आइतबार, ०७ पुष २०८१

पहिरोका कारण बाजुराको डोगडी स्वास्थ्य चौकीमा क्षती, दर्जनौँ घरहरु उच्च जोखिममा

बाजुरा :  सनिवार आएको अबिरल वर्षका कारण खप्तड छेडेदह गाउँपालिका ५ मा रहेको डोगडी स्वास्थ्य चौकीमा माथिबाट पहिरो आएर क्षती गरेको छ ।   अबिरल बर्षासंगै आएको पहिरोले स्वास्थ्य चौकीको एक भागबाट पानी भित्र पसेर सबै कोठा पानीले भरिएका गाँउपालिकाको कार्यालयले जनाएको छ । 

स्वास्थ्य चौकी भित्र रहेका औषधीलगायतका सामान समेत छापेको स्वास्थ्य चौकी ईन्चार्ज दल बहादुर रावतले बताएका छन । उनका अनुसार स्वास्थ्य चौकीको अर्को भवनमा स्वास्थ्यकर्मी समेत बस्दै आएका र पहिरोले मानविय क्षेति नभएपनि औषधीलगायतका सामान छापेर ठुलो नोक्सान गरेको बताइएको छ । 


 स्वास्थ्य चौकी भित्र रहेका नछापिनबाट सामान बाहिर निकालेर अन्यत्र सारिएको यनले बताएका छन् । पहिरोले छापेपछी त्यहिँबाट सेवा दिन सम्भव नभएको बताउदै उपचारका लागी स्वास्थ्य सस्था सम्म पुगेका सेवाग्राहीलाई कसरी सेवा प्रदान गर्ने भन्ने समस्या भएको उनले बताए स्वास्थ्य चौकी भित्रका सामानमा भएको क्षतिको विवरण भने अहिले आइसकेको छैन । माथिबाट आएको बाढी पहिरोले स्वास्थ्य चौकीका साथै पार्तेला खेल मैदानसमेत छापिएको छ ।गत बर्षपनि माथिबाट आएको पहिरोले स्वास्थ्य चौकी नै छापेको थियो । फेरि पनि त्यसकै मर्मत गरेर त्यहिबाट सेवा दिन सुरु गरिएको थियो । यसरी स्वास्थ्य चौकी बर्षौदेखिको पहिरोको चपेटामा पर्दा पनि स्थानीय सरकारले कुनै अर्को व्यवस्था गर्न सकेको छैन ।

उक्त स्वास्थ्य चौकीको माथिबाट लागेको पहिरोले स्वास्थ्य चौकी आसपासका  दर्जनौँ घरहरु  पहिरोको उच्च जोखिममा छन् । पहिरोका कारण दिन प्रतिदिन गाँउपालिकका बिभिन्न ठाँउमा धनजनको क्षती भएका घटनाहरु सार्वजनिक भइरहेका छन् । गाँउपालिकाका दर्जनौँ बस्तिहरु पहिरोको उच्च जोखिममा छन् । बाढी पहिरोका कारण हरेक वर्ष नागरिकले सास्ती खेप्नु परेको छ ।

तर सरोकारवाला निकायले भने यो बिषयमा चाँसो देखाएका छैनन् । ठुलो रुपमा धनजनको क्षती हुनुका साथै  मानविय क्षती समेत बाढी पहिरोका कारण हुने गरेको छ । कयौँ नदीहरुमा पुलहरु नहुँदा जोखिम मोलेर यात्रा गर्न गाँउपालिका बासी बाध्य छन् । नदीले बगाएर ज्यान समेत गुमाउनुपर्ने बाध्यता छ । बस्तिहरु जोखिममा रहेका नागरिकले  हरेक वर्षको वर्षादमा स्थानीयले निर्धक्क भएर निदाउन समेत पाँउदैनन् । तर यसमा स्थानीय सरकारले चाँसो देखाएको भने पाइदैन ।  

   
खप्तड छेडेदह गाँउपालिकाका मात्रै १४ गाँउका ३ सय ३२ परिवार जोखिममा रहेका छन् । गाँउपालिका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउलगायतका बस्ती उच्च जोखिममा छन् । पहिरोको प्रकोपबाट उच्च जोखिममा दर्जनौ बस्तीहरु रहेपनि पालिका स्तरीय विपद जोखिम व्यवस्थापन समितिले दीर्घकालिन योजना भने बनाएको पाइदैन ।

प्रतिक्रिया दिनुहोस