बिहिबार, ०३ असोज २०८१

बुढीगंगाले मंसिरमा नगर समृद्धिका लागि विकास कचहरी गर्ने

टिका विकको सम्झनामा कोष निर्माण

बाजुरा : बुढीगंगा नगरपालिकाले पालिकाको विकास र समृद्धिका लागि विकास कचहरी गर्ने निर्णय गरेको छ । पालिका केन्द्रीत विकासका लागि खुला बहस र छलफल गर्न विकास कचहरी गर्ने निर्णय गरेको हो । 

राजनीतिक आस्था र विचार माथि विकास राख्ने राजनीतिक समझदारी र सहकार्यका लागि विकास कचहरी गर्न लागिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । मंसिर १६ देखि १८ गतेसम्म पालिका भित्रका सबै राजनीतिक दल, विकासे निकाय, वौद्धिक वर्ग र आम सर्वसाधारणलाईसँगै राखेर कचहरी गर्न लागिएको हो ।

बुढीगंगा बाजुराको राजनीतिक दलका नेताहरुको प्रमुख केन्द्र हो । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, जिल्ला सचिव भरत थापा, नेपाली काँग्रेसका तर्फबाट प्रदेश प्रमुख देवराज जोशी, पूर्व पार्टी सभापति मनबहादुर रावल, काँग्रेसका केन्द्रीय निर्वाचन समिति संयोजक खम्मबहादुर खाती, सभासद डबल शाह, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मिनबहादुर विष्ट सहीतका नेताहरुलाई नै एक ठाउँमा राखेर संवाद छलफल गर्ने तयारी पालिकाले गरेको छ ।

उर्वर भूमिका रुपमा चिनिएको बुढीगंगाले विकासमा खासै नौलो आयाम नल्याएको आलोचना हुन थालेपछि नगरपालिकाले सबैलाई राखेर विकासको बारे तीन दिन व्यापक छलफल, बहस गर्ने र सोही निष्कर्ष तथा घोषणा पत्रलाई आधार मानेर विकासे योजना बनाएर अघि बढ्ने निर्णयमा पालिका पुगेको छ ।

सोही अवसरमा पालिकाले आफ्नो नयाँ प्रशासकीय भवन उद्घाटन गर्ने निर्णय गरेको छ । त्यसैगरी नेकपा एमालेका नेता स्वर्गिय टिका विकको सम्झनामा गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति सहयोग गर्ने र नयाँ सामाजिक विकासका काम थालनी गर्न सुरुवादी रुपमा १ लाख बराबरको टिका विक स्मृति टष्ट निर्माण गरेको छ । साथै बुढीगंगामा स्मार्ट हेल्थ टेली उपचार प्रणाली सञ्चालन गर्ने निर्णय गरेको छ ।  

कार्यपालिकाको बैठकले मेयर कप भलिबल प्रतियोगिता पनि मंसिर १९ देखि २१ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । मेयर कपका पहिलो हुनेलाई १ लाख ५७ हजार ७ सय ७७, द्धितीयलाई १ लाख ७ हजार ७ सय ७७ र तृतीय हुनेलाई ५७ हजार ७ सय ७७ पुरस्कार राशी घोषणा गरेको नगर प्रवक्ता हेमराज जोशीले जानकारी दिएका छन् ।

No description available.प्रवक्ता जोशीका अनुसार बुढीगंगा नगरपालिकामा हुने कुनै पनि मेलाहरु राती १० बजे पछि लगाउन नपाइने निर्णय गरेको छ । यसैगरी संविधान सभा अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ, भनुदय माविका शिक्षक हेमराज भारती, युवा व्यवसायी शेरबहादुर बुढथापा प्रति शोक प्रस्ताव पारित गरेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस