बिहिबार, ०३ असोज २०८१

नेम्वाङको आज अन्त्येष्टि गरिने, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको बिहीबार बिहान ११ बजे अन्त्येष्टि गरिने भएको छ ।

उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बताए ।

त्यसअघि शवयात्रा हुने र अन्तिम श्रद्धाञ्जली अर्पणका लागि शंखपार्क, धुम्बाराही एवम् गौशालामा सहभागी हुन पनि आग्रह गरिएको छ ।

नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ ।

twitter sharing button

sharethis sharing button

 

प्रतिक्रिया दिनुहोस