बिहिबार, ०३ असोज २०८१

तीनदिन देखि बाजुराको फाइवर नेट सेवा अवरुद्ध

बाजुरा : बाजुराको फाइवर नेट सेवा अवरुद्ध भएको छ । बुढीगंगा नगरपालिका १ बल्देमा अप्टीकल फावरको तार काटिएपछि विगत तीन दिन देखि बाजुराको फाइवर नेट सेवा अवरुद्ध भएको हो । 

नेपाल टेलिकमले प्रवाह गर्ने इन्टरनेट सुविधा अवरुद्ध भएपछि दैनिक कामकाज प्रभावित बनेका छन् । साँफे मार्तडी सडक अन्र्तगतको बल्देमा पानीसँगै पहिरोले गर्दा पोल ढलेर अप्टीकल फाइबरको तार काटिएपछि नेटसेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराका निमित्त कार्यालय प्रमुख मानबहादुर रोकायाले बताएका छन् ।

बाजुराका सबै जसो स्थानीय तह र कार्यालयमा पछिल्लो समय फाइबर नेट सेवा मात्रै जडान गरिएको छ । ल्यान लाइन टेलिफान सेवासँग जोडिएको फाइबर नेट सेवा अवरुद्ध भएपछि अनलाइन मार्फत हुने काममा बाधा पुगेको छ । भने खबर आदान प्रदानमा समेत अवरोध भएको छ । 

लाइन काटिएको स्थलमा पुगेर प्राविधिकको टोलीले काम गरिरहेको छ । टोलीले लगातार जडानको काम गरिरहेपछि अझै समय लाग्ने नेपाल टेलिकमले बताएको छ । सेवा आजै सुचारु हुने अवस्था नभएको बताइएको छ ।

प्राविधिको टोली सहीत मर्मतमा लागि रहेकोले केही आज वा भोलिसम्म बन्ने निमित्त कार्यालय प्रमुख रोकायालृे जानकारी दिएका छन् । मर्मत कार्यमा रोकाया सहीतको टोली नै खटिएको छ ।  अप्टीकल फाइबरको तारमा डोटीमा पनि समस्या देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस