मङ्गलबार, ०१ असोज २०८१

पाँच घण्टाको बाटो हिडेर मार्तडीमा स्याउ बिक्री गर्न बाध्य बाजुरा पाण्डुसैनका किसान

प्रति केजी रु १५० मा मात्रै बिक्री गर्नुपरेको कृषकहरुको गुनासो

मिन बहादुर खड्का 
बाजुरा :
उमेरले ३२ वर्षिया इश्वरी रोकाया ढाई वर्षको छोरालाई घरमै छोडेर आइतवार सदरमुकाम मार्तडी पुगिन । बेलुका छोराको लागि भएपनि जसरी पनि रोकायाले घर पुग्नुपर्ने बाध्यता छ ।

बुढीनन्दा नगरपालिका वडा न . ९ अगाउपानिकी उनी आफ्नो बारिमा फलाएको स्याउ बारिमै कुहिने भएपछि छोरालाई छोडेरै भएपनी मार्तडी आएकी हुन् । उनको बारीमा ११ वटा स्याउका बोटहरुमा स्याउ फलेका छन् । नयाँ ३५ वटा बोटहरु रोपेर अर्को वर्ष सम्म फल्ने उनले बताइन् । उनी भन्छिन, “घर बाट बिहानै हिड्यौ, पिठ्युँमा स्याउको भारी बोकेर ल्याउदा ५ घण्टा आउनै लाग्यो, बाटो निकै अप्ठ्यारो थियो, घरमा छोरा छोडेको छ, १२ बजिसक्यो बिक्री भएनन् भनेपनि बेलुका जसरी पनि घर फर्कनु छ उनले आफ्नो दुखेसो सुनाइन् । ”  

Open photo
यस्तै अर्का कृषक कृष्ण सार्की हरेक वर्ष, स्याउ बिक्री गर्न मार्तडी आउने गरेको १५ वर्ष भैसक्यो । यो वर्ष मात्रै सार्की २ पटक आइसकेका छन् । अझ धेरै पटक आउनुपर्ने उनले सुनाए । “ गाउँमा बजार छैन, एउटा मात्रै कोल्टी बजारमा जुकोटबाट ल्याएका स्याउ नै बिक्री हुदैनन् , लगियो भनेपनी बिक्री हुदैनन् , मार्तडी आयो भने दुःख, हुन्छ बरु ढिलो हुन्छ, सोचेजस्तो मुल्य पाइदैन, तर बिकी भने हुन्छ उनले भने । सार्है दुःख छ, बाटो ठाउँठाउँमा बिग्रेको छ, नजिक बजार नहुँदा धेरैले स्याउ लगाउनै छोडिसके समर्कीले थपे । ” 


यस्तै पाडुसैनकै रामचन्द्र खत्री उमेर २४ वर्षका पुगे । उनको बारीमा अहिले पनि ५० वटा स्याउका बोटहरुमा स्याउ फलेका छन् । १०० वटा नयाँ बोटहरु रोपेका छन् । केही वर्षमा फल्ने तयारीमा छन् । भएकै बोटहरुका स्याउहरु बजार अभावले बिक्री नभएको अवस्थामा नयाँ बोटहरुमा फलेका स्याउहरुले के गर्नु ? भन्ने उनलाई लाग्छ । अहिले फलेकै स्याउ त बारिमै कुहिने चिन्ता खत्रीलाई छ ।

 युवा अवस्थाका खत्री कृषकले हरेक वर्ष बारिमा फलाएका फुलहरु बिक्री गर्न घन्टौं हिंड्न् पर्ने बिक्री नभएर सास्ती खेप्नुपर्ने, बजार अभावले फलफुल खेतीप्रतिको किसानहरुको बितृष्णा पलाइसक्दा पनि स्थानीय सरकारले किसानहरुका बारेमा चासो नदेखाउनु निकै दुःखद विषय हो । उनले भने, यदी गाउँमै बजार हुन्थ्यो भने कम्तीमा दुःख त हुँदैन थियो होला, कि त स्थानीय सरकारले ढुवानीको व्यवस्था गरिदिनु पर्थ्यो, तर केही गरेको छैन ।

Open photo
खत्री संगै स्याउ बिक्री गर्नकै लागि मार्तडी पुगेका अर्का लोकेन्द्र धामीको भने स्थानीय सरकारले किसानहरुको उत्पादनलाई बजार सम्म पुर्याउनका लागि पहल गर्नुपर्ने माग छ । स्थानीय सरकारले तरकारी संकलन केन्द्र बनाउने, पालिकाको उत्पादनलाई बाहिर निर्यातको व्यवस्था, अर्थात एक कृषि एम्बुलेन्स सञ्चालन गरिदिए सहज हुन्थ्यो भन्ने आफुलाई लागेको उनले सुनाए । उनको बारिमा  पनि  ४५ वटा अहिले फलेकै छन् , बाकी  २०० बढी  बोट नयाँ रोपेको उनले बताए ।


