आइतबार, २३ भदौ २०८१

विकासमा प्राथमिकता दिन एमाले बाजुराले बुझायो प्रधानमन्त्रीलाई १४ बुँदे माग पत्र

बाजुरा : नेकपा एमाले बाजुराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १४ बुँदे माग पत्र बुझाएको छ । सिंगो पार्टी कमिटीका तर्फबाट बाजुरा जिल्लाको विकासलाई प्राथमिकतामा राख्ने गरि  १४ बुँदे माग पत्र बुझाएको हो । प्रधानमन्त्रीलाई बाजुराका तर्फबाट एमाले अध्यक्ष लालबहादुर ओलीले माग पत्र बुझाएका हुन् ।

May be an image of 2 people, dais and textओली प्रधानमन्त्री भएपछि जिल्लाको तर्फबाट नेकपा एमाले बाजुराले औपचारिक मागहरु बुझाएको सचिव काशी विकले बताएका छन् । बाजुरा जिल्लाबाट प्रतिनिधीत्व गर्ने एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, दयाल बहादुर शाही सहीत केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरुले सामुहीक रुपमा भेटेरै जिल्लाको माग प्रेश गरेका हुन् । 

May be an image of 2 people, dais and textपार्टी जिल्ला कमिटीका तर्फबाट अध्यक्ष लालबहादुर ओलीले मागहरु प्रधानमन्त्रीलाई लिखित सहीत पढेर सुनाएका छन् । माग पत्रमा कुण्डा क्षेत्रका चार पालिकालाई लक्षित गरेर इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । वर्षै पहिलादेखि नै कुण्डा क्षेत्रमा इलाका प्रशासन राख्न माग गरिदै आएको छ । 

यस्तै मार्तडी, कोल्टी, कवाडी, बिच्छ्या, रानीसैंन हुँदै हिल्सा सडक निर्माणको कामलाई अघि बढाउनु पर्ने, साँफे मार्तडी सडकखण्ड अन्तरगत बुढीगंगा नदीमा रहेको बेलिब्रिज प्रक्रिया मिलाएर बुढीनन्दा स्थित दानसाँगुमा स्थानान्तरण गर्नु पर्ने माग उल्लेख गरिएको छ । 

साँफे मार्तडी सडकखण्ड अन्तरगत बल्दे पहिरो नियन्त्रण र सडक निर्माणको काम अघि बढाउनु पर्ने, बाजुरा जिल्लालाई सिमी र आलु जोनका रुपमा घोषणा गरि कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्था गरिनु पर्ने माग एमालेले राखेको छ । 

बाजुरा मानव विकास सुचाकंमा ७७ औं स्थानमा रहेकोले राज्यको विभिन्न निकायमा पहुँच पुर्याउन र मुलप्रवाहमा ल्याउन राजनीतिक नियुक्ति, श्रोत विनियोजन लगायत क्षेत्रमा  विशेष प्रथामिकता दिनु पर्ने माग राखेको छ । 

May be an image of 14 people and daisबाजुरामा शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक दरवन्दीको व्यवस्था र नौ वटै पालिका तहमा १० देखि १५ सैया अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्नु पर्ने, बडीमालिका, बुढीनन्दा, रानीसैंन पर्यटन क्षेत्र घोषणा गरि संरक्षणका गतिविधी अघि बढाउनु पर्ने माग एमालेले राखेको छ । 

कोल्टी प्राथमिक केन्द्रलाई ५० सैयाको अस्पतालको रूपमा सञ्चालन ल्याउन आवश्यक प्रक्रिया र व्यवस्थापन गरिनु पर्ने, बाजुराका ३ वटा ठाउँमा राष्ट्रिय स्तरका खेलमैदान निर्माण गर्न बजेट व्यवस्थापन गरिनु पर्ने, एकीकृत वस्तीविकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न र नौ वटै पालिकामा १ वटा ९ देखि १२ कक्षासम्मको प्राविधिक शिक्षालय सञ्चालन गर्नु पर्ने माग राखेको छ । 

बाजुरामा १ सय ३२ केविए राष्ट्रिय विद्युत प्रसारण लाईन विस्तार गरिनु पर्ने र प्रत्येक बस्तीमा विद्युत लाइन विस्तारको काम अघि बढाउनु पर्ने माग पनि एमालेले राखेको छ । औपचारिक भेट सहीतको कार्यक्रममा माग पत्र बुझाउने कार्यक्रम भएकोले मौखिम रुपमा पनि जिल्ला सबै समस्या समेट्ने गरि ध्यानाकर्षण सहीत विकासका लागि माग गरिएको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । 

माग पत्र बुझाउन गएको टोलीका तर्फबाट बाजुरा जिल्ला अध्यक्ष लालबहादुर ओलीलाई प्रधानमन्त्री ओलीलाई औपचरिक बधाई सहीत कार्यकालको शुभकामना व्यक्त गरेका थिए । ओली पनि बाजुरा जिल्ला एमालेको अध्यक्षमा निर्वाचित भएपछि पहिलो औपचारिक भेट सहीत जिल्लाको सवाल सुनाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । 

जवाफमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताका निराशा चिर्न र दुरदराजको विकासका लागि प्रतिवद्ध रहने आश्वासन दिएका छन् । एमाले बाजुराको आठौं जिल्ला अधिवेशनमा आन्तरिक चुनावले एमाले नेताहरु बीच दुरी बढेको टिप्पोणी हुने गरेको थियो । तर प्रधानमन्त्रीसँगको भेटको दृश्यले भने विकासका सवालमा एकता देखिएको छ । नेताहरु बीच विकासका लागि गरिएको आपसी सहकार्य र एकता पनि लोभलाग्दो देखिएको छ । 

प्रतिक्रिया दिनुहोस