शुक्रबार, ०२ कार्तिक २०८१

बडीमालिका तीर्थ यात्रा विशेष नगरपालिकामा सार्वजनिक विदाको निर्णय

बाजुरा : बडीमालिका नगरपालिकाले भोली साउन ३१ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकामा आज बसेको २०८१/८२ को पहिलो बैठकको निर्णय अनुसार भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय धार्मिक पिठ बडीमालिका माताको दर्शनका लागि पालिकाबाट सरकारी टोली बडीमालिका मन्दिरमा प्रस्थान गर्ने भएकोले साउन ३१ गते भोलि विहिबारका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केशीले बताएका छन् ।

भोलि पालिकाले औपचारिक रुपमा तीर्थयात्रामा टोली पठाउने छ । टोलीको नेतृत्व नगर प्रमुख र उपप्रमुख मध्ये एक जनाले गरेर जाने पालिकाले तयारी थालेको छ । गएको तीन वर्षदेखि बडीमालिकाले औपचारिक रुपमा सरकारी टोली बडीमालिका पठाउने चलन थालेको छ । बडीमालिका धार्मीक र पर्यटकीय महिमाले धर्तीकै स्वर्गको रुपमा परिचित छ । 
 

प्रतिक्रिया दिनुहोस