उनीहरु जस्तै बुढिनन्दा नगरपालिका अन्य  स्थानबाट दैनिक दर्जनौंको संख्यामा कृषकहरु स्याउ बिक्रीका लागि आउने गरेका छन् । हरेक सिजनमा बाजुराका विभिन्न ठाउँको तरकारी र फलफुल जिल्ला सदरमुकाम मार्तडी नै ल्याउने गर्छन् । कहिले तरकारी कहिले फलफुल तर बिक्री गर्न भने मार्तडी नै पुग्नुपर्ने बाध्यता छ । हिजो आज सदरमुकाम मार्तडीका चोक चोकमा स्थानीय व्यापारीहरु भेटिन्छन् । यत्रतत्र कट्टामा स्याउ बिक्री गर्ने स्थानीय कृषकहरू भेटिन्छन् । सदरमुकाम मार्तडीमा ३५० रुपैयाँ प्रती के. जीमा व्यापारिहरुले  स्याउ बिक्री गर्छन् ।

तर पाण्डुसैनबाट पिठ्युँमा बोकेर सदरमुकाम ल्याइएका स्याउको मुल्य सोध्दा  सानाको प्रती के.जि १२० ठुला दाना भएको स्याउको मूल्य प्रति के .जि १५० हो भन्ने जवाफ थियो । बजारको स्याउ ३५० मा किन्नेहरु पाण्डुसैनबाट पिठ्युँमा सास्ती खेप्दै बोकेर ल्याएका स्याउहरु किन्दैनन् । दिनभर सडक छेउमा बस्नुपर्ने, बिक्री भए पनि नभएपनि बेलुका घर अनिवार्य फर्किनुपर्ने, सोचे जस्तो मुल्यमा बिक्री गर्न नपाउने कृषकहरुको गुनासो छ ।

Open photo

बजार नजिक  नहुँदा ढुवानी गरेर अन्यत्र लैजाने व्यवस्था नभएपछि किसानहरुले उत्पादन गरेको फलफूल र तरकारी बारीमै कुहिने समस्या छ । जसका कारण बाजुराका अधिकांस पालिकाका किशानहरु चिन्तित छन् । किसानहरू चिन्तित मात्रै छैनन्, निकै मारमा परेका छन् ।  धेरै ठाउँमा त सडकको पहुँच पुगेको छैन, पहुँच पुगेको ठाउँमा समेत नियमित यातायात सञ्चालन हुदैनन् , त्यसकारण पनि किसानहरुले पिठ्युँमा बोकेर लाउनु अनि बिक्री गर्नुको अर्को विकल्प छैन ।


विगतका वर्षहरुमा किसानहरुको बारिमै पुगेर स्याउ ढुवानी गर्दै आएको भएपनि यो वर्ष सडक अबरुद्ध भएका कारण समस्या भएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रशाद जैशीले बताएका छन् । पसडक सुचारु हुने बित्तिकै यो वर्ष पनि स्याउ ढुवानी गर्ने तयारी अवस्थामा कृषि ज्ञान केन्द्र बाजुराको रहेको सुचना अधिकारी जैशीको भनाई छ । 

यता बुढिनन्दा नगरपालिकका नगर प्रमुख जनक बोहराले भने सडक अबरुद्धका कारण समस्या भएको बताएका छन् । पालिका भित्रका किसानहरुको उत्पादनलाई बजारसम्म पुर्याउन पालिकाले बिशेष पहल गरेको दावी गरेका छन् । कृषि क्षेत्रको बिषयमा संक्षिप्तमा बोल्दै बोहराले निशुल्क कृषि एम्बुलेन्स सञ्चालन, कोल्ड स्टोर, निर्माण गर्ने, पकेट क्षत्रहरु घोषण गर्नका लागी यो आर्थिक वर्षमा नै बेजेट विनियोजन गरेको बताए । पालिका भित्र खपत हुन नसकेको किसानहरुको उत्पादनलाई बाहिर निर्यात गर्नका लागि पनि पालिकाले पहल गरिहेको बताए । 


उसो त पछिल्लो समयमा यि दुखः सहेरै भएपनि किसानहरुको स्याउ खेती प्रतिको आार्कषण बढ्दो छ । किसानहरुको बढ्दो आकर्षणमा स्थानीय सरकारको साथ भने छैन । पछिल्लो समयमा बाजुरामा स्याउ खेती फस्टाउदै गएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराको दावी छ । कार्यालयका अनुसार पहिला गाउँमा स्थानीय स्याउ धेरै उत्पादन गरेपनि त्यसले कतै बजार नपाउँदा स्याउ खेती प्रति दिक्दार हुन्थे तर पछिल्लो समयमा  भने किसानहरुलाई सहज होस भन्ने उदेश्यले कृषि ज्ञान केन्दूले ढुवानीका लागी अनुदान दिने लगायतका सहयोग गर्दै आएको कार्यालयका सुचना अधिकारी मिन प्रशाद जैशीले बताएका छन् ।

Open photo

 किसान अहिले फेरी नयाँ स्याउ उत्पादनमा चाँसो बढाउन थालेका छन् ,अहिले कृषि ज्ञान केन्द्रले उनीहरूको बैगचामा नै पुगेर स्याउ देशका विभिन्न ठाउँमा बिक्री गर्न आफैँले अनुदान दिन थालेपछि किसानलाई स्याउ खेती प्रति निकै चाँसो बढेको छ सुचना अधिकारी जैशीले भने । स्थानीय तहले पनि स्याउ खेतीलाई प्राथमिकता दिन थालेका छन् । बाँझो जमिन सदुपयोग गर्ने गरी विभिन्न स्थानीय तहले किसानलाई स्याउ खेतीमा उत्प्रेरित गर्दै आएका छन् । 


कार्यालयका अनुसार पहिला बाजुराको हिमाली स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउ उत्पादन हुन्थ्यो । अहिले गौमुल र खप्तड छेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको बताइएको छ ।  बाजुरामा कुल क्षत्रफको ३५० हेक्टर जमिनमा हिँउले फलफुल खेती हुने गरेको छ ।  बाजुराका १७० हेक्टर जमिनमा अहिले स्याउ खेती गरिन्छ । गत वर्षमा बाजुरामा एक हजार २० मेट्रिकटन उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी मीन प्रसाद जैशीले बताएका छन् । पहिला लोकल स्याउ मात्र उत्पादन हुने गरेको बाजुरामा अहिले फुजी गाला र गोल्डेन जातको समेत स्याउ समेत उत्पादन हुने गरेको जैशीले बताए । 


किसानहरुलाई पछिल्लो समयमा उसो त धेरै सहज छ । ‘‘पहिला बाजुरामा थोरै स्याउ उत्पादन हुने गर्थ्यो । त्यो स्याउ पनि कतै बिक्री नभएर त्यहाँका किसानले गाई गोरुलाई खुवाउथ्ये । अहिले जिल्लामा उत्पादन भएको अर्गनिक स्याउ कृषि ज्ञान केन्द्रको ढुवानी अनुदानमा देशका विभिन्न सहरमा बिक्री हुन्छ ।’’विगतका केही वर्ष यता बाजुरामा उत्पादन भएको  झण्डै ६ सय मेट्रिकटन स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । उसो त कृषि ज्ञान केन्द्र बाजुराले यो सुबिधा दिदै आएको भएपनि यसबाट सबै किसानहरु लाभान्वित हुन सकेका छनैन् । साना किसानहरुको बाध्यता जस्ताको त्यस्तै छ ।

उनिहरुले बोकरै ल्याउनुपर्ने र बिक्री गर्नुपर्ने अवस्था छ । यो बिषयमा स्थानिय सरकारले नै बिशेष ध्यान दिनुपर्ने कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रशाद जैशीको भनाई छ । एउटै कृषि ज्ञान केन्द्रको मात्र प्रयासले सबै किसानहरु समेट्न नसकिने उनको भनाई छ । पालिकाले तरकारी तथा फलफुल संकलन केन्द्र आफनै पालिकामा स्थापना गरेर ढुवानीको व्यवस्था गर्न सकेमा मात्रै सबै किसानहरुलाई सहज हुने सुचना अधिकारी जैशीको भनाई छ । तर उनले दिएका सुझावहरु जस्तो कामको सुरुवात कुनै पालिकाले गर्न सकेका छैनन् । जिल्लकाा ९ वटा पालिका मध्य बडीमालिका नगरपालिकाले मात्रै कृषि एम्बुुलेन्स सञ्चालनमा ल्याएको छ ।

तर वर्षातका कारण सडकहरु अबरुद्ध पछि थप्प बनेको छ । केही दिन नगरभित्रका किसानहरुलाई सहज भएपनि फरी पुरानै अवस्था दोहोरिएको छ । तर स्थानीय सरकारका जनप्रतिनिधिले काम गर्ने नचाहेका हुन भन्न नमिल्ने ठाँउ पनि छैन । अधिकांश पालिकाले निति तथा कार्यक्रममा सुचना अधिकारी जैशीले दिएको सुझाव जस्तै काम गर्ने भनेर समेटेका समेत छन् । तर कार्यान्वयनमा भने धेरैले आशंका व्यक्त गर्ने गरेका छन् । तर यतिवेला भने मार्तडी कोल्टी सडक खण्ड निरन्तरका वर्षाका कारण अबरुद्ध हुँदै आएकाले समस्या भएको सुचना अधिकारी जैशीले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस