शुक्रबार, ०२ कार्तिक २०८१

अड्किएको फाइलको २४ घण्टा भित्र छिनोफानो गर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ ।  

बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक  छलफल कार्यक्रममा उक्त निर्देशन दिनुभएको हो । मन्त्री पाण्डेले भन्नुभयो, “मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला ।”

असोज महिना भित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेश गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो, त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला । 

“असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि केके गर्छाैं ? गर्न सक्ने कार्यक्रमहरु के के हुन् ? गर्न नसक्ने काम के के हुन ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नु,” मन्त्री पाण्डेले भन्नुभयो । 

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरि सोही अनुसार दिएर अघि बढ्न समेत निर्देशन दिनुभयो ।  त्यस्तै उहाँले नीतिगत सुधारका  लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नु पर्ने बताउनुभयो  । 

उहाँले कर्मचारीले इमान्दारी पूर्वध व्यवसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै, मन्त्री, कर्मचारीले नुनको सोझो गर्दै अनिवार्य रुपमा नतीजा दिने गरी काम गर्न आग्रह गर्नुभयो । 

त्यसै गरी उहाँले कानुन निर्माणमा भइरहेको प्रति इंगित गर्दै उहाँले तीन दिन भित्र अन्तरमन्त्रालयका काम समेत सम्पन्न हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वास्त पारेको बताउनुभयो । 

साथै मन्त्री पाण्डेले गर्नु पर्ने कामको प्राथमिकीकरण, नीतिको सूचिकरण,काुनन निर्माणको प्राथमिकताका साथै संरचनागत रुपमा कहाँ कहाँ त्रुटी छ ? त्यसबारेमा संवेदशील भएर ऋघि बढ्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस