शुक्रबार, २४ असोज २०८२

अछाममा समाजवादीका नेताले गरे एमाले प्रवेश

अछाम : अछामको पञ्चदेवल–बिनायक नगरपालिकाका तीन जना काँग्रेस र समाजवादीका नेताले नेकपा एमालेमा प्रवेश गरेका छन् । जेन जी आन्दोलन पछिको असहज राजनीतिक परिस्थितिका बीच पनि नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य सहीत तीन जनाले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य नमराज शाही, समाजवादीकै नेता नरेन्द्र न्यौपाने र नेपाली काँग्रेसका नेता चक्र शाही रहेका छन् । उहाँहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम जिल्ला सचिव हिरण्ड भट्टाराई सहीतका नेताहरुलाई अविर लगाएर स्वागत गरेका हुन् । 

वर्तमान राजनीतिक अस्थिरता, वैचारिक अन्योलता र दलहरू प्रतिको आक्रोश बढीरहेको बेला अछामको पञ्चदेवल–बिनायक नगरपालिकाका तीन जना युवा नेताले नेकपा (एमाले) रोज्दै पार्टीमा औपचारिक प्रवेश गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका नेताहरुले आफ्नो पार्टीको भविष्य नै नरहेको र औचित्य नै समाप्त भएको निष्कर्ष सहीत एमाले रोजेको बताएका छन् । भने काँग्रेस छोडेका चक्र शाहीले पार्टी पद लोलुपता र गुटबन्दीमै सकिने अवस्था आएकोले भविष्य बोकेको पार्टीलाई रोज्न प्रवेश गरेको बताएका छन् ।

नवप्रवेशीलाई नेकपा (एमाले)का तहका नेताहरूले स्वागत गर्दै यस्तो असहज र चुनौतीपूर्ण समयमा पनि एमालेलाई रोज्नु साहसिक कदम भएको भन्दै उपयुक्त जिम्मेवारी दिने बताएका छन् । नवप्रवेशी नेताहरूको आगमनले पार्टी अझ सुदृढ हुने सचिव हिरण्ड भट्टाराईले विश्वास व्यक्त गरेका छन् ।

असहज परिस्थितिमा पनि नेताहरूले दल परिवर्तन गरी, स्पष्ट वैचारिक दिशासहित एमाले रोज्नुले स्थानीय राजनीतिमा नयाँ सन्देश दिएको छ । जेनजी आन्दोलनको एक महिनामै अछामबाट एमालेमा प्रवेशको क्रम फेरि सुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस