शुक्रबार, ०२ कार्तिक २०८१

२ वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली, माधव नेपालको ‘च्याप्टर क्लोज’

‘हाम्रा अध्यक्ष र प्रधानमन्त्रीबीच धेरै कुरा प्याकेजमै सहमति भएको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘सरकारको बाँकी कार्यकाल २र२ वर्ष बाँड्ने उहाँहरूबीच भएको एउटा सहमति हो।’

सोमबार २१, फागुन २०८० ०३:०७

अनेमसंघ बाजुराले चैत्रमा प्रशिक्षण सभा आयोजना गर्ने

अनेमसंघको बैठकले केन्द्रीय प्रशिक्षक बोलाएर प्रशिक्षण सभा आयोजना गर्ने निर्णय गरेको अध्यक्ष कोपीला सिंहले जानकारी दिएका छन् । प्रशिक्षण सभा चैत्र भित्र गर्ने निर्णय गरिएको छ । एमाले पार्टी कार्यालयको सभा हलमा बसेको बैठकले चैत्र भित्रै संगठनका सदस्यता नविकरण र नयाँलाई आवेदन फारम भरिसक्ने, वडा र पालिकाको अधिवेशन पनि चैत्र भित्रै गरिसक्ने निर्णय गरेको छ ।

सोमबार २१, फागुन २०८० ०९:०२

सुदूरपश्चिम प्रदेश स्तरीय रनिङ शिल्डमा बाजुरा १ स्वर्णमै सीमित, डोटी र दार्चुला स्वर्ण विहीन

१४ औं प्रदेश स्तरीय शिल्डमा बाजुराले १ स्वर्ण सहीत ६ रजत र १३ कास्य सहीत २० वटा पदम ल्याएर छैटौं स्थानमा समेटिएको छ । सहभागि नौ वटा जिल्ला मध्ये कैलाली पहिलो र कंचनपुर द्धितीय भएका छन् । डडेल्धुरा तृतीय स्थान ल्याउन सफल भएको छ ।

मङ्गलबार २२, फागुन २०८० ०१:०१

सुदूरपश्चिम सरकारका मुख्य मन्त्रीले गरे माओवादीका मन्त्री बर्खास्त

केन्द्रमा कांग्रेस(माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन् ।

मङ्गलबार २२, फागुन २०८० ०१:४३

अनेमसंघले सुपका नौ वटै जिल्लामा महिला श्रमिक दिवस मनाउने

केन्द्रीय कमिटीको सर्कुलर र प्रदेश कमिटीको निर्णय अनुसार सुदूरपश्चिमका नौ वटै जिल्लामा दिवस मनाउने तयारी थालेको प्रदेश अध्यक्ष झुमा चौधरीले जानकारी दिएकी छन् । संगठन सुदृढीकरण र रुपान्तरणको अभियान सहीत देश व्यापी कार्यक्रमका रहेको अनेमसंघले आफ्नै व्यानर र नारामा दिवस बनाउन लागेको हो ।

मङ्गलबार २२, फागुन २०८० ०८:२०

स्वामिकार्तिकले आयोजना गरेको पालिका कप भलिबलको उपाधी केपी ‘बा’ को पोल्टोमा

फाइनल खेलमा पाहुना टोली कालिकोटलाई सोझो सेटमा पाखा लगाउँदै उपाधी हाप पारेको भलिबट टिमका व्यवस्थापक भाष्कर शाहीले जानकारी दिएका छन् । कालिकोटलाई केपी बा स्पोर्टस क्लबले २५–२२, २५–२१ र २५–२३ को सोझो सेटमा पाखा लगाएको हो ।

शनिबार २६, फागुन २०८० ०७:२५

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा बाजुरा ४ सहीत ६ जना पक्राउ

बोहराको कोठामा आफूलाई मदिरा पिलाएर उनीहरूले पटक–पटक बलात्कार गरेको पीडितको उजुरी छ । अभियुक्तहरूले भने सहमतिमै आफूहरूले सम्बन्ध राखेको दाबी गरेका छन्। जनक बोहराले तीनपटक, तेजराज दानीले दुईपटक र अंगराज बोहराले एकपटक सम्बन्ध राखेको उनीहरूको बयानमै उल्लेख छ ।

शनिबार २६, फागुन २०८० ०८:०८

नागरिक उन्मुक्ती भित्र चर्कियो रेशम र रञ्जीताको द्वन्द्ध : रञ्जीताले समर्थन फिर्ताको निर्देशन दिँदा रेशमको असहमति

रेशम चौधरी भेट्न सुदूरपश्चिम प्रदेशबाट शुक्रवार मन्त्रीको शपथ खाएका तीन जना र यस अघि नै मन्त्री रहेको एक जना गुलरिया गएका थिए । नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, प्रमुख सचेतक समेत रहेका विभा विभागीय मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा चौधरी रेशम चौधरीलाई भेट्न बर्दिया पुगेका थिए ।

शनिबार २६, फागुन २०८० ०८:५०

गाउँमै चिकित्सक सेवा दिन बाजुराको चुथी स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन

चिकित्सक सेवाको पहुँच बाहिर रहेका दुर्गम क्षेत्रका स्थानीयलाई टेलि हेल्थ सेवा मार्फत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरि सञ्चालनमा ल्याएको हो । अति गरिब तथा विपन्न समुदाय र विशेष गरि विकट दुरदराजका नागरिकलाई लक्षित गरि सेवा सञ्चालन गरिएको स्मार्ट हेल्थ ग्लोबलका कार्यकारी निर्देशक मनोज खड्काले बताएका छन् ।

आइतबार २७, फागुन २०८० ०७:५४

बढ्दो महिला हिंसा रोक्न माग गर्दै अनेमसंघ सुप कमिटीले बुझायो मुख्य मन्त्रीलाई ज्ञापन पत्र

आर्थिक वर्ष २०७९।८० को तथ्याकं हेर्दा मात्रै देशभर घरेलु हिंसाका १६ हजार ५ सय १२, जबरजस्ती करणीका २ हजार ३ सय ८७, जबरजस्ती करणी उद्योगका ५ सय १८, अपहरण तथा जबरजस्ती करणीका ५९, जबरजस्ती करणीपछि हत्या गरिएका ५, बोक्सी आरोपका ४३, मानव बेचविखनका १ सय २४, बहुविवाहका ७ सय २३, बाल विवाहका ५२, जातीय विभेदका २७, तेजाव प्रहारका ३ अवैध गर्भपतनका ३२ वटा मुद्दा प्रहरीमा दर्ता गरिएको छ ।

आइतबार २७, फागुन २०८० ०७:५६

सरकारसँग हिंसा न्युनिकरणको माग गर्दै अनेमसंघ बाजुराले बुझायो ज्ञापनपत्र

ज्ञापनपत्रमा लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा रहेको महिलाहरु अझैपनि कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार,बेचबिखन ओसारपसारका साथै संस्कृति र परम्पराका नाममा हुने हिंसा आदिबाट पिडित र कतिपय सन्दर्भमा समाजका संवेदनहिन क्रियाकलापबाट महिला बालिकाहरुले बाँच्न पाउने अधिकारबाट समेत बञ्चित हुनुपरेको उल्लेख गरिएको छ ।

आइतबार २७, फागुन २०८० ०८:१३

जगन्नाथ पालिका कपको उपाधी पनि केपी ‘बा’ कै कब्जामा

स्वामिकार्तिक खापरगाउँपालिकाले आयोजना गरेका पालिका कपको उपाधी हात पारेको तेस्रो दिनमा केपी बा स्पोर्टस् क्लबले फेरि अर्को उपाधी उचालेको छ । छिमेकी जगन्नाथ गाउँपालिकाले आयोजना गरेको जगन्नाथ पालिका अुला भलिबल कपको उपाधी पनि केपी बा ले नै उचालेको हो । केपी बा ले तीन दिन पहिला मात्रै स्वामिकार्तिक खापर पालिका भलिबल कप पनि जितेको थियो ।

सोमबार २८, फागुन २०८० ०४:३३

तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख, सुदूरपश्चिममा देवराज जोशीको ठाउँमा नजिर मियाँ नियुक्त

नयाँ नियुक्तिका लागि सिफारिस गरिएका प्रदेश प्रमुखहरू तीनैजना नेकपा एमालेका हुन् । झापाकी सुमित्रा भण्डारी केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला डेनमार्कको लागि राजदूत सिफारिस भएर पनि सरकार ढलेपछि नियुक्ति नपाएकी महिला नेता हुन् । प्राध्यापन पेशाबाट अवकाश पाएकी भण्डारी एमालेनिकट अखिल नेपाल महिला संघकी नेतृ हुन् ।

सोमबार २८, फागुन २०८० ०७:४१

पद जोगाउन मन्त्रालय फुटाइदै, मन्त्री थप्दै मुख्यमन्त्री शाह

पदका जोगाउनका लागि मुख्य मन्त्री शाहले मन्त्रालय फुटाउने र मन्त्री थप्ने कुराको कुनै कसुर बाँकी राखेका छैनन् । प्रदेश सरकारमा कैलालीले मात्रै ६ वटा मन्त्रालय पाएको छ । भने ७ जना सांसद भएको नागरिक उन्मुक्ती पाटीका ५ वटा मन्त्री भएका छन् ।

सोमबार २८, फागुन २०८० ०७:४२

एमाले बैतडीमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा नरेश विक

अहिले जिल्ला कमिटीको टिमसहित निर्वाचनको प्रक्रिया पुरा गर्ने समय लागेकाले घोषणा गर्ने भने बाँकी रहेको छ । सहमतीमै नेतृत्वको टुंगो लगाएर पार्टी केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारी काठमाडौं गइसकेका छन् । अहिले नेताहरु निरुदेवी पाल, राजेन्द्र रावल सहीत सहमतिका लागि जुटिरहेका छन् ।

मङ्गलबार २९, फागुन २०८० ०१:२३

स्थानीय खाद्यबाली प्रबर्दन गर्न बडीमालिकाका विद्यालयमा दिवा खाजा कोदोको परिकार

सरकारले कम्तीमा १५ रुपैया भन्दा बढीको खाजा एक जना विद्यार्थीलाई खुवाउनु पर्ने मापदण्ड बनाएको छ । बडीमालिकामा कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या मात्रै ३ हजार ८ सय ५८ जना भन्दा बढी छन् । दैनिक १५ रुपैयाको खाजा खुवाउँदा पनि ४२ हजार ८ सय ७० रुपैया बढीको कोदो खपत हुने अनुमाग गरिएको छ । यो वर्षभरिको खाजामा कोदोकै परिकार खुवाउने र स्थानीय उत्पादनको प्रयोग गरिने हो, भनेपनि पौने करोड रुपैया पालिका भित्रै रहने विश्वास पालिकाको छ ।

मङ्गलबार २९, फागुन २०८० ०२:०३

नागरिक उन्मुक्तिबाट मुक्तीको भर नदेखिएपछि सरकार छाड्ने मूडमा मुख्यमन्त्री शाह

प्रमुख सचेतक विक्रमसिंह धामीले सांसदहरूलाई मुख्यमन्त्रीले बोलाएको खबर गरेका थिए । साँझ ५ बजेदेखि करिब २ घण्टा मुख्यमन्त्री कार्यालयमा शाहले आफ्ना सांसदहरूसँग सरकार अल्पमतमा परेको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

बुधबार ३०, फागुन २०८० ०९:४३

बिनालाई बहिष्कार गर्ने माओवादी नेतालाई कारबाहीको संकेत

प्रदेशको पार्टी सहइन्चार्ज बनाइएपछि पार्टीभित्रका केही नेता तथा कार्यकर्ताले बिनालाई नस्वीकारेको बताइन्छ । सिनियर नेताहरूलाई बाइपास गरी केन्द्रीय सदस्य बिनालाई माओवादी सुदूरपश्चिममा सहइन्चार्ज बनाएको पार्टीको प्रदेश कमिटीको बैठकमै कुरा उठेको बुझिएको छ । त्यतिमात्र होइन, हालै केही केन्द्रिय सदस्यहरुले बिनालाई बैठकबाटै बहिष्कार गरेका थिए ।

आइतबार १८, चैत २०८० ०६:२८

बाजुरामा हावाहुरीको वितण्डा, अस्थायी प्रहरी पोष्टदेखि विद्यालयका संरचनामा क्षति

हावाहुरीका कारण बाजुराको बुढीगंगा नगरपालिका–१० रिठाबजारमा रहेको अस्थायी प्रहरी पोष्ट समेत उडाएर क्षति पुगेको छ । शनिबार मात्रै दर्जन बढी संरचनामा क्षति पुगेको छ । हावाहुरीका कारण अस्थायी प्रहरी पोष्टको काठ र टिनले बनेको भान्साघर र नागरिक सहायता कक्ष (गोलघर) र अस्थायी प्रहरी बेस क्याम्पको ढोका भाँचिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आइतबार १८, चैत २०८० ०६:३४

निरही नगरपालिका : अस्तव्यस्त मार्तडी बजार, सवारी व्यवस्थापन मै सकस

मार्तडी बाजुरा जिल्लाकै सदरमुकाम हो । नौ वटै पालिकाका स्थानीयको प्रमुख मुकाम र जिल्लाको प्रमुख बजार हो । जिल्ला बाहिरबाट आउनेहरुले पनि बाजुराको अवस्था मार्तडी बजारको व्यवस्थापनबाटै बुझ्ने गर्छन् । तर यस्ता साझा सवाल र सरोकारका विषयमा नगरपालिका निकै निहरी छ । जनप्रतिनिधीले समेत यस्ता विषयमा चासो चिन्ता कमै लिने गरेको पाइन्छ ।

आइतबार १८, चैत २०८० ०६:५२

शैक्षिकसत्र अगावै आइपुगे बाजुरामा पाठ्यपुस्तक

आफ्ले जिम्मेवारी लिएका गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा किताब पुगिसकेको बताएका छन् ।

आइतबार १८, चैत २०८० ०७:२७

रानीवनको टोली सि डिभिजन लिग खेल्न काठमाडौं प्रस्थान

रानीवनले २०७६ सालदेखि सि डिभिजन खेल्न सुरु गरेको हो । सि डिभिजनको मान्यताका लागि भाग लिएकै वर्ष रानीवनले सि डिभिजनको मान्यता पाएको थियो । यो खेल बि डिभिजनमा बडुवाका लागि खेल्न लागेको हो ।

आइतबार १८, चैत २०८० ०७:५५

ओलीको उपस्थितिमा जनसांस्कृतिक महासंघले सांस्कृतिक साँझ गर्दै

आगामी ३० गते काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक साँझको आयोजना गर्न लागिएको र त्यसको तयारी तीव्र भइरहेको उनले बताएका छन् । ‘दार्चुलाको कालापानीदेखि ताप्लेजुङको ओलाङ्चुङ गोलासम्मको मौलिक नाच हामीले सांस्कृतिक साँझमा देखाउने छौँ’, उनले भने, ‘आजसम्मकै सबैभन्दा फरक र मौलिक कार्यक्रम हुने छ हाम्रो ।’

नेपालको मौलिकता नेपालीको शान, कला र संस्कृति हाम्रो पहिचा

सोमबार १९, चैत २०८० १२:३७

रेशम रञ्जीताको नागरिक उन्मुक्तिमा दुई पक्षबीच कुटाकुट

विधी, न नियमको पालना नत कुनै एजेण्डा र उदेश्य । परिवार र आफूलाई फाइदा पुग्ने बाहेक अर्को एजेण्डा र कुराहरुको मात्रै बहस छलफल हुने पार्टीको रुपमा नागरिक उन्मुक्ति स्थापित भएको छ । जसमा कारण रेशम चौधरी दम्पत्तिबीचको विवादले विभाजनको मुखमा पुगेको छ ।

सोमबार १९, चैत २०८० ०१:०८