शनिबार, १२ साउन २०८१

नेपाल उत्पीडित जातीय मुक्ति समाज जगन्नाथको अध्यक्षमा कर्णवीर नेपाली

बाजुरा : नेपाल उत्पीडित जातीय मुक्ति समाज जगन्नाथको अध्यक्षमा कर्णवीर नेपाली मुस्कान सर्वसम्मत चयन भएका छन् । प्रथम गाउँ सम्मेलनबाट कर्णवीर अध्यक्ष रहने गरी २३ सदस्यीय समिति चयन गरिएको हो । 

जसमा उपाध्यक्ष अमृते ल्वार, सचिव मरु टमटा, सहसचिव रती ल्वार, अविसरा ढोली, सदस्यमा कार्तिके ल्वार, अम्मा ढोली, मनलाल ढोली, काशी सार्की, बिरजित सार्की, दल सार्की, मन दमाई, नर्जन दमाई, पंख ढोली, बाचु सार्की, देवु ल्वार, मिमकला सार्की, बिष्णु नेपाली, जंग दमाई, सुचना दमाई, भक्त ल्वार र लक्ष्मी दमाई रहेका छन ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाहीको प्रमुख आतिथ्यतामा गाउँ अधिवेशन आयोजना गरिएको हो । जातीय मुक्तिका लागि मात्रै नभइ समाज रुपान्तरण र समृद्धिका लागि पनि यो संगठनले काम गर्नु पर्ने र समाज विकासमा योगदान पुर्याउनु पर्ने सुझाव उपाध्यक्ष शाहीले दिएका छन् ।

कार्यक्रममा उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय कमिटी सचिवालय सदस्य एवं नेकपा एमाले बाजुराका सचिव काशी विकले मुक्ति मोर्चाको आन्दोलन र अभियान बदल्न पर्ने सुझाव दिँदै त्यसको नेतृत्व निर्वाचित कमिटीले गर्नु पर्ने बताएका छन् । जात र विभेदका विषयसँगै समृद्धि र आत्मनिर्भर अनि आयआर्जनका विषयहरुलाई प्रमुख एजेण्डा बनाएर लैजानु पर्ने सुझाव दिएका छन् ।

अधिवेशनमा मुक्ति मोर्चाका प्रदेश सचिव जंग विक, प्रदेश सचिवालय सदस्य लाछु विक, जिल्ला अध्यक्ष शंकर चदारा, एमाले सचिवालय सदस्य कालीबहादुर धराला, चैते ल्वार, गाउँ पालिका उपाध्यक्ष मरुकला विष्ट वडा अध्यक्ष गणेशराज गिरी, गौरी सार्की सहीतको उपस्थिति रहेको थियो । मुक्ति समाजले जिल्ला अधिवेशन पूर्व पालिका अधिवेशन सकाउने गरि अभियान थालेको छ । 

May be an image of 1 person

प्रतिक्रिया दिनुहोस