आइतबार, ०७ पुष २०८१

जुत्ता चप्पल सिलाउदै आएका कल्चु सार्कीको दम्पतीको सफलता, सार्की दम्पतीको कोहलपुरमा घर

आम्दानी घट्दै, अहिले पनि मासिक ५० हजार बढी आम्दानी

मिन बहादुर खड्का 

बाजुरा :  हिमाली गाउँपालिका वडा न . ६ का कल्चु सार्की उमरले ४० वर्षको पुग्नुभयो । सार्कीको दम्पतीले सदरमुकाम मार्तडीमा जुत्ता सिलाउने काम गर्न थालेको २६ वर्ष भयो । शारीरिक रुपमा अपाङ्ग छन् । सार्की जन्मजातै अपाङ्ग भएर जन्मिएका थिए । सार्कीको बाल्यकाल भने दुखःद बित्यो, परिवारले उनको स्याहार गर्नुपर्ने अवस्था थियो । 


बाल्यकालमै आमाबुबा गुमाएका सार्कीको बाल्यकाल निकