शुक्रबार, ०४ असोज २०८१

अनेरास्ववियु बाजुराले रवीन्द्र अधिकारीको स्मृतिमा दीप प्रज्वलन

बाजुरा : अनेरास्ववियु बाजुराले स्वर्गिय रवीन्द्र अधिकारीको स्मृतिमा दीप प्रज्वलन गरेको छ । नेकपा एमालेका नेता एवं मन्त्री समेत रहेका स्व. अधिकारीको शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरि छैटौं स्मृति दिवस मनाइएको हो । 

अधिकारीको पर्यटन मन्त्री भएकै बेला २०७५ साल फागुन १५ मा ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा मन्त्री अधिकारी सहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रवु भोछिभोया, उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो । 

अनेरास्ववियुले मन्त्री अधिकारी सहित दुर्घटनामा निधन भएकाहरुको सम्झनामा स्मृति सहीतको दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको अनेरास्ववियुका बाजुरा अध्यक्ष दीलबहादुर थापा भोटेले बताएका छन् । नेकपा एमाले अध्यक्ष भरत थापा, अनेमसंघका अध्यक्ष कोपिला सिह, युवाका अध्यक्ष मिलन जङ्ग ऐडी सहीतको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।

‘रवीन्द्र अधिकारीजी वास्तवमै बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । कला, साहित्य, लेखन, विचार निर्माण, प्रवाह, प्रशिक्षण सबैमा धनी नेताको रुपमा परिचित थिए । ‘नेपालको राष्ट्रिय राजनीतिमा अतुलनीय योगदान दिएका अधिकारीले सधैं निष्ठाको राजनीति गरेका नेकपा एमाले अध्यक्ष भरत थापाले दीप प्रज्वलन सभामा स्मरण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस