मङ्गलबार, ०१ असोज २०८१

अनेरास्ववियु बाजुराको टोली पुग्यो, बडीमालिका ७ भैरहेको जनश्रमदानको काममा सघाउन,

निर्माण कार्यमा सनिवार पनि १५० बढीको सहभागीता

बाजुरा : बडीमालिका नगरपालिकाका  वडा न . ७ का स्थानीय र जनप्रतिनिधिले सुरु गरेको जनश्रमदानको अभियानमा सघाउन अनेरास्ववियु बाजुराको टोली पनि त्यहाँ पुगेको छ ।

विद्यार्थीको हक हितका लागि मात्रै नभैई समुदाय स्तरमा समाज सुधार लगायतका समाजिक कार्य समेत गर्दै आएको अनेरास्ववियुको टोली जनप्रतिनिधि र स्थानीयको एकिबद्धतामा भैरहेको रचनात्मक कार्यमा सहभागी भएको हो । जिल्ला कमिटीमा आबद्ध पधातिकारी सहित अनेरास्ववियु प्रति आस्थावान करिब ३० जना बढीको टोली निस्वार्थ भावनाले सघाउन त्यहाँ पुगेको अनेरास्ववियु बाजुरा क्याम्पस कमिटी अध्यक्ष लक्ष्मण रोकायाले जानकारी दिएका छन् ।

रोकायाका अनुसार अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष दिल थापा को नेतृत्वमा विपद व्यवस्थापन समिति सहितको  टोली  निमार्ण कार्य भइरहेको ठाँउमा गएर सघाएको हो ।   बडीमालिका नगरपालिका वडा न. ७ का जनप्रतिनिधि र स्थानीय बासिले जनश्रमदानलाई निन्तरता दिएका छन् । वडाका जनप्रतिनिधि र स्थानीय बासिहरु निरन्तर रुपमा वडा भित्रका प्रत्यक टोलहरुमा निश्वार्थ भावनाले निमार्ण कार्यमा जुटेका हुन्  यसैबिच हिजो (शुक्रवार ) वडा अध्यक्ष सहित स्थानीयको जनश्रमदानबाट बाटो निर्माण गरेका छन् ।

 हिजो मार्तडी (कोल्टि मुल पैदल बाटो खडुकामा भत्केर आवत जावतमा समस्या भएकाले आवतजावतमा सहज होस भन्ने उदेश्यले बाटो मर्मत गरेका थिए । आज (सनिवार ) जिल्लि छलपुन्ना पहिरोमा बाटो वनाउने तयारी रहेकको पनि बताइएको छ । आज गरिएको जनश्रमदानमा करिब १५० जना बढीको उल्लेख्य सहभागिता रहेको थियो ।   स्थानीय वडा बासि र जनप्रतिनिधिको सहभागितामा जनश्रादानबाटै  हाल सम्म ४ वटा काठेपुल २४० मिटर वाटो बाल ग्याविन जालि २ वटा खानेपानी योजना मर्मत गर्ने काम सम्पन्न भइसकेको पनि अध्यक्ष पाध्यायले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस