बाजुरा : नेपाल निजामति कर्मचारी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा पारेर बिभिन्न कार्यक्रम गरि मनाएको छ । नेपाल निजामति कर्मचारी संगठन बाजुराले स्थापना दिवसको अवसरमा बडीमालिका नगरपालिका ३ जना बिपन्न बालबालिकालाई स्टेशनरी सहयोग समेत गरेको छ ।
स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेकपा एमाले सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य गगन रावलले जनताले अनुभुती हुने गरी सहज सेवा प्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन ।
उनले संघीयता कार्यान्वयन सँगै अधिकार र सेवा विकेन्द्रित भएको अवस्थामा नागरिकले पाउने सेवालाई थप प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताए । लामो इतिहास भएको नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुको देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको पनि सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य रावलले बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बडीमालिका नगरपालिका नगर प्रबक्ता धर्मराज पाध्यायले कर्मचारीहरुले नागरिक मैत्री सेवालाई थप सहज र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।
संगठनका केन्द्रीय सदस्य पश्चिमा रावलले देश संघीयतामा गईसकेको करिब एक दशक भयो प्रशासनिक संघीयता कार्यान्वयन गर्ने संघीय निजामती सेवा ऐन जारी नहुँदा कर्मचारीहरुमा अन्यौलता सिर्जना भएको भन्दै पेशागत अधिकारका लागि पनि एकजुट हुनुपर्नेमा जोड दिएकी थिईन ।
स्थापना दिवसको अवसरमा बोल्दै बडीमालिका नगरपालिका ८ का वडाअध्यक्ष चन्द थापाले कर्मचारीका पेशागत सुरक्षाका विषयमा देखिएका अन्यौलता हटाउने गरी कानुन निर्माण गर्ने उल्लेख गरेका छन । कार्यक्रममा निजामति कर्मचारी संगठन बाजुराका निर्बतमान सह सचिव धुर्व थापा, प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाजुराको आयोजना तथा नेपाल निजमती कर्मचारी संगठन बडीमालिका नगर ईकाई कार्य समितीको संयोजनमा संचालन भएको कार्यक्रममा निजामति कर्मचारी संगठन बाजुराका जिल्ला उपाअध्यक्ष प्रमिला थापाको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेशका सचिवालय सदस्य गगन रावल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमको बिशिष्ठ अतिथि नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य पश्चिमा रावल, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बडीमालिका नगरपालिकाका नगरप्रबक्ता धर्मराज पाध्याय रहेका थिए ।
नेपाल निजमती कर्मचरी संगठन बडीमालिका नगर ईकाई अध्यक्ष कृष्ण खड्काले स्वागत गरेको कार्यक्रममा बडिमालिका नगरपालिका वडा न ८ का वडाअध्यक्ष चन्द्र थापा, प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय लगायत अतिथि रहेका थिए । कार्यक्रमको संचालन नेपाल निजामती कर्मचारी संगठन बाजुराका सह सचिव रमेश विकले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस