शुक्रबार, ०२ कार्तिक २०८१

यो वर्ष १६ लाख पर्यटक भित्राउने लक्ष्य छ : मन्त्री पाण्डे

काठमाडौं :  संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले यस वर्ष १६ लाख पर्यटहरु भित्राउने लक्ष्य राखिएको बताउनु भएको छ । विहिबार राष्ट्रिय सभा बैठकमा भएको संस्कृति  तथा पर्यटन मन्त्राल अन्तर्गत भएको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनु भएको हो । 

पर्यटन उधोगमा परिणत गर्नका लागि मन्त्रालयको के कस्तो अल्पकालिन र दिर्घकालीन के छ भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको राष्ट्रिय पर्यटन रणनीति गुरुयोजना (२०१६–२५) को आधारमा पर्यटकीय गन्तव्यहरुको विकास विस्तार तथा पहिचान,पदमार्गहरुको निर्माण,पर्यटकीय उपहजहरुको बारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवद्र्धन कार्यक्रमहरु निरन्तर हुँदै आएको बताउनु भयो । 

उहाँले भन्नु भयो,पर्यटन रणनीति योजना (सन् २०१६—२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याई यस वर्ष १६ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।  उहाँले पर्यटन बोर्डबाट एक सय वटा पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय विभागबाट  पूर्वाधार निर्माणको कार्य भइरहेको बताउनु भयो । उहाँले खप्तड विकास क्षेत्र कोष स्थापना सम्बन्धमा छलफल भइरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस