आइतबार, १८ जेठ २०८२

त्रिवेणी नगरपालिकाको  सार्वजनिक सुनुवाई सकियो,नगरका काम प्रति नागरिक सन्तुष्ट

चालू आर्थिक बर्ष २०८१र०८२ मा संचालन गरेको सम्पूर्ण योजना तथा कार्यक्रमको सम्पन्न भइ नगरबासी लाइ प्रस्ट पारीएको छ । त्यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रममा त्रिवेणी नगरपालिकाका स्वास्थ, शिक्षा, खानेपानी, संचार, कृषि, पर्यटन र भौतिक पुर्वाधारको क्षेत्रका काम गरेको नगरपालिकाले जनाएको छ ।

मङ्गलबार ०६, जेठ २०८२ ०१:४८

विश्व पौडेललाई गभर्नर बनाउने सहमति

मन्त्रिपरिषद् बैठक स्थगित भएपछि नेपाली कांग्रेसका नेताहरू उपसभापति पूर्णबहादुर खड्काको निवासमा छलफलमा जुटेका थिए ।उक्त छलफलमा गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा लगायत सहभागी थिए । कांग्रेस बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री बिरामी भएर नै सभापतिसँग छलफल नभएको र मन्त्रिपरिषद्को बैठक पनि नबसेको ब्रिफिङ गरेका थिए ।

मङ्गलबार ०६, जेठ २०८२ ०३:५६

अर्थमन्त्री पौडेलले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिस समिति खारेज गरेर पुनः नयाँ समिति गठन गरेको हो । अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित नयाँ समितिमा पूर्वगभर्नरमध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहेका छन् ।

मङ्गलबार ०६, जेठ २०८२ ०४:०५

गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो,“माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा. विश्वनाथ पौडेललाई गर्भर नियुक्त गर्ने निर्णय भएको छ ।”

मङ्गलबार ०६, जेठ २०८२ ०८:४२

आधारभूत पत्रकारीता तथा उद्घोषक तालिम बुढिगंगा नगरपालिकामा उद्घाटन

आज वाट सुरु भएको आधारभुत पत्रकारिता तालिमको शुभारम्भ बुढिगङ्गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । बुढिगंगा नगरपालिकाले नगर भित्र पत्रकारीता क्षेत्रमा कलम चलाउँन चासो भएका विद्यार्थीहरुलाई पत्रकारिताको विषयमा आधारभुत तालीम गराउँन नेपाल पत्रकार महाँसध बाजुरा लाई समन्वय भुमिका दिउको छ ।

बुधबार ०७, जेठ २०८२ ०२:३८

राष्ट्रियसभामा संस्कृतिमन्त्रीको जवाफ- हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो

राष्ट्रियसभामा बुधबार पर्यटन विधेयक २०८१ माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले आफू राम्रो ऐन बनाउनका लागि संशोधन गर्न तयार रहेको बताएका हुन् ।

बुधबार ०७, जेठ २०८२ ०५:४५

सुत्केरी व्यथाले छट्पटिएकी महिलाको उद्धार गर्ने प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रशंसा पत्र र रेकर्डमा जानिने गरी पुरस्कृत गरेको हो । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० बालनरसिंह राणाले जवान देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन् ।

बुधबार ०७, जेठ २०८२ ०५:४९

विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, कम्तीमा आठ कर्मचारी पक्राउ

छापा मार्ने क्रममा अख्तियारको टोलीले विमानस्थल अध्यागमनका केही कर्मचारीलाई पनि पक्राउ गरेकोछ।अख्तियारको टोलीले मंगलबार मात्रै विमानस्थल अध्यागमनबाट फिर्ता भएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी अख्तियारले अन्य ८ जना कर्मचारीलाई पनि हिरासतमा लिएको स्रोतले उल्लेख गरेको छ ।

बुधबार ०७, जेठ २०८२ ०७:१४

कांग्रेसमा क्रियाशील सदस्यता समस्या, अब असार मसान्तसम्म नवीकरण सक्नुपर्ने

समितिका संयोजक महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले असार मसान्तसम्म पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।

बुधबार ०७, जेठ २०८२ ०७:२१

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टचारको छानविन गर्दै अख्तियार

समितिको आजको बैठकले अध्ययन प्रतिवेदनमा प्राप्त विषयलाई आवश्यक छानबिन गरी कारबाही अघि बढाउन आयोगलाई लेखी पठाउने निर्णय गरिएको समिति सदस्य राजेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।

बिहिबार ०८, जेठ २०८२ ०७:३५

बिहीबार उपस्थित हुनेगरी छुटे सहसचिव तीर्थराज भट्टराई

भट्टराईलाई मंगलबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालय तानिएको थियो ।भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट करोडौँ रकम असुल्ने गरेको आरोप भट्टराईलाई लागेको छ । त्यही प्रकरणमा भट्टराईलाई अख्तियारले पक्राउ गरिएको थियो ।

बिहिबार ०८, जेठ २०८२ ०७:३९

खैरो सूचीभित्र गभर्नर पौडेलका बग्रेल्ती चुनौती

विभिन्न अन्तर्राष्ट्रिय निकाय, विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरदेखि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर उनले काम गरिसकेका छन् । तर, गभर्नर नियुक्ति प्रक्रियामा राजनीतिक आबद्धता जोडेर केही कोणबाट आलोचना गरिए पनि राष्ट्र बैंकको नेतृत्व गर्ने विषयमा जोडेर भने पौडेलको क्षमतामा प्रश्न उठाएको पाइँदैन ।

बिहिबार ०८, जेठ २०८२ ०७:५१

नेकपा एमाले बाजुरा द्धारा प्रजिअलाई ज्ञापन-पत्र

नेपाल सरकारले ९८ प्रकारका औषधी निःशुल्क दिने गरेको छ, तर बाजुरामा भने सिटामोल समेत नपाईने अवस्था छ । यसका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुराको औषधी खरिद गर्ने प्रक्रिया पारदर्शी हुनुपर्ने र खरिद प्रक्रियाको नियमित अनुगमन गरी सेवाग्राहीलाई निःशुल्क औषधीको प्रायाप्त व्यवस्थापनमा ध्यान दिन माग गरिएको अध्यक्ष आलीले बताएका छन् ।

बिहिबार ०८, जेठ २०८२ ११:५७

बाजुरामा हालसम्म ८६ हजार नजिक मतदाता पुगे

बिहीबार ९ वटै पालिकाका ६९ वडामा रहेका मतदाताहरुको नामावली सार्वजनिक सूचना मार्फत जानकारी गराइएको छ । 
निर्वाचन कार्यालय बाजुराले सार्वजनिक गरेको पालिकाका आधारमा सबै भन्दा बढी बुढीगंगा नगरपालिका र सबै भन्दा कम जनन्नाथ गाउँपालिकमा रहेको छ ।

बिहिबार ०८, जेठ २०८२ १२:५६

बुढीगामा बृहत कृषि मेला प्रदर्शनी

बुढीगंगा नगरपालीकाका कृषकहर लाई कृषि आधुनिक आधुनिक करणमा लैजान स्थानीय रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्नका लागि कृषि मेला संचालन गरिएको नगरप्रमुख राम बहादुर बानियाले बताएका छन् ।

बिहिबार ०८, जेठ २०८२ ०८:०९

बैतडीको खलङ्गामा ५.१ रेक्टर स्केलको भूकम्प

केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको खलङ्गा आसपास क्षेत्र रहेको छ। भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ।

शुक्रबार ०९, जेठ २०८२ ०८:०१

बुढीनन्दामा ट्याक्टर दुर्घटना

शनिबार १०, जेठ २०८२ ०१:१९

प्रेस युनियनले साताव्यापी रुपमा स्थापना दिवस मनाउने

स्थापना दिवसका अवसरमा पत्रकारको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी, स्थापना दिवसको दिन दीप प्रज्वलन, अस्पतालका बिरामीलाई फलफूल वितरण, पुरस्कार वितरण, पत्रकार तथा अन्य सरोकारवालासँग मैत्रीपूर्ण खेलकुद लगायत कार्यक्रम आयोजना गर्न शाखाहरुलाई निर्देशन दिएको प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए ।

शनिबार १०, जेठ २०८२ ०१:२१

शेखर कोइरालाले भने : गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छ

उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामाा दिंदा उहाँकै नैतिकता सघाउ पुग्ने बताए । ‘नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरे । छानबिन समित बनाउनुस् । गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि’, उनले अघि भने, ‘त्यसले मोरल स्ट्याटस देखिन्छ ।’

शनिबार १०, जेठ २०८२ ०१:२८

कोल्टीका ज्युलामाथिमाथि ‘माउन्टेन सफारी’

ढम्कनेमा हामी निकै बेर अलमलिएका थियौँ । यो ठाउँमा पशुपालन पनि राम्रै रहेको त्यसबेलाको मेरो अनुभव छ । ढम्कनेबाट अगाडि बढेपछि तुलनात्मक रूपमा समथर देखिने रजातोली र त्यसपछि ओरालो लागेर जिल्लीहुँदै हामी बाजुराको सदरमुकाम मार्तडी पुगेका थियौँ । दिउँसोको करिब ४ बजेको थियो ।

शनिबार १०, जेठ २०८२ ०१:४२

सुदूरपश्चिम प्रदेशको बेरुजु झन्डै तीन अर्ब

आव २०७९/८० सम्म प्रदेशको कुल बेरुजु दुई अर्ब ६८ करोड २९ लाख २९ हजार रुपियाँ रहेको थियो । आव २०८०/८१ मा २२ करोड छ लाख ९४ हजार रुपियाँ समपरीक्षण भई लगत कट्टा भएको प्रतिवेदनमा उल्लेख छ । यसै गरी दुई करोड १० लाख ९२ हजार समपरीक्षण थप भई जम्मा दुई अर्ब ४८ करोड ३३ लाख २७ हजार रुपियाँ बेरुजु रहेकोमा ५० करोडभन्दा बढी बेरुजु थपिएपछि प्रदेशमा बेरुजु रकम बढेको छ ।

शनिबार १०, जेठ २०८२ ०२:३५

भिजिट भिसा प्रकरणमा मन्त्रालय भन्यो- मन्त्रालय र नेतृत्वकाे कुनै संलग्नता छैन

गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।

शनिबार १०, जेठ २०८२ ०६:५३

रिटर्नी फडेरेसन नेपालमा नयाँ नेतृत्व चयन, अध्यक्षमा धामी

रिटर्नी फडेरेसन नेपाल बाजुराको अध्यक्षमा ईन्द्र बहादुर धामी चयन भएका छन् । उनको नेतृत्वमा उपाध्यक्ष जयधन वि.क, सचिव कर्ण बहादुर बुढा, उपसचिव शान्ती कार्की चयन भएका छन् । सदस्यमा देवी रोकाया, धर्म रावत, दल दमाई गोरख बहादुर चदाँरा, जयलाल विकसहित १५ सदस्यीय कमिटी गठन गरिएको निर्वाचन मण्डलका संयोजक दिल थापाले जानकारी दिएका छन् ।

शनिबार १०, जेठ २०८२ ०७:१७

रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा

गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी गराएका छन् ।

शनिबार १०, जेठ २०८२ ०७:३१