शुक्रबार, ०२ कार्तिक २०८१

बाजुरामा दादुरा र रुबेला खोप अभियान फागुन १३ देखि १५ गतेसम्म सञ्चालन हुने

अभियान प्रत्येक चार वर्षको अवधीमा चल्ने गरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द्रले बताएका छन् । ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई खोपको दायरामा ल्याउने र दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य अनुसार नै अभियान सञ्चालन गर्न लागिएको हो ।

बुधबार ०९, फागुन २०८० ०५:३८

नेपाल उत्पीडित जातीय मुक्ति समाज जगन्नाथको अध्यक्षमा कर्णवीर नेपाली

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाहीको प्रमुख आतिथ्यतामा गाउँ अधिवेशन आयोजना गरिएको हो । जातीय मुक्तिका लागि मात्रै नभइ समाज रुपान्तरण र समृद्धिका लागि पनि यो संगठनले काम गर्नु पर्ने र समाज विकासमा योगदान पुर्याउनु पर्ने सुझाव उपाध्यक्ष शाहीले दिएका छन् ।

बुधबार ०९, फागुन २०८० ०६:०२

एमाले कैलालीमा जुटेन सहमति : अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा, भोलि मतदान हुने

नेकपा एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा जोशीले प्यानल सहीत उम्मेदवारी घोषणा गरेसँगै तीनगुट बीच प्रतिस्पर्धा हुने संकेत देखिएको हो । जोशीलाई नेकपा एमाले सचिव लेखराज भट्टको समर्थन रहेको बुझिएको छ । जोशीले पूर्व माओवादी विचारकै वीरबहादुर चौधरी र सचिवमा दानबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएसँगै भट्टको समर्थन जोशीलाई रहेको बुझ्न सजिलो भएको छ ।

बुधबार ०९, फागुन २०८० ०६:४१

ओलीको जन्मदिन बिशेष बाजुरामा विद्यार्थीबीच वक्तृत्वकला

ओली सपनाको औचित्य र सार्थकतामा विद्यार्थी बीच बहस र वौद्धिक छलफल गराउन  ‘समृद्ध नेपाल, सुखी नेपालीको सपना र सार्थकता विषयमा वक्तृत्वकला आयोजना गरिएको हो । चार वटा विद्यालयका १८ जनाले प्रतियोगितामा भाग लिएका थिए ।

शुक्रबार ११, फागुन २०८० ०६:५१

अलपत्र पारिएका विकासे कामका ठेकेदार खोज्दै बाजुरा प्रशासन

बाजुरामा सयैको संख्याका योजनाहरु अलपत्र छन् । सडक, पुल, स्वास्थ्य र विद्यालयका भवन, सिँचाइ र खानेपानी जस्ता पूर्वाधार विकासका योजनाहरु वर्षौदेखि अलपत्र छन् । ठेका लिने र फरार हुने ठेकेदारको संख्या बढेसँगै प्रशासनले चासो देखाएको हो । स्थानीय तह, राजनीतिक दल र पत्रकार जगतसँग समन्वय गरि खोजी कार्य अघि बढाएको हो ।

शुक्रबार ११, फागुन २०८० ०८:००

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना

यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।

शनिबार १२, फागुन २०८० ०८:१०

एमाले नेता ऐन महरको राजीनामा फिर्ता गर्न बालकोटको ग्रिन सिंग्नल

महरले राजीनामा नदिएरै सचिवालय बैठकले उनको राजीनामा स्वीकृत भएको विज्ञप्ति जारी गरेको थियो । एमालेभित्र युवा जमादको कमान्डर र लोकप्रिय मानिने महरलाई कारबाही गरिएपछि आलोचना पनि भएको थियो। स्रोतका अनुसार उनलाई कारबाही भएको एक महिना नपुग्दै उनको कारबाही फिर्ताको तयारी भईरहेको बुझिएको छ ।

शनिबार १२, फागुन २०८० ०७:५२

बाजुरामा दादुरा र रुबेला खोप अभियान फागुन १३ अर्थात भोलिबाट सुरु हुने, खोप केन्द्र पुगे स्वास्थ्य कर्मी

बाजुराका १६५ वटा खोप केन्द्र १ सय ६५ जना स्वास्थ्य कर्मी र २ सय ३० जना स्वयम सेवक खटिने भएका छन् । १ सय वटा स्वास्थ्य संस्थाबाटै खोप सेवा दिइने भएको छ । १५ सय भाइल खोप बाजुराका लागि मात्रै आउने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

शनिबार १२, फागुन २०८० ०८:०८

२५ केजीमा बजारको भन्दा ७५ रुपैया सस्तो चामल किन्न लाइन बस्न बाध्य

गुणस्तरीय हुने विश्वास सहीत खाद्य संस्थानकै चामलमा स्थानीयको आकर्षण देखिन्छ । अनुदानमा सहज चामल उपलब्ध गराउने उदेश्य सहीत स्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले थोरै मूल्य मात्रै कम गर्ने गरेको छ । बजारमा फालाफाल चामल हुँदा पनि स्थानीय खाद्यन्नकै लाइनमा देखिनु अचम्म लाग्ने गरेको उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताएका छन् ।

आइतबार १३, फागुन २०८० ०७:४७

बाजुरामा चामल अभाव पूर्ति गर्न आपूर्ति बढाउने र वितरण कार्य व्यवस्थीत गरिने

चामलका लागि लाइनमा लाग्नु पर्ने, माग अनुसारको ढुवानी नहुने समस्या देखिएकोले तत्काल ढुवानी कार्य गराउने गरि पहल गरिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । जिल्लामा क्रियाशिल चार राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराका प्रमुखबीच बैठक बसेको हो ।

सोमबार १४, फागुन २०८० ०७:१७

नेकपा एमाले बाजुराको अधिवेशन तयारीमा ढिलाई, छैन कुनै सुरसार

नेकपा एमालेका तत्कालिन अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेश कमिटीमा गएपछि रिक्त पदपूर्ति भने लामो रस्साकस्सी पछि गएको माघ २९ गतेको जिल्ला कमिटीको बैठकले गरेको छ । बैठकले अध्यक्षमा भरत थापा, उपाध्यक्ष जनक बोहरा, सचिव काशी विक र उपसचिव पुरानै जिम्मेवारी प्राप्त हरिबहादुर रोकायालाई पदपूर्ति सहीत जिम्मेवारी तोकेको थियो ।

सोमबार १४, फागुन २०८० ०७:२०

कैलाली एमालेका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए सपथ

नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
सोमबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रम जिल्ला कमिटिको अध्यक्षमा निर्वाचित यज्ञराज ढुंगानासहितका पदाधिकारी र सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

सोमबार १४, फागुन २०८० ०७:२१

बाजुरा प्रशासनले सरकारी र सार्वजनिक अतिक्रमित जमिन खोजी गर्दै

व्यक्तिको नाममा रहेको नीजि हक लाग्ने बाहेक सार्वजनिक वा सरकारी जग्गा कानुन बिपरित कसैले भोगचलन गरेको वा हड्प गरी निजीकरण गरेको भए सोको वितरण जिल्ला प्रशासन कार्यालय बुझाउन सार्वजनिक सूचना मार्फत आह्वान गरेको हो ।

मङ्गलबार १५, फागुन २०८० ०७:२२

अनेरास्ववियु बाजुराले रवीन्द्र अधिकारीको स्मृतिमा दीप प्रज्वलन

अधिकारीको पर्यटन मन्त्री भएकै बेला २०७५ साल फागुन १५ मा ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा मन्त्री अधिकारी सहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रवु भोछिभोया, उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

मङ्गलबार १५, फागुन २०८० ०७:२६

हुम्लाको अदानचुलीका तत्कालीन प्रशासकीय अधिकृतसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव९इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बुधबार १६, फागुन २०८० ०५:५२

बाजुरा सदरमुकाम मार्तडी बजारमा सवारी पार्किङ भेटिए कारवाही

मार्तडी बजारको तालीबाट, नेपाल टेलिकमदेखि तुफानडाँडा हुदै दुनिहाटबजारसम्म बस पार्ककै रुपमा सवारी साधान पार्किङ गर्ने गरिएको छ । बस पार्क अभावकै कारण व्यवस्थीत र असुरक्षित रुपमा राख्नु परेको गुनासो यातायात व्यवसायीको छ । तर सवारी चलाउन देखि पैदल हिँड्न समेत जोखिम बढेपछि स्थानीय प्रशासनले चासो देखाएको छ ।

बुधबार १६, फागुन २०८० ०६:१६

‘बुहारी’ लाई सहइन्चार्ज बनाएपछि माओवादी छोड्ने मुडमा खगराज !

भट्ट अहिले न संसदीय दलको नेता छन् न त पार्टी संगठनको कुनै मूल जिम्मेवारीमा नै देखिएका छन् । माघ १२ गते माओवादी बहुमत संसदीय दलका सदस्यहरूले भट्टलाई दलको नेताबाट हटाएर अर्का प्रदेश सभा सदस्य मानबहादुर धामीलाई दल नेता बनाएका छन् ।

बुधबार १६, फागुन २०८० ०६:३७

हिमालीमा भव्य बन्दै शीलभण्डार गृह

गाउँपालिकाले पालिका भित्रको खाद्य सूरक्षाका लागि मात्रै चालु आर्थिक वर्षमा १ करोड रकम विनियोजन गरेको छ । त्यस्तै गाउँपालिकाले यसै वर्षभित्र पालिकाका कृषकहरुले उत्पादन गरेको खाद्य वस्तुलाइ बजारसम्म पुर्याउनका लागि कृषि एम्वुलेन्स समेत खरिद गर्न लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताएका छन् ।

बिहिबार १७, फागुन २०८० ०७:५४

बाजुरामा उद्यम विकास गर्न घरेलुद्धारा साना उद्यमीलाई औजार उपकरण सहयोग

घरेलु तथा साना उद्योग कार्यालय बाजुराले उद्यमीहरुलाई कार्यालयमै बोलाएर उपकरण हस्तान्त्रण गरेको छ । प्रत्येक उपकरणको २० प्रतिशत मूल्य भने स्वयम उद्यमीले नै बेहोरेका छन् । उद्यमीलाई लगानी प्रति अपनत्व बढाउन ८० प्रतिशत कार्यालयको र २० प्रतिशत स्वयम व्यक्तिको लगानी गराइएको कार्यालयले बताएको छ ।

शुक्रबार १८, फागुन २०८० ०४:१३

गौमुलका दुर्गम गाउँमा ‘फोर जी’ सेवा

लामो समयपछि गाउँपालिकामा फोर जी सेवा सञ्चालनमा आएको नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोक बहादुर खड्काले बताउनुभएको छ । गौमुल गाउँपालिकाका १, २ र ३ नम्बर वडाको लागि वडा नम्बर ६ को माथिल्लो बसाला र ४, ५ र ६ नम्बर वडाका लागि रेडियो गौमुलको रिपिटर टावर रहेको सटेडामा फोर जी सेवाका लागि टावर राखिएको छ ।

शुक्रबार १८, फागुन २०८० ०८:०३

बुढीगंगामा मेलमिलाप सहजकर्तालाई पुर्नताजकीय तालिम

तालिममा न्यायीक समितिमा आउने उजुरी र न्यायीक सम्पादन गर्दा कानुनी रुपमा ख्याल गर्नुपर्ने कुराहरुलाई समेत तालिममा जानकारी गराइने भएको छ ।  अधिवक्ता हर्कबहादुर खडायत र तुलाराम जैशीले सहजिकरण गर्ने तालिममा ३० जना सहभागि छन् । ती सबै सहभागिलाई यस अघि पालिकाकै अगुवाईमा कानुनी परामर्श तथा सचेतना बारे ४८ घण्टे तालिम पनि दिएको थियो ।

शुक्रबार १८, फागुन २०८० ०८:१४

खप्तड छेडेदहले पारित गर्यो मर्यादीत महिनावारी व्यवस्थापन कार्यविधी

पालिकाको गाउँ सभाले मर्यादीत महिनावारी सहीत अन्य ६ वटा कार्यविधी पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्यायले बताएका छन् । जसमा बिषयगत समिति कार्यसंचालन कार्यबिधी २०८०, टोलबिकास संस्था गठन तथा परिचालन निर्देशिका २०८०, प्रशासकिय कार्यबिधी नियमित गर्ने ऐन २०८०, गाउँपालिका कार्यसंचालन  निर्देशीका २०८० र कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबाहार आचारसंहिता २०८० रहेका छन् ।

शुक्रबार १८, फागुन २०८० ०८:३५

गठबन्धनबाटै घेराबन्दीमा सुदूरपश्चिम सरकार

यसैक्रममा आजै सत्तारुढ दल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सांसद ओमविक्रम भाट (सरलले) सरकारले सरकारको समिक्षा गर्ने बेला आएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले प्रदेश सरकार दिशा विहीन र कुहिरो भित्र हराएको कागजस्तो भौतारिरहेको भन्दै आफूहरू निर्णायक छलफलमा जुट्ने सङ्केत गरेका छन् ।

शनिबार १९, फागुन २०८० ०५:३३

बडीमालिका घटनाको वास्तविकता : एउटै शाखाका कर्मचारीबीच विवाद र आपसमा कुटाकुट !

कार्यसम्पादन मूल्याकन र दैनिक कार्ययोजना बारे छलफल भइरहँदा कस्ले के जिम्मा लिने र के बनाउने भन्ने विषयमा आपसमा कुरा नमिलेपछि विवाद बढेको हो । विवादले पछि अर्को रुप लिएको छ । कार्यकक्षमा पहिला कविता सूर्यबंशीले जहिलेपनि हेपेर कुरा गर्ने भन्दै सुरुमा मुक्का प्रहार गरेको र पछि प्रतिवादमा रन्जीता शाहीले पनि प्रहार गरेको पाइएको छ ।

शनिबार १९, फागुन २०८० ०७:३९