, लेखापाल ममता थापा र बजार प्रतिनिधि अञ्जना रोकायालाई संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको थियाे । मिलेमतोे बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष देवेन्द्र बहादुर रोकाया रहेका थिए ।
कार्यक्रममा गौमुल गाउँपालिकाका प्रवक्ता देवबहादुर रोकाया, कार्यपालिका सदस्य मैना चदाँरा विशिष्ट अतिथि रहनु भएकाे थियाे ।कार्यक्रममा अधिवक्ता सुरेश रोकाया, अन्द्राडी लघुजलविद्यतु आयोजनाका अध्यक्ष धनबहादुर बोहरा, जनप्रकाश उमावि कोल्टीका निमित्त प्रधानाध्यापक धनबहादुर रोकाया, वडा सदस्य फुगे रोकाया लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम, नृत्य समेत प्रस्तुत गरिएका थिए । कार्यक्रममा शेयर सदस्य, स्थानीयहरुकाे सहभागीता रहेको थियो । साधारणसभाको बन्दशत्र शुक्रबार बिहानबाट सुरु हुने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस