शुक्रबार, ०४ असोज २०८१

बाजुरा प्रशासनले सरकारी र सार्वजनिक अतिक्रमित जमिन खोजी गर्दै

बाजुरा : जिल्ला प्रशासन कार्यांलय बाजुराले अतिक्रमित जमिनको खोजी सुरु गरेको छ । सरकारी वा सार्वजनिक जमिन अतिक्रमण गरि भोगचलन गरिएको जमिनको खोजी सुरु गरेको छ । सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित जमिनको सूचना प्रमाण सहीत पेश गर्न आह्वान गरेको छ । 

व्यक्तिको नाममा रहेको नीजि हक लाग्ने बाहेक सार्वजनिक वा सरकारी जग्गा कानुन बिपरित कसैले भोगचलन गरेको वा हड्प गरी निजीकरण गरेको भए सोको वितरण जिल्ला प्रशासन कार्यालय बुझाउन सार्वजनिक सूचना मार्फत आह्वान गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेनाले जारी गरेको सूचनामा सार्वजनिक वा सरकारी जंगाको दुरुपयोग गरि निजीकरण गरेको, विक्री वितरण गरेको, धितो वा बन्धक राखेको भए जानकारी गराउन भनिएको छ । सरकारी वा सार्वजनिक जमिन त्यस्तो गरेको पाईएमा ७ दिन भित्र जिल्ला प्रशासन कार्यलयमा जानकारी गराउन सुचनामा उल्लेख गरिएको छ ।  

May be an image of ticket stub and text

प्रतिक्रिया दिनुहोस