काठमाडौं : शिक्षक महासंघले भोलि ९आइतबार० गर्ने प्रदर्शनको समय सारेको छ । यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म गर्दै माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै आएको महासंघले आइतबार भने बिहान ९ बजेदेखि १२ बजेसम्म गर्ने भएको हो ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि महासंघले आफ्नो प्रदर्शनको समय सारेको हो ।आन्दोलन परिचालन कमिटीका संयोजक एवं महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, सम्भावित परिस्थितिलाई ख्याल गरेर आन्दोलनको समय सारिएको हो ।
‘भोलिको परिस्थितिलाई मध्यनजर गरेर समय परिवर्तन गरेका छौं,’ पराजुलीले अनलाइनखबरसँग भनिन्, ‘९ देखि १२ सम्म आन्दोलन गर्छौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ ।’
यो पनि पढ्नुहोस
राप्रपाले भोलि बिजुलीबजारमा प्रदर्शन गर्ने, निषेधित क्षेत्र तोड्ने तयारी शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले आन्दोलन जारी राखेका छन् ।
यसैबीच राप्रपाले पनि भोलि दिउँसो १२ बजेदेखि बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । राप्रपाले पार्टी बैठकबाटै निर्णय गराएर निषेधित क्षेत्र तोड्नेगरी उपस्थित हुने जनाएको छ ।उता, गृहले भने निषेधित क्षेत्र तोड्नेगरी कुनै क्रियाकलाप भए कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस