बाजुरा : बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा थापाले नगरपालिकाको बिषयलाई लिएर सामाजिक सञ्जालमा अपबाह हल्ला फैलाएर नगरपालिकाको बदनाम गर्न खोजेको बताएकी छन् । बिहिवार नगरपालिकाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले राखेका प्रश्नको जवाफ दिदै उपप्रमुख थापाले यस्तो बताएकी हुन् ।
बिना प्रमाण मिथ्या आरोप लगाएर नगरको बदनाम गर्न खोजेको उपप्रमुख थापाको भनाई छ । राजनीति प्रतिसोध राखेर जनप्रतिनिधिको चरित्र हत्या गरेको थापाले बताइन् । नगरपालिकाको बिषयमा भएका टिकाटिप्पणीहरु र आलोचनाका बिषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको पनि थापाले बताइन् । यदि आफुहरु माथि लगाइएका आरोपहरु सत्य पुष्टि भएमा कारबाहीको भागेदार हुन तयार रहेको बताउदै प्रमाण लिएर आउन चुनौती दिएकी छन् । बिना प्रमाण कसैको चरित्र हत्या गर्न नहुने बताउदै सामाजिक संजालमा लेख्नेहरुलाई प्रमाण सहित तथ्यमा रहेर कुरा गर्न चुनौती दिएकी छन् ।
काण्डै काण्डको नगरपालिका भनेर किन भन्न थाले ? पटकपटक किन नगरपालिकाको चर्को आलोचना हुन्छ ? भन्ने प्रश्नको जवाफमा उपप्रमुख थापाले सामाजिक सञ्जालमा आएका कुराहरूलाई लिएर भ्रममा नपर्न नगरबासिलाई आग्रह गरेकी छन् । पूरा हुन नसकेका कामहरू आगामी दिनमा पुरा गर्ने पनि थापाले बताइन् । नगरको विकासका लागि महत्त्वपूर्ण सुझाव सल्लाह दिने र भएका कमिकमजोरीहरु माथि प्रश्न उठाएर खबरदारी गर्नेहरूलाई धन्यवाद दिदै यसले थप सुधार गरेर अगाडि बढ्न मद्धत पुग्ने उनले बताइन् ।
केही भएन भन्नू भन्दा पनि यो कुरा गरौँ , भनेर आपसी सहयोग, समन्वय, सहकार्य र एकताका माध्यमबाट अगाडि बढ्न सकेमा मात्रै नगरको विकास र हितमा टेवा पुग्ने बताएकी छन् । जनप्रतिनिधिले मात्रै गर्नुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन पनि उपप्रमुख थापाले बताइन् । बिरोध गरेर मात्र परिवर्तन हुन्छ भन्ने मानसिकताबाट माथि उठेर बिरोधको नाममा बिरोध मात्र होइन सुझाव सहितको बिरोध गर्न आग्रह गरिन् । सुझाव सहितको बिरोध गर्न सकेमा मात्र त्यसले सार्थकता पाउने थापाको भनाई थियो ।
सामाजिक संजालमा आलोचना गर्नेहरू किन आएनन् रु बिरोध गर्ने प्रश्न गर्ने ठाउँ सामाजिक संजाल मात्र हो रु मैले धेरै जना अजा आउनुहुन्छ होला महत्त्वपूर्ण सुझाव सल्लाह दिनुहोला भन्ने लागेको थियो तर आउनु भएन, थापाले भनिन् । नगर उपप्रमुख थापाले आएका सुझावहरुलाई ग्रहण गरेर सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । काम गर्दै जाँदा कतिपय कमजोरी हुने बताउदै नगरबासिको जनअपेक्षा अनुसार नै काम गरिरहेको दावी गरेकी छन् । नगर सरकारले गरेका कामहरू माथि नागरिकले उठाएका प्रश्नहरु र आएका सुझावहरुले थप जिम्मेवार बनाएको पनि उनले बताइन् ।
आगामी दिनमा नगरपालिकाको विकासका लागि नगरबासिको हितमा रहेर काम गर्ने उपप्रमुख थापाको भनाई थियो । नगरपालिकाले केही काम गरेन भन्ने जनगुनासो भने स्विकार्य नहुने थापाले बताइन् । नगरसभाले पारित गरेका निति तथा कार्यक्रमहरुको कार्यान्वयन गर्ने पक्षमा रहेको थापाको भनाई थियो । कागजमा मात्र उल्लेख नगरी वास्तविक कार्यान्वयन गर्ने अठोटका साथ नगरपालिका अगाडि बढिरहेको बताइन् ।
नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि नढिरहेको भन्दै निरन्तर नगरको विकास र नगरबासिको हितमा केन्द्रित रहेको उप प्रमुख थापाले स्पष्ट पारेकी छन् । लक्षित बर्गका कार्यक्रमहरु अन्तरगत विशेष गरि बालबालिकाहरुको उज्ज्वल भविष्य निर्माण गर्नका लागि बिद्यालय स्तरबाटै उनीहरुको क्षेमता विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको थापाले बताइन् । नगरको विकासमा सहयोग गर्न पनि थापाले अपिल गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस