शुक्रबार, ०२ कार्तिक २०८१

वाह ! स्वर्ग जस्तै क्या सुन्दर बडीमालिका

बाजुरा : बडीमालिका धार्मीक तथा पर्यटकीय दुबै दृष्टीबाट चर्चित गन्तव्य । ५ महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने बडीमालिका प्रकृतिको अनुपम उपहार हो । बडीमालिका क्षेत्रलाई धर्तीको स्वर्गको उपनामले परिचित छ । धार्मीक आस्थाको धरोहर, सुन्तरताले भरिएको स्वर्ग, जहाँ घुम्न र मनोकांक्षा पुरा गर्नकै लागि हजारौंले वर्षेनी भ्रमण तथा अवलोकन गर्ने गर्दछन् । 

१४ हजार फिटको उचाईमा छ । बडीमालिका क्षेत्र ४ महिना हिउँको घुम्टोमा सजिने गरेको छ । र बर्षाद र अन्य मौसममा हरियालीको शोभाले भरिएको हुन्छ । बर्षादको चार महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुले बडीमालिका पाटन भरिएका छन् । फूलैफूलको पाटनमा चरिचरनमा लामवद्ध पशुचौपायाहरुको लस्करले झनै लोभलाग्दो देखिन्छ बडीमालिका । 

May be an image of grassबडीमालिका क्षेत्रबाट बाजुरा सहीत अछाम, बझाङ्ग, डडेल्धुरा डोटी, कालीकोट, मुगु लगायतका जिल्लाको दृश्य सहजै नियाल्न सकिन्छ । सुदूरपश्चिम प्रदेशको धरोहर बडीमालिका राज्यको उदासिनता र बेवास्ताले भने ओझेलमा छ । 

बाजुरा र कालीकोट जिल्लाको प्रमुख हक रहने बडीमालिका क्षेत्र बाजुराकै बडिमालिका र त्रिवेणी नगरपालिकाको सीमा क्षेत्रमा पर्दछ । भूगोलको हिसाबमा मुख्य पूजा क्षेत्र अर्थात देवी धाम त्रिवेणी नगरपालिका भित्र नै पर्दछ । 

प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास छ । सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय जति प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमुल्य जडिबुटिहरु, आश्चार्यजनक पौराणिक स्थहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन् । बडिमालिका क्षेत्रको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन् । 

May be an image of grassशुद्ध आत्म भएका दर्शनार्थी मात्र पार गर्न सक्ने धर्मद्धार आस्थाको केन्द्र विन्दु जस्तै बनेको छ । गंगा दशहरामा तत्कालिन राजपरिवारको सदस्यले हेलिकप्टर लिएर जाने गरेका थिए । बडीमालिका दर्शनका लागि तत्कालिन राजा वीरेन्द्र, महेन्द्र लगायत, वर्तमान राष्ट्रपती विद्यादेवी भण्डारी सहीतका शिर्ष व्यक्तिहरु नै पुगेर पूजापाठ गरिसकेका छन् । 

हालपनि नेपाली सेनाका कर्णेल तहको अधिकारीले पुजा गर्ने गरेका छन् । सैनिक अधिकारहरुले समेत धार्मिक आस्थाको धरोहरको पुजा पाठसँगै सम्म परेका पाटन र अन्य मनोमहक दृश्यको अवलोकन गर्नु प्रमुख लक्ष्य राखेर आउने गरेका छन् ।

बडिमालिका क्षेत्रमा हयिालीफाँटमा भँडा र घोडा खच्चडका बथानहरु बर्षादका चार महिनासम्म देख्न सकिन्छ । लोपन्मुख प्रजातीका बन्य जन्तु तथा पशु पँक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटीन्छन् । 

पौराणिक समयमा राक्षस र भगवती बीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ । यो दृश्य नियाल्न भारतको काशी, उत्तराअञ्चलका विभिन्न क्षेत्रबाट आउने गरेका छन् । खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृष्यलेपनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ । 

निसन्तानीलाई सन्तान, गरिबलाई धन, जस्तै मागेको वर पाइन्छ भन्ने धार्मीक विश्वास छ । यहि आकांक्षा लिएर वर्षेनी हजारौ भक्तजनहरुले दर्शन गर्ने गरेका छन् । बडिमालिका क्षेत्रमा मार्तडीबाट तीन दिनमा पुग्नु पर्ने मान्यता छ । 

वर्षको दुई पटक गँगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका  दिन भब्य मेला लाग्ने गरेको छ । त्यो समयमा सुदूरपश्चिम तथा मध्यपश्चिमका सबै जिल्ला र देशका अन्य जिल्लाबाट पनि दर्शनार्थीहरु आउने गरेको मन्दीरका पुजारी मध्येका एक भानुभक्त पाध्यायको भनाई छ ।

यो वर्ष भदौ २ गते मेला लाग्ने छ । मेलाका लागि तत्कालिन डोटी राज्यबाट पठाउने पूजा सामान लिएर सरकारी टोली प्रस्तान गरिसकेको छ । १२ दिन लगाएर डोटीबाट र १० दिन लगाएर जुम्लाबाट सरकारीटोली बडिमालिका पुग्ने गरेको छ । गंगा दशहरामा पनि मेला लाग्ने भएपनि साउने चुतदर्शीका दिन दर्शनार्थीहरुको घुईचो बढी हुन्छ । 

No photo description available.मालिका देवीको स्वागतका लागि बाजुरा लगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पुजापाठमा आवश्यक पर्ने सामाग्री) सहितको टोली आउने गरेको छ । २०६८/६९ को आर्थिक वर्षको बार्षिक बजेटमा बाडिमालिका सँरक्षित क्षेत्र घोषणा गरे ता पनि आवश्यक पहल अझै सुरु भएको छैन । यो भने प्रदेश सरकारले प्रमुख गन्तव्यको सूचीमा राखेर लगानी गर्ने प्रस्ताव गरेको छ ।

बडीमालिका नगरपालिकाले बडीमालिका लक्षित यात्रा वर्षका रुपमा घोषणा गरेको छ । नगर प्रमुख अमर खड्का सहीतको टोली राज्यको माथिल्लो निकायबाट ध्यान केन्द्रीत गराउने गरि काठमाडौं केन्द्रीत प्रचारमा सक्रिय देखिएको छ । तर यहाँका महिमा जति छ, त्यो अनुसारको महत्व र लगानी राज्यबाट देखिएको छैन् । 

त्रिवेणीमा पीतृकार्य पनि गरिन्छ । सो ठाउँमा कालीकोट र बाजुराले धर्मशाला निर्माण गरेपनि त्यो भक्तजनको भीडलाई धान्न सक्ने छैन् । दर्शनार्थीको आवास र बसोबासका लागि कुनै व्यवस्था गरिएको छैन् । 

राज्यको प्रमुख निकायमा बस्ने व्यक्तिले हेलिकप्टरबाट पुजापाठ र दर्शन गरिन्छ । तर त्यसको विकास र प्रवद्र्धनमा ध्यान गएको छैन । पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भएको छैन् । बडिमालिका क्षेत्रको महिला र गरिमा सुदूरपश्चिमका अन्य जिल्लामा छैन्, भन्छन् त्यस ठाउँमा पुगेर फर्केकाहरु ।

बडिमालिमा सबै थोक छ, प्रकृतिको अनुपम उपहार भनिएपनि लगानी त्यो अनुसार गरिएको छैन् । बडीमालिका नगरपालिकाले त्यसका लागि केही  वर्षबाट ठोस पहल थाल्न सुरु गरेको नगर उपप्रमुख नन्दा थापाको भनाई छ । 

आर्थिक श्रोत संकलन र जिल्लाको पहिचानमा योगदान पुग्ने गन्तव्यलाई नै बेवास्ता गरेको प्रति नागरिक अगुवाहरु गुनासो गर्ने गरेका छन् । बडिमालिका क्षेत्रको विकास गर्नसके सुदूर पश्चिमका अन्य गन्तव्यलाई पनि राज्यको मुल प्रवाहिकरणमा लिन सकिने निश्चित छ । 

May be an image of nature

प्रतिक्रिया दिनुहोस