बाजुरा : जिल्ला अस्पताल बाजुरामा पहिलो पटक माइक्रोबायोलोजी ल्याब सेवा सुचारु गरिएको छ। जिल्ला अस्पताल बाजुराका प्रमुख चन्द्रशेखर यादवका अनुसार उक्त सेवा सञ्चालनमा आएसँगै जिल्ला वासीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
उहाँले माइक्रोबायोलोजी ल्याब सेवाबाट विभिन्न संक्रामक रोगहरूको समयमै पहिचान गर्न सकिने बताउँदै यसले उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउने उल्लेख गर्नुभयो। यसअघि सामान्य परीक्षणका लागि समेत बिरामीलाई अन्य जिल्ला जानुपर्ने बाध्यता रहेकामा अब सो समस्या हट्ने उहाँको भनाइ छ।
माइक्रोबायोलोजी ल्याब सेवा सुरु भएसँगै बिरामीले आफ्नै जिल्लामा सहज, सुलभ तथा किफायती रूपमा स्वास्थ्य सेवा पाउने विश्वास लिइएको छ। यस सेवाले जिल्ला अस्पताल बाजुराको स्वास्थ्य सेवाको गुणस्तर अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस