शुक्रबार, २४ असोज २०८२

विश्व मानसिक स्वास्थ्य दिवस २०२५ : अनुभूति, अनुभव र सन्देश

एक महिना अगाडी एकजना १७ बर्षको किशोरीलाई आफन्तले मनोविमर्शको लागि लिएर आए । किशोरी निक्कै निराश र कमजोर आत्मविश्वासको अवस्थामा रहेकी थिइन् । मैले एकान्तमा राखेर सुरक्षित वातावरण निर्माण गरेर कुराकानी गर्न थाले, उनको कुरामा अनुभूतिपुर्वक सुनेँ र कुनै गोपनियता राख्नुपर्ने कुरा भएमा गोपनियताको सम्मान गर्ने कुरा बताएँ । बिस्तारै ति किशोरीले आफ्ना कुरा खोल्दै गइन् र आफुले जिवनमा भोगेका हिंसा दुव्र्यवहारको बारेमा बताईन् । मैले ति सबै कुराहरुलाई सहज रुपमा व्यक्त हुनका लागि सुरक्षित वातावरण निर्माण गरेँ । उनको भावनाको सम्मान गरेँ र उसको परिस्थितीहरुलाई बुझ्ने कोसिस गरेँ । हामी हरेक हप्ता भेट्यौ र केही समयपछि उनी सहज र आत्मविश्वासी बन्दै गईन् उनले दैनिक गर्ने काममा फेरी लाग्न थालिन् । 

यो एउटा प्रतिनिधी घटना हो । मैले मेरो मनोविमर्शकर्ताको रुपमा विताएका डेढ दशकमा विभिन्न उमेर समुहका विभिन्न प्रकारका भावनात्मक कठिनाई भएका सयौ केशहरुलाई मनोविमर्श प्रदान गर्ने तथा थप सहयोग आवश्यकता भएकाहरुलाई मनोचिकित्सक तथा अन्य निकायहरुमा सिफारिस गरेको छु । द्धन्द्ध प्रभावित व्यक्तिहरुको आघातपुर्ण समस्याहरुमा मल्हम लगाउनेदेखि, मानव बेचबिखनको जोखिममा रहेका व्यक्तिहरु, बाढी पहिरो प्रभावित व्यक्तिहरु, कोभिड १९ को महामारीदेखि लैङ्गिक हिंसाका घटनाहरुबाट पिडित तथा प्रभावित हरुमा निरन्तर काम गर्दै आइरहेको छु । हरेक बर्ष अक्टोवर १० मा विश्व मानसिक स्वास्थ्य दिवस विश्वभरीनै विभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाइने गरेको सन्दर्भमा आफ्नो अनुभवको शेयर गर्ने मनसायले मानसिक स्वास्थ्यको बारेमा केही कुरा लेख्दैछु । 

मानिसले जीवनका विभिन्न घडीहरुमा धेरै किसमिका घटनाहरु बेहोरी राखेको हुन्छ । यस्ता कतीपय घटनाहरुले मानिसको मन मस्तीष्कमा ठुलो आघात पार्ने गरेको हुन्छ । यी यस्ता जिवनमा घट्ने घटनाहरुले जब व्यक्ति सामान्य मानिसमा भन्दा बढि भावनात्मक रुपमा उथलपुथल भइ उसमा धेरै लक्षणहरु देखा प¥यो र यसबाट उसको दैनिक कृयाकलापमा लामो समय सम्म प्रभाव प¥यो, उसको सम्वन्धमा असर प¥यो भने उसलाई मनोसामाजिक तथा मानसीक स्वस्थ्य समस्या भएको हुनसक्छ ।

मनोसामाजिक तथा मानसीक स्वस्थ्य समस्याले गर्दा ब्यक्तिलाई शारीरिक  टाउको दुख्ने, छाती दुख्ने, पेट गडबडी हुने, ढाड दुख्ने, रक्तचाप बढ्ने वा घट्ने, रिङ्गटा लाग्ने, निन्द्रामा समस्या, हातखुट्टा गल्ने, शिथिल वा कमजोर महशुस हुने, निद्रा नपर्ने, खानाको रुचि घट्ने वा वढ्ने, श्वास फेर्न गाह्रो हुने, जिउभरी नै सियोले घोचेको जस्तो महशुस हुने, शरीर दुख्ने तथा झम्झमाउने हुन सक्छ । भने भावनात्मक रुपमा नरमाइलो लाग्ने वा दुःखी हुने, डर लाग्ने, रिस उठ्ने, झिँजो लाग्ने कनै कुरामा खुशी हुन वा रमाउन नसक्ने, आत्मग्लानी हुने, आत्मबल र आत्मसम्मानको कमी महशुस वा वृद्धि हुने, रुन मन लाग्ने जस्ता समस्या देखा पर्न थाल्छन ।

त्यस्तै उसको बिचारमामा पनि परिबर्तन आई निराशापन, मूल्यहीनता, असहायपन,  निर्णय लिन नसक्ने, ध्यान केन्द्रित गर्न नसक्ने, भविष्यप्रति नकारात्मक दृष्टिकोण, आत्महानी वा आत्महत्याको सोच, विचार आयने आत्महत्या गर्ने योजना बनाउने, प्रयास गर्ने गर्छन् । त्यसै गरी ब्यबहारमा पनि परिवर्तन भै सामाजिक क्रियाकलापहरुबाट टाढिने, पढाई तथा अन्य पहिले गर्दै आएको क्रियाकलापमा रुची नदेखाउने, बोली तथा चालमा कमी आउने, जिम्मेवारी बहन गर्न नसक्ने, मनोरञ्जनमा मन नलाग्ने, निद्रामा डराउने÷तर्सने÷चिच्याउने, ध्यान केन्द्रित गर्न नसक्नु, अनावश्यक शंका गर्नु, रुनु, झगडा गर्नु, लागू पदार्थको सेवन तथा अत्यधिक मादक पदार्थ सेवन गर्ने, उत्तेजित आक्रामक व्यवहार, दैनिक क्रियाकलापमा ह्रास आउनु नस्ता ब्यबहारहरु देखा पर्छन । 

यस्ता सास्याहरु कतीपय सामाजिक कारणले भएका हुन्छन, कति चाहिँ मनोबैज्ञानिक र जैबिक कारणले पनि हुने गर्दछन् । यी तीनै कारणबाट मानिसलाई मानसकि र मनोवैज्ञानिक असरहरु पर्न सक्छन् । सामाजिक कारणहरुमा आघात जन्य घतनाहरु जस्तै बलत्कार, हत्या, हिंसा, युद्ध, गम्भीर खालको दुर्घटना, प्रियजनको मृत्यु, बेसहारा हुनु, शारीरिक तथा यौन जन्य दुब्र्ययहार, गरीबि, बेरोजगारी भेदभाव हुन भने मनोबैज्ञानिक कारणहरु बाल्यकालमा मानसीक आघात, बेवास्ता, नकारात्मक सामाना गर्ने ब्यबहार पर्छन । त्यस्तै जैबिकक कारणहरु बंशानसगत गुण, मस्तिष्कमा हुने संक्रमण, टयूमर, टाउकोको चोट, अत्याधिक लागुपदार्थ प्रयोग जस्ता कारण यो खाले समस्याहरु उत्पन्न हुन सक्छ । 

ध्ज्इ को. प्रतिवेदन २०२२ अनुसार हाल बिश्वमा मानसिक स्वास्थ्यको अवस्था हेर्नेहो भने ८ जना मध्ये १ जनालाई मानसीक स्वास्थ्य समस्या हुने गरेको पाईयको छ । १४% मानसीक स्वास्थ्य समस्या १० देखी १९ बर्ष भित्र नै देखा परि सकेको हुन्छ । ५८% आत्म हत्या ५० बर्षको उमेर भन्दा पहिले लै हुने गरेको पाइयको छ । यतिमात्र हैन जटील प्रकारका मानसीक स्वास्थ्य समस्या भै उपचार नपायका ब्यक्तिहरुको मृत्यू १० देखी २० बर्ष अगाडी नै हुने सम्भावना हुन्छ ।

१५ देखी १९ बर्ष उमेर समुहका युवाहरुको मृत्यूको चौथो कारण आतमहत्या रहेको छ । त्यस्तै नेपालको राष्ट्यि मानसिक स्वस्थ्य सर्वेक्षण २०२० को सर्बेक्षण अनुसार नेपालमा १०% वयस्कमा आफनो जिवनकालको कुनै न कुनै समयमा र ४.३% वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाईएको छ । २.३ % वयस्कमा र ०.९ % किशोरकिशोरस्मा उदासिनताको समस्या देखियको छ । ६.५ % वयस्कमा र ३.९ % बिशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको छ । त्यस्तै १.१ % वयस्क र ०.७ % आफनो जिवनकालमा आतमहत्याको प्रयास गरेको पाईएको छ । 

अझ बिशेष गरि किशोरा अवस्थामा जीवनको अति संवेदनशील उमेर हो । भावनात्मक र मनोसामाजिक परिवर्तन समेत हुने यस उमेरमा मनोसामाजिक र मानसीक स्वास्थ्य समस्याको समेत जोखिम हुने गर्दछ । तसर्थ दैनिक जीवनमा आउन सक्ने भावनात्मक, व्यवहारीक तथा सम्बन्धमा आउन सक्ने समस्याको पहिचान र त्यसको व्यवस्थापनका विषयमा समेत किशोरकिशोरीहरू जानकार बनाउन आवश्यक छ ।

समुदायमा मानसिक स्वास्थ्य समस्यासँग सम्बन्धीत विभिन्न लाञ्छनाहरुले समयमै समस्याको पहिचान र सहयोग लिने कुरामा प्रमुख बाधक तत्वको रुपमा रहेको छ । समुदायमा रहेका मानसिक स्वास्थ्यसँग सम्बन्धित गलत धारणा र लाञ्छनाहरुलाई चिर्न व्यापक रुपमा जनचेतनाको कार्यक्रम सञ्चालन गर्न आवश्यक हुन्छ भने तिनै तहको सरकारले पनि निती निर्माण तथा भएका नितीहरुको प्रभावकारी कार्यान्वयन र नियमित मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरु समुदायस्तरमा सर्वसुलभ र गुणस्तरीय रुपमा उपलब्ध गराउनु पर्दछ । 

मनोसामाजिक तथा मानसिक स्वस्थ्य समस्यालाई समयम्ै मनोबिमर्श लिन र उपचार गर्न आवस्यक हुन्छ । समयमै पहिचान गरि मनोबिमर्श लिने र उपचार गरेमा यो समस्या निको हुन्छ  । सबैले आफ्नो नजिकमा रहेका तालिम प्राप्त मनोविमर्शकर्ताहरु, मनोचिकित्सकहरुको जानकारी राख्नुपर्दछ । 
मानसिक तथा मनोसामाजिक सहयोगको लागि टि.पि.ओ. नेपालको हेल्पलाईन नम्बर १६६००१०२००५ मा हरेक दिन बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म फोन गरेर सेवा लिन सकिन्छ । यस नम्बरमा नेपाल टेलिकमको नम्बरदेखि फोन गर्दा कुनै शुल्क लाग्दैन । 

प्रतिक्रिया दिनुहोस