शुक्रबार, ०२ कार्तिक २०८१

एमाले बाजुराको बैठक भदौ १३ गते मार्तडीमा बस्ने

बाजुरा : नेकपा एमाले बाजुराले भदौं १३ गते जिल्ला कमिटी बैठक आह्वान गरेको छ । आठौं जिल्ला अधिवेशन पछिको दोस्रो पूर्ण बैठक भदौं १३ गते बस्ने गरि आह्वान गरिएको पार्टी सचिव काशी विकले जानकारी दिएका छन् । 

गएको जेष्ठ ७ गते सम्पन्न जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयन गरेको थियो । पहिलो बैठक अधिवेशन सकिएको पछिल्लो दिन बसेपनि त्यस यता पूर्ण बैठक बसेको छैन् । साउनमा बस्ने गरि तयारी गरेपनि पार्टी संगठनका काम, राजनीतिक समिकरण फेरबदलका कारण बैठक बस्न नसकेको हो ।

दुई हप्ता अगाडि नै सबै जिल्ला कमिटी सदस्यलाई बैठक बारे जानकारी गराइएको छ । सम्पूर्ण कमिटीका सदस्यको व्यक्तिगत विवरणको अभिलेख, पालिका कमिटीको प्रगति प्रतिवेदन र संगठीत सदस्यको नविकरणको अवस्था बारे लिखित प्रतिवेदन माग गरिएको छ । 

सचिव काशी विकले जारी गरेको सूचनामा चार बुँदे सर्कुलर सहीतको पत्र पठाइएको छ । कमिटी सदस्य अनिवार्य आवेदन फारममा लिखित विवरण उल्लेख गरेर पठाउनु पर्ने भनिएको छ । दोस्रो बैठकलाई यो कार्यकालको महत्वपूर्ण बैठकका रुपमा हेरिएको छ । तीन वर्षे योजना र सहीतको रणनीति तय गर्ने उदेश्य सहीत बैठक राखिएको छ ।  

May be an image of text

प्रतिक्रिया दिनुहोस