बाजुरा–: नेपाल बिद्यार्थी सँधको ५६ आँै स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुराको परिसरमा बृक्षरोपण सङ्गै अस्पताल बाजुरामा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर छ ।
राजतिक समयमा जन्मीएर अनेकौ प्रतिकुल अवस्था छिचोल्दै नेविसंघले ५६ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गदै आएको छ । नेविसंघ जिल्ला शाखा बाजुराले पनि अस्पताललाई ‘ग्रीन गार्डेन’ बनाउन तथा अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर स्थापना दिवस मनाईएको नेविसंघ बाजुराका उपाध्यक्ष तपेश रावलले बताएका छन् ।
बिद्यार्थीका हक हितमा संधैं कटिबद्ध रहने नेविसंघले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरेर देशैभरि मनाएको छ । नागरिक स्वतन्त्रता र शिक्षामा आम नागरिकको सहज पहुँचका लागि आफ्नो तन, मन र वचनसहित आन्दोलनको क्रममा सहादत प्राप्त गरेका वीर शहीद राम, लक्ष्मण, कामेश्वर कुशेस्वर लगायत सयौँ शहीद र नेविसंघ स्थापनामा अहम भूमिक निर्वाह गर्नुहुने नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलगायतलाई उच्च सम्मानका साथ नेविसंघका नेताहरूले स्मरण गरेको नेवि सधका जिलला अध्क्षय जनक थापाले बताएका छन् ।
ने वि संघ बाजुरामा पदाधिकारी,नेपाली काँग्रस प्रदेश सदस्य धनराज पण्डीत नेपाली काँग्रस बाजुराका उपसभापती तथा निवर्तमान बडीमालिकाका नगर प्रमुख पदम बडुवाल बडिमालीका नगरपालीका नगर सभापती गोपाल कार्की त्रिवेणी नगरपालीका सभापती शुरेन्द्रराज गीरी लगायतको संयुक्त टोलीले अस्पताल बाजुराको परिसरमा बृक्षरोपण संगै उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेका हुन्। फलफूल वितरण गर्दै निवर्तमान नगर प्रमुख पदम बडुवालले बिरामीलाई स्वास्थ लाभको कामना समेत दिनुभएको हो।साथै नेविसंघले आफ्नो स्थापना दिवसको अवसरमा अस्पतालमा बृक्षरोपण सङ्गै फलफूल वितरण गरेको प्रती धन्यवाद समेत दिनुभयो।
प्रतिक्रिया दिनुहोस