शनिबार, ०६ पुष २०८१

बडीमालिका नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाइ, कुल बजेटको ७५ . ४ प्रतिसत बजेट खर्च

थप जिम्मेवार भएर अगाडि बढ्छौँ : उपप्रमुख थापा

बाजुरा: बडीमालिका नगरपालिकाले एक आर्थिक वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले एक आर्थिक वर्षको अवधीमा गरेका कामहरु, कति पूरा भए भएनन् ? उपलब्धि के के भए, पुरा हुन बाकी कामहरू के के छन्  ? आगामी दिनहरूमा कसरी अगाडि बढ्ने  ? भन्ने बिषयमा सुझाव सल्लाह लिनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

पालिकाले एक वर्षको अवधिमा गरेका हरेक क्रियाकलापहरु सार्वजनिक गरिएको छ । नगरपालिकाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण एम . डि आभास मल्टीमिडिया हाउस मार्तडी बाजुराले गरेको हो । विषयबस्तु प्रस्तुतिकरण वहिर्गमन अभिमत र नागरिक प्रतिवेदनका आधारमा सहभागीहरुलाई एमडी आभाष मल्टिमिडिया हाउसका सञ्चालक  मदन राज  जोशीले सहजीकरण गरेका  हुन् । 

बडीमालिका नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा कुल ६४,५६, २९ ०५९ बजेट विनियोजन भएको थियो । जसमा ५२,१९,७८०२३.४ कुल बजेटको ७८.३ प्रतिशत निकाशा भएको थियो भने ४८,७१,९३०४० रुपैयाँ कुल बजेटको ७५.४ प्रतिशत बजेट खर्च गरेको छ ।

दोहोरो प्रश्न उत्तरका माध्यमबाट नगरले एक आर्थिक वर्ष भित्र गरेका हरेक क्रियाकलापहरुको समिक्षा गरिएको हो । वडा न . ४ मा कर्मचारीको अभाव रहेको वडा अध्यक्ष स्वयम वडा कार्यालयमा उपस्तिथ नहुने गरेको गुनासाहरु सुनाएका थिए । समृद्ध नगर खुसी नगरबासिको नारा बोकेर भोट माग्न आउनु भएको थियो कहाँ सम्म पुग्यो ? कहिले पूरा हुन्छ ? भन्दै प्रश्न गरेका थिए । बिषयगत शाखा संग सम्बन्धित प्रश्न समेत स्थानीयले उठाएका थिए।

विभिन्न शाखा अन्तरगत उठेका प्रश्नहरुको स्पष्ट जवाफ बिषयगत शाखाका कर्मचारीले दिएका थिए ।कार्यक्रममा उपस्तिथि स्थानीय, राजनीति दलेले आगामी दिनमा नगरको विकास र नगर बासिको हितका लागि गर्नुपर्ने कामहरुका बिषयमा महत्त्वपूर्ण सुझाव समेत दिएका थिए । नगरपालिकाले काम सम्पन्न भैसकेका योजनाको पनि भुक्तानी नदिएको, नागरिकलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा उपलब्ध गराउने चुनावी नारा लिएको भएपनि प्रदान गर्न नसकेको, कृषी, पर्यटन क्षेत्रमा उपलब्धि मुलक काम गर्न नसकेको, डम्पिङ साइड निर्माण गर्न नसकेको लगायतका जनगुनासाहरु गरेका थिए ।

यस्तै  अव्यवस्थित बंगुर फर्म र पोल्ट्री फर्म कहिले हताइन्छन् ? बिकराल रुपमा फैलिएको लम्की स्कीन रोग नियन्त्रणमा नगर सरकारको ध्यान कहिले जान्छ ? सदरमुकाम मार्तडीमा प्रयाप्त खानेपानीको व्यवस्था कहिले हुन्छ ? कर्मचारी भित्र किन मतभेद हुन्छ ? पद रिक्त रहेका बिद्यालयमा कहिलेसम्म पदपूर्ति हुन्छ ? लगायतका पश्नहरु नागरिकले  नगर सरकारलाई  समक्ष राखेका हुन् । उपस्तिथिले नगरपालिकाका जनप्रतिनिधिले अघिल्लो आर्थिक वर्षमा गरेका धेरै प्रतिबद्धताहरु पुरा गर्न नसकेका गुनासाहरु गरेका थिए ।

कार्यक्रममा उपस्तिथले नगर सरकारमाथी नगर पालिकाले एक वर्ष भित्र सञ्चाल गरेका हरेक क्रियाकलापहरु माथी नागरिकले उठाएका प्रश्नहरुको स्पष्ट जवाफ कार्यक्रमका वक्ताहरुले दिएर दोहोरो सम्बादका माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख वक्ता नगर उपप्रमुख एवम् कार्यवाहक नगर प्रमुख नन्दा थापा, प्रमुख प्रशासकि अधिकृत रंगमल वि . क सहायक वक्ता , नगर प्रभक्ता धर्मराज पाध्याय, नगर भित्रका प्रत्येक वडाका वडा अध्यक्ष, नगरपालिकाका बिषयगत शाखाका कर्मचारीहरु रहेका थिए ।

नागरिकले उठाएका प्रश्नको जवाफ दिदै नगर उपप्रमुख नन्दा थापाले आएका सुझावहरुलाई ग्रहण गरेर सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । काम गर्दै जाँदा कतिपय कमजोरी हुने बताउदै नगरबासिको जनअपेक्षा अनुसार नै काम गरिरहेको दावी गरेकी छन् । नगर सरकारले गरेका कामहरू माथि नागरिकले उठाएका प्रश्नहरु र आएका सुझावहरुले थप जिम्मेवार बनाएको पनि उनले बताइन् ।

नगरले गरेका समग्र कामहरुमा नागरिकको सन्तुष्टी तथा नागरिकहरुका गुनासो सुन्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताउदै उपप्रमुख थापाले आगामी दिनमा नगरपालिकाको विकासका लागि नगरबासिको हितमा रहेर काम गर्ने बताएकी छन् । 

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रमुख प्रशाशकीय अधिकृत रंगमल वि.कले नगरपालिकाका नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रकृया, प्राप्त उपलब्धीहरुको बारेमा नगरबासी तथा सरोकारवाला निकायलाई जानकारी गराएका थिए ।सार्बजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका स्थानीय, जनप्रतिनिधि, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी पत्रकारहरु लगायत एक सय बढीको सहभागिता रहेको थियो । कार्यक्रम नगरपालिकाको सभाहलमा संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस