बाजुरा : नेपाल नेपाल खेलकुद महासंघ बाजुराको अध्यक्षमा धु्रवबहादुर रोकाया चयन भएका छन् । खेलकुद महासंघको दोस्रो जिल्ला अधिवेशनबाट रोकाया सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । मार्तडी स्थित नेकपा एमाले पार्टी कार्यालयमा आयोजित अधिवेशनले अध्यक्षमा रोकाया सहीत १५ सदस्यीय कमिटी गठन गरेको छ ।
जसमा उपाध्यक्ष महेश कार्की, सचिव सञ्जय विक, सहसचि भरत रोकाया, लोकेश विश्वकर्मा, मानबहादुर थापा र कोषाध्यक्षमा कल्पना सेजुवाल चयन भएकी छन् । अधिवेशन आयोजक समिति संयोजक सञ्जय विकको अध्यक्षतामा आयोजित जिल्ला अधिवेशनको सञ्चालन रोहीत विकले गरेका हुन् ।
अध्यक्ष लक्ष्मण रोकाया अनेरास्ववियुको सचिव र बाजुरा क्याम्पसको स्ववियु अध्यक्ष निर्वाचित भएपछि संयोजकको भूमिकामा रही सञ्जय विकले खेलकुद महासंघको नेतृत्व गर्दै आएका थिए । नेकपा एमालेको जनसंगठन खेलकुद महासंघलाई पार्टीको बलियो खम्बाका रुपमा विकास गर्न एमाले बाजुरा अध्यक्ष लालबहादुर ओलीले आग्रह गरेका छन् ।
ओलीकै प्रमुख आतिथ्यतामा आयोजित जिल्ला अधिवेशनमा उहाँले खेलको माध्यमबाट समाज विकासमा योगदान गर्न आग्रह गरेका छन् । खेलाडीलाई समाजले चिन्ने, बुझ्ने र हेर्ने दृष्टीकोण नै फरक भएकोले समाजको आशा र विश्वास गुम्न नदिन सुझाव दिएका छन् ।
पार्टीलाई बलियो बनाउन खेलकुद महासंघको योगदान आवश्यक रहेको भन्दै ओलीले खेल क्षेत्रकै माध्यमबाट राष्ट्रको विकासमा योगदान गर्न सके सिंगो पार्टी जीवन र स्वयम व्यक्तिका लागि पनि फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल खेलकुद महासंघ सुदुरपश्चिम प्रदेश उपाध्यक्ष कोपिला सिंह, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सिता थापा, जिल्ला कमिटी सदस्य नरेन्द्र थापा, दिल थापा भोटे, राजिव रोकाया, बुढीगंगा नगर कमिटी अध्यक्ष राकेश थापा, प्रेस चौतारीका केन्द्रीय सदस्य कृष्ण ओली सहीत सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस