सोमबार, १९ जेठ २०८२

बाजुरामा मनाइयो गणतन्त्र दिवस (तस्वीरसहीत)

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ ।

बिहिबार १५, जेठ २०८२ ०८:५१

आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै

तिनिधिससंसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै  प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ ।त्यसअघि प्रभाको दिउँसो १ः३० बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१–०८२ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।

बिहिबार १५, जेठ २०८२ ०९:०२

एकै दिन दुई प्रदर्शन : एमालेको १० बजेदेखि, राजावादीको २ बजेपछि

एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम सुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनको अनुरोध, त्यसपछि शान्ति वाटिका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय

बिहिबार १५, जेठ २०८२ ०९:०८

गणतन्त्र दिवसमा एमाले बाजुराले मनायो जनउत्सव, गौमुल गाउँ कमिटीलाई सम्मान

पार्टी अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लालबहादुर थापा प्रमुख अतिथि थिए । बडीमालिका नगरपालिकाको सभा हलमा आयोजित जनउत्सव समारोहमा नेता कार्यकर्ताले गणतन्त्र प्राप्तिका लागि ज्यान गुमाउने सबै शहीदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बिहिबार १५, जेठ २०८२ १२:४०

बडीमालिका ९ को बार्षिक समीक्षा : व्यवस्थीत खानेपानी र सडकबाटो सुधारमा जोड, बजेट प्राथमिकताको माग

योजनाको दीगोपनमा उपभोक्तालाई ध्यान दिन लगाउनु पर्ने, योजनामा स्थानीयको अपनत्व बढाउनु पर्ने र बजेटमा प्राथमिकता दिनु पर्ने माग स्थानीयले राखेका छन् । अन्य वडाको तुलनामा पालिकाले ९ नम्बर वडालाई विभेद गरेको आरोप उनीहरुले लगाएका छन् । कार्यक्रममा एमाले बाहेकलाई बाइपास नै गरेको आक्रोश काँग्रेसका कौशल विकले व्यक्त गरेका छन् ।

बिहिबार १५, जेठ २०८२ ०७:५८

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : रोजगारी र पर्यटन विकासलाई प्राथमिकता

पर्यापर्यटन प्रवद्र्धनका लागि बाकाबिर पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन, खप्तड, बडीमालिका, मालिकार्जुन, सिगास धाम, रामारोशन क्षेत्रमा केबलकार स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने, होटल तथा लज सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, प्रादेशिक पर्यटन प्रवद्र्धन बोर्ड स्थापना गर्ने कुरालाई समेत अघि सारिएको छ ।

शुक्रबार १६, जेठ २०८२ ०९:५७

बजेट हाइलाइट २८ बुँदामा

दैलेखको भैरवी गाउँपालिका– १, जलजलेस्थित अन्वेषणस्थलमा ड्रिलिङको काम सम्पन्न भएसँगै तेस्रो चरणका कामअन्तर्गत संकलित नमूना परीक्षण गर्न केही समयअघि चीनतर्फ पठाइएको थियो। सरकारले पाल्पा, सुनसरी र दाङमा पनि पेट्रोलियम अन्वेषण गरिने उल्लेख गरेको छ।

शुक्रबार १६, जेठ २०८२ १०:०८

पार्वती माविले मनायो अभिभावक दिवस, विद्यालय र अभिभावकको सम्बन्ध अझ सुदृढ हुने विश्वस

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोजराज पाध्यायले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विकास, र अतिरिक्त क्रियाकलापहरूको विवरण समावेश गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, नृत्य, नाटक, र अन्य सांस्कृतिक काक्रमहरू प्रस्तुत गरेका थिए ।

शुक्रबार १६, जेठ २०८२ १०:४१

चित्र बिष्टको ‘हृदय’का प्यारा बजारमा

प्रमिला थापाका शब्द रहेको गीतमा चित्र विष्ट र पूर्णकला बिसीको स्वर रहेको छ । प्रमिला चित्र विष्टकी जीवन संगीनी हुन् । प्रमीला साहित्य विधामा कलम चलाउँदै आएकी छन् । अक्सर प्रीय मान्छेहरु छुटेर जाने, चाहेरपनि साथमा राख्न नसकिने र माया फेरि उनीहरुकै लागि रहने विषयलाई गीतको प्रमुख सन्देश बनाइएको छ ।

शनिबार १७, जेठ २०८२ ०९:३५

बुढीगंगामा सरकारी संरचना विकासमा फड्को : पालिका र वडामा आफ्नै भवन, सेवा प्रवाहमा सहज

गाउँमा भइरहेको विकासको मुल प्रवाह वा जस संघियतालाई नै जान्छ । पालिका र वडाका केन्द्र बनाउनै पर्ने बाध्यताले पनि विकास गाउँ पुगेको देखिन्छ । दुर्गम बस्तीमा पक्की घरसंरचना बनेका छन् । कच्ची भएपनि गाउँसम्म सडक बाटो जोडिएको छ । हिउँदकै सिजनमा भएपनि घरकै आगँनमा सवारी चढेर जान पाइने सुविधाको भोग जनताले गर्न पाएका छन् । त्यसका प्रत्यक्ष भोगी हुन्, बुढीगंगा नगरपालिकाका स्थानीय

शनिबार १७, जेठ २०८२ १२:२७

गड्डाचौकी–अत्तरिया सडकखण्ड स्तरोन्नति, विकासमा नयाँ आयाम थपिने विश्वास

चार लेनको गुणस्तरयुक्त सडक ‘अस्फाल्ट कङ्क्रिट’ प्रविधिको हुने उनको भनाइ छ । आयोजना पूरा हुनका लागि तीन वर्षदेखि पाँच वर्षसम्मको समयावधि लाग्ने जोशीले बताए । वर्षौँदेखि थाँति रहेको सडक स्तरोन्नतिको कार्य हुने भएपछि यस क्षेत्रका व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधिले खुसी व्यक्त गरेका छन् ।

शनिबार १७, जेठ २०८२ १२:३५

खेलकुद महासंघ बाजुरामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा रोकाया

ओलीकै प्रमुख आतिथ्यतामा आयोजित जिल्ला अधिवेशनमा उहाँले खेलको माध्यमबाट समाज विकासमा योगदान गर्न आग्रह गरेका छन् । खेलाडीलाई समाजले चिन्ने, बुझ्ने र हेर्ने दृष्टीकोण नै फरक भएकोले समाजको आशा र विश्वास गुम्न नदिन सुझाव दिएका छन् ।

शनिबार १७, जेठ २०८२ ०८:३३

बडीमालिका ४ का स्थानीय भन्छन् : पानी, सडक, विजुली गाउँपुग्यो, अब उत्पादनसँग जोडिने योजना चाहियो

वडा अध्यक्ष अर्जुन नाथको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागि स्थानीयले गाउँमा सडक, विजुली, खानेपानी पुगिसकेकोले अब उत्पादन र अवसरसँग जनता जोडिनु पर्ने सुझाव दिएका छन् । विद्यालय सञ्चालनमा छ । स्वास्थ्य सुविधा पनि उपलब्ध छ । खानेपानी बनेकै छ । विजुली बलेकै छ । सडक पुगिसकेको अवस्था छ । अब दैनिक आम्दानी हुने कार्यक्रम र योजनालाई प्राथमिकतामा राख्न स्थानीय विनोद सिंहले आग्रह गरेका छन् ।

शनिबार १७, जेठ २०८२ ०९:४७

बडीमालिका ६ का स्थानीयले पालिकाको कामको प्रंशसा गदै भने- खानेपानी व्यवस्थापन र शिक्षा सुधारमा थप बजेट चाहियो

उनीहरुले वडाले सञ्चालन गरेका योजनाको काम प्रभावकारी भइरहेको र खानेपानी योजनाको मात्रै दीगोपनामा जोड दिन आग्रह गरेका छन् । उनीहरुले शैक्षिक सुधारमा लगानी गरिदिन माग गरेका छन् । वडामा रहेका दुबै माध्यमिक विद्यालयमा शैक्षिक दरबन्दी नभएको र कैलाश माविलाई अघिल्लो वर्षबाट मात्रै २ कक्षा थपेर १० सम्म बनाएको थप शैक्षिक जनशक्ति र भौतिक संरचना आवश्यक रहेको उनीहरुको माग छ ।

सोमबार १९, जेठ २०८२ ०८:२९

बडीमालिका ५ का स्थानीयको एउटै स्वर : वडामा विकास भइरहेकै छ, विद्यालय सुधार गरौं

समृद्धि बहसले पालिकाको विकासमा सकरात्मक उर्जा दिने भन्दै पत्रकार समेत रहेका स्थानीय राजेन्द्र विकले वडामा सबैजसो सुविधाको स्थानीय उपभोग गरिरहेकोमा खुसी व्यक्त गर्दै मनाको विद्यालय नै सुधार गर्न आग्रह गरेका छन् । उनले उपभोक्ता समितिको काम र वडाको काममा पारदर्शीता हुनु पर्नेमा जोड दिएका छन् । वडाले सबैराजनीतिक दललाई एकसाथ लिएर अघि बढ्न पनि विकको सुझाव थियो ।

सोमबार १९, जेठ २०८२ ०१:१२