नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन छ ।दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
सोमबार १५, साउन २०८० ०६:४७
वडा सचिब नहुँदा हस्ताक्षरका लागि गाउँपालिकाको कार्यालय पुगेको वडा न . ३ टुनिसैनका एक स्थानीय मन बहादुर खड्काले बताएका छन् ।एक दिनमा हुने कामका लागि दुई दिन समय खर्चिनु परेको खड्काको भनाई छ । वडामा सथिव नभएका ६ महिना बितिसक्दा पनि सचिवको व्यवस्था गर्न नसकेको भन्दै स्थानीय आक्रोसित छन् ।जन्मदर्ता मृत्यु दर्ता, बिवाह दर्ता, बसाइसराई, लगायतका पञ्जिकरण अन्तरगतका सम्पुर्ण काम गाँउपालिका लागी गाँउपालिका पुग्नुपर्ने बाध्यता छ । तर पछिल्लो समयमा भने वडााट इमेल मार्फट गाँउपालिकाको कार्यालय पठाउने र गाँउपालिकाबाट हस्ताक्षर गरेर फिर्ता पठाउने गरेको वडाका कार्यालय सहयोगी शेर बहादुर रावतले बताएका छन् ।
सोमबार १५, साउन २०८० ०८:३०
मङ्गलबार १६, साउन २०८० १०:१३
जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याङ्क अनुसार हाल सम्म ९ वटै स्थानिय तहका १ सय १६ बढि गाँउ बाढी पहिरोको जोखिममा रहेका छन् । पुनः नया तथ्याङ्क भने सार्वजनिक हुन नसकेको तर पालिकाहरुलाई अनुरोध भने रेको प्रमुख जिल्ला अधिकारी पुस्कर खड्काले बताएका छन् । यस अघि प्रतिकार्य योजनामा ति गाउँ अन्य ठाँउ स्थान्तरण गरिनु पर्ने भनिएको छ । तर बस्ति स्थानान्तरणका लागि भने कुनै सुरसार छैन । बाजुराका बाढी पहिरोबाट पिडित जनातको समस्या समाधानका लागि ति वटै तहका सरका जिम्मेवार देखिदैनन् ।
मङ्गलबार १६, साउन २०८० ११:५८
लाइभ देउडा लगाउने चर्चामा रहेका शंकर मल्ल, सुना विक, राइकला बुढा, रामबहादुर थापा, लोकमणी ओली सहीत दर्जनौ देउडा खेलाडी देखि संगीत बजारमा देउडा गीतकै कारण स्थापित लालबहादुर थापा, विनोद कुमार बाजुराली, राजेन्द्र शाह विपी, रेखा जोशी, प्रकाश थापा सुप्रिम मल्ल सहीत बाजुराकै हुन् ।
मङ्गलबार १६, साउन २०८० ०१:४६
बुढीगंगा नगरपालिकाले यो वर्ष कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । किसानकै बारीमा पुगेर प्राविधिक ज्ञान सिप बारे जानकारी दिने र किटनाशक समस्याको उपचार विधि बारीमै गर्ने नीति अनुसार नै १० वडाका लागि २० जना कृषि तथा पशु विकास प्राविधिक आह्वान गरिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् ।
मङ्गलबार १६, साउन २०८० १०:२०
सबै मावि र क्याम्पस तहमा प्रारम्भीक कमिटी गठन गर्ने निर्णय गरेको छ । अनेरास्ववियुले विभागिय जिम्मेवारीपनि बाँडफाँड गरेको छ । जसमा संगठन विभाग प्रमुख लक्ष्मण रोकाया, प्रचार प्रसार विभाग प्रमुख प्रकाश खड्का, खेलकुद विभाग सन्जय विक, साँस्कृतिक विभाग रमित मल्ल र महिला विभाग प्रमुखमा सरिता थापाले जिम्मेवारी पाएका छन् ।
मङ्गलबार १६, साउन २०८० १०:३५
कुर्दाकुर्दै बेलुकाको पाँच बज्छ, कार्यालय बन्द हुन्छ, एक दिने अर्को खर्चिनु पर्छ, यसले गर्दा सेवाग्राहीहरुमारमा परेका छन् । नागरिकता बनाउने कामका लागि टाढाबाट आएका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ भने बढी खर्चिलो पनि भएको छ । टाढाटा-ढाबाट आएका सेवाग्राहीहरु समय समयमा विद्युत अवरुद्ध हुने भएपछि काम ढिलो हुन्छ । बेलुका घर फर्किने भनेर आएकाहरु काम ढिलो भएपछि मार्तडीनै बस्न बाध्य हुन्छन् । जसका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
बुधबार १७, साउन २०८० ०२:२७
संजीताको आत्महत्या नभई हत्या भएको हुन सक्ने माइती पक्षको अनुमान छ। झुण्डिएको व्यक्तिको भूइँमा खुट्टा कसरी पुग्छ र मृत्यु हुन्छ, मृतक संजीताका मामा हरिनारायण चौधरीले भने। संजीताको मोबाइल समेत उनका श्रीमान सुवेत यादबसँग भेटिएको उनले बताए। माइतबाट सकुसल घर पुगेकी संजीताको एकाएक झुण्डिएर देहत्याग गरेको विषय पत्यारलाग्दो नभएको उनी बताउँछन्।
बुधबार १७, साउन २०८० ०३:३७
पार्टी विधी, विधान र संगठनको काम कर्तव्य बारे ज्ञान दिनु पर्ने र पार्टी भित्रको अनुशासन समेत सिकाउनु पर्ने भएकोले प्रशिक्षण दिन लगाएको अध्यक्ष अयडीको भनाई छ । आजै युवा संघले नेकपा एमाले पार्टी कार्यालय भित्रै आफ्नो कार्यालय स्थापना गरेको छ ।
बुधबार १७, साउन २०८० ०७:१६
गुईवन गाँउमा पहिरो बग्न सुरु हुनु पहिला स्थानीय संग प्रशस्त जग्गा थियो । परिवार पाल्न अहिले जस्तो समस्या थिएन । जब गाँउमा पहिरो बग्न सुरु भयो । भएको जग्गा जमिन सबै बगायो अनि गुईवन बासिका दुखःका दिनहरु सुरु भए । गाँउमै खेतिपाती गरेर दिन गुजारा गर्ने स्थानीयहरु खेतियोग्य जमिन बगाएपछि प्रदेशिने क्रम पनि सुरु भयो । पहिरोले खेतियोग्य जमिन मात्र बगाएन गाँउको माया परिवारको खुसी पनि बगायो । गाँउमै बसेर पनि परिवार पाल्न सक्ने स्थानीयको अहिले बिदेश नजाने हो भने भोक भोकै मर्नुको अर्को विकल्प छैन ।
बुधबार १७, साउन २०८० ०९:४७
कोल्टीमा १२ सय २९ र मार्तडीमा १२ सय क्वीन्टल चामल मौजाद छ । कोल्टीले केही दिन विक्री बन्द गर्ने सूचना जारी गरेपछि खाद्यन्न अभाव हुने सर्वसाधारणले आशंका गरेका थिए । तर कारणवश गलत सर्कुलरमा कोल्टी डिपो प्रमुख भीमबहादुर बुढाले खाद्यन्न विक्री बन्द गरिएको सूचना जारी गरेपनि अभाव हुने अवस्था नभएको रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय बाजुराले बताएको छ ।
बिहिबार १८, साउन २०८० ११:५९
विस्नालाई गर्भ बोकेको मात्रै आरोप र पीडा छैन् । दलित भएकै कारण सहनु परेको अपमान र अन्यायले मन जलिरहेको देखिन्छ । ‘तँ सँग जातै मिल्दैन्, कसरी विहे गर्नु, कसरी श्रीमति स्वीकार भनेर अहिले यस्तो अवस्थामा अलपत्र पारे । सुरुमा शरिरको मोज लिन म न दलित भएँ, न तल्लो जातकी भएँ, समाजपनि कत्ति अन्यायी छ । मान्छे भएर पनि मान्छेको जस्तो जीवन बाँच्न नपाउनु रुदै विस्नाले पीडा पोखिन् ।’
बिहिबार १८, साउन २०८० ०१:२७
वडा न. ७ मा रहेको खम्म टोलमा यहिँ श्रावढा ७ गते बाढिले बगाएको खानेपानी मुहान मर्मत गरिएको वडा अध्यक्ष धर्मराज पाध्याले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी गराएका छन् । अध्यक्ष पाध्यायका अनुसार सो वडामा जनप्रतिनिधि समेत सहभागी भई प्रत्यक महिनाको महिना २ दिन सामाजिक कार्य गर्ने भन्ने निर्णय नै गरेर काम सुरु गरेको बताइएको छ । वडाका वडा सदस्यहरु, ढम्कने, विबेकशिल र रजातोलि टोल टोलका संयोजक सचिवहरुको नेतृत्वमा काम सरु गरिएको हो ।
बिहिबार १८, साउन २०८० ०३:३२
निर्देशनालयका अनुसार सबैभन्दा दार्चुलामा पाँच सय ६५ जनामा संक्रमण फेला परेको छ। कैलालीमा चार सय २०, कञ्चनपुरमा २९६, बझाङमा ४०, बैतडीमा ४९, डोटीमा ९२, बाजुरामा १७ र डडेल्धुरामा ९४ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयको तथ्याँक अनुसार सन २०१९ मा ५८ पुरुष र ३५ महिला गरेर ९३ जनामा डेंगुको संक्रमण फेला परेको थियो। सन २०२० मा ७६ पुरुष, ४५ महिला तथा २ अन्य गरेर १३२ जनामा संक्रमण पुष्टि भएको थियो। सन २०२१ मा ४५ पुरुष र ४१ महिला तथा दुई अन्य गरेर ८८ जनामा डेंगुको संक्रमण फेला परेको थियो।
बिहिबार १८, साउन २०८० ०५:१७
माओवादी नेता तथा पूर्वसभामुख कृष्ण बहादुर महराका बाबुछोरालाई उन्मुक्ति दिने सरकारबाट भ्रष्टाचार र तस्करी नियन्त्रण नहुने र अन्तराष्ट्रिय जगतले नेपालको सिमानामा हेर्ने नजर परिवर्तन ल्याउन नसकिने नेता भट्टराईले बताए ।क्विन्टल सुन तस्करले अन्तराष्ट्रिय जगतमा नेपालमा भ्रष्टचार र तस्कर सजिलै गर्न सकिन्छ भन्ने नकारात्मक सन्देश दिएको पनि नेता भट्टराईको भनाइ छ ।
शुक्रबार १९, साउन २०८० ०८:३२
अध्यक्षले काम सुरु गर्न खोज्दा उपाध्यक्षले असहयोग गर्ने र बहुमतको दम्भ सहीत विकास निर्माणका काममा पनि बाधा अड्चन सिर्जना गर्ने कामको श्रृखला चलिनै रहेको छ । पालिका अध्यक्ष दिलबहादुर रावतले चुनाव जितेर पद बहाली गरेको दिन निशुल्क एम्बुलेन्स सेवा सञ्चालनका लागि एम्बुलेन्स खरिद गर्ने निर्णय गरे । तर त्यो कार्यान्वयन हुन दिइएन् ।
शुक्रबार १९, साउन २०८० १२:२६
पालिकाले समेत फोहर संकलनमा चासो दिएको देखिदैन् । घरबाट संकलन गरिएको फोहर स्थानीय आफैले टिप्परमा हाल्ने भएपछि व्यवस्थापन भएपनि सार्वजनिक स्थलको अवस्थामा दुर्गन्धीत देखिएको छ ।
शुक्रबार १९, साउन २०८० ०५:२७