बिहिबार, ०३ असोज २०८१

एमाले बाजुराका २८ गतेसम्मका प्रशिक्षण कार्यक्रम स्थगीत, भदौ २७ गते शोक सभा गर्ने

बाजुरा : नेकपा एमाले बाजुराले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगीत गरेको छ । पार्टी उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुभास नेम्वाङको आकस्मीक निधन भएपछि सबै निर्धारित कार्यक्रम स्थगीत गरिएको पार्टी सचिव भरत थापाले जानकारी दिएका छन् ।

पार्टी उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष नेम्वाङ हृदयधातका कारण भदौ २४ गते राती निधन भएको हो । एमालेले देश व्यापी रुपमा उपाध्यक्षको शोकमा सबै कार्यक्रम स्थगीत गर्ने र तीन दिन शोक मनाउने निर्णय गरेको छ । भदौ २८ गतेसम्मका सबै कार्यक्रम देश व्यापी रुपमा स्थगीत गरिएको छ । 

पार्टी केन्द्रको सर्कुलर अनुसार बाजुराको तल्लो क्षेत्रका पाँच वटा पालिकामा गर्ने भनिएका सबै पूर्व निर्धारित कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगीत गरिएको सचिव थापाले जानकारी दिएका छन् । एमाले बाजुराले कोल्टी क्षेत्रका चार वटा पालिकाका प्रशिक्षण कार्यक्रम भने सकाएको छ ।

नेकपा एमाले बाजुराले भदौ २७ गते पार्टी कार्यालयमा शोक सभा आयोजना गर्ने भएको छ । दिउँसो दुई बजे श्रद्धाञ्जली सहीत शोक सभा आयोजना गर्ने सर्कुलर जारी छ । सबै पार्टी कमिटीमा आवद्ध नेता कार्यकर्तालाई शोक सभामा सहभागि हुन आग्रह समेत गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस