बाजुरा : बडीमालिका नगरपालिा वडा न. ७ का जनप्रतिनिधि र स्थानीय बासिले जनश्रमदानलाई निन्तरता दिएका छन् । वडाका जनप्रतिनिधि र स्थानीय बासिहरु निरन्तर रुपमा वडा धित्रका प्रत्यक टोलहरुमा निश्वार्थ भावनाले निमार्ण कार्यमा जुटेका हुन् ।
यसैबिच आज (शुक्रवार ) वडा अध्यक्ष सहित स्थानीयको जनश्रमदानबाट बाटो निर्माण गरेका छन् । आज मार्तडी (कोल्टि मुल पैदल बाटो खडुकामा भत्केर आवत जावतमा समस्या भएकाले आवतजावतमा सहज होस भन्ने उदेश्यले बाटो मर्मत गरेको वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिएका छन् । अध्यक्ष पाध्यायका अनुसार भोलि (सनिवार ) जिल्लि छलपुन्ना पहिरोमा बाटो वनाउने तयारी रहेकको पनि बताइएको छ । सो निर्माण कार्यमा पनि सहभागि हुन वडा बासिलाई आग्रह गरिसकेको अध्यक्ष पाध्यायले बताएका छन् ।
आज गरिएको बाटो निर्माण कार्यमा ढम्कने देखि जिल्लि सम्मका स्थानीयले पनि सहभागिता जनाएका थिए । स्थानीय वडा बासि र जनप्रतिनिधिको सहभागितामा जनश्रादानबाटै हाल सम्म ४ वटा काठेपुल २४० मिटर वाटो बाल ग्याविन जालि २ वटा खानेपानी योजना मर्मत गर्ने काम सम्पन्न भइसकेको पनि अध्यक्ष पाध्यायले बताएका छन् । ढम्कनेबाट शुरु भएको यो अभियान रजातोलि हुँदै आज जिल्लि खडुकामा गरिएको उनले आफ्नो सामाजिक सञ्जाल फेसबुका लेखेका छन् ।
अभियानमा शसत्र प्रहरी बल मार्तडी तलगाउ टोल विकास संस्था वडा सदस्य कर्मचारी शिक्षक, राजनितिज्ञ, समाजसेवी १० जना सशस्त्र प्रहरी लगायत करिब ४५ जना बढिको सहभागीता रहेको थियो स्थानीयले निरन्तर जनश्रमदानबाटै सरसरफाई बाटो घाटो निर्माण, लगायतका रचनाक्तक सामाजिक कार्य गर्दै आएका छन् । यस अघि पनि जनप्रतिनिधि सहितको टोलिले प्रत्यक टोलहरुमा पुगेर जनश्रमदानका कार्य गर्दै आएका थिए । जनप्रतिनिधि र स्थानियले यो अभियानलाई निरन्तरता दिएका छन् ।
समुदायको विकासमा सवैको एकिबद्धता आवश्यक रहेको बताउदै वडा अध्यक्ष धर्मराज पाध्यायायले जनप्रतितिनिधिको नेतृत्वमा यो अभियानलाई निरन्तरता दिइरहेको बताएका छन् । यसमा स्थानीयको पनि उल्लेख्य सहभागिता हुने गरेको भन्दै वडा अध्यक्ष पाध्यायले स्थानीयको यो सहभागिता प्रति खुसी व्यक्त गरेका छन् । यतिमात्र होइन वडा अध्यक्ष पाध्यायले स्थानीयको निश्वार्थ समाज र समुदायको विकासका देखाएको तदारुप्ताले थप काम गर्ने हौसला बढाएको भन्दै धन्यबाद समेत दिएका छन् ।
यसरी नै स्थानीयको हरेक कुरामा साथ सहयोग हुने हो भने समुदायको विकासमा ठुलो टेवा पुग्ने बिश्वास व्यक्त गरेका छन् । आगामी दिनहरुमा पनि यस्तै साथ सहयोग गर्न वडा बासीलाई आग्रह गरेका छन् । हाम्रो विकास हामीले गर्ने सामाजिक कार्य हाम्रो श्रम हाम्रो विकासका लागि अभियान निरन्तर चलिरहेको छ । हामी साना साना मर्मतका योजना यसरिनै बनाउदै जानेछौँ, समुदायको विकासमा सबै जुट्यौँ भने मात्र विकास टिटो हुन्छ, वडा अध्यक्ष पाध्यायले सामाजिक सञ्जाल फेसवुका लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस