शुक्रबार, ०२ कार्तिक २०८१

डोटीमा मोटरसाईकल दुर्घटनामा परी २ जना बाजुराका सहीत ३ जना घाइते

डोटी : डोटीमा मोटरसाइकल दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना बाजुरा र १ जना डोटीका युवक रहेका छन् । दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर तीन जना घाइते भएको प्रहरीले बताएको छ । 

सु.प.प्र. ०१–०१२ प. ३५३३ नं. मा सवार बाजुरा बुढीगंगा नगरपालिका ८ बस्ने वर्ष २० का सुवास बानीया, उनकी बहिनी वर्ष १७ की माया बानीया रहेका छन् । यस्तै दिपायल सिलगढी नगरपालिका ६ बस्ने वर्ष १८ का विकास खत्री रहेका छन् । खत्रीले बा.प्र. २०१९ प. १३४१ नं. को मोटरसाइकल चलाएका थिए । 

बाजुराबाट धनगढी जाने क्रममा दिपायल सिलगढी नगरपालिका ६ स्थित थाप्लामा मोटरसाइकल एक आपसमा ठोक्कीएका थिए । सुवासको छाती, घुडाँ र पेटमा चोट लागेको छ । भने मायाको पेट र खुट्टामा चोट लागेको छ । विकास खत्रीको पेट, छाती र खुट्टामा चोट लागेको छ । 

दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा राखेको छ । प्रहरीका अनुसार चालक सुवास र विकासको अवस्था गम्भिर रहेको छ भने मायाको अवस्था सामान्य देखिएको छ । घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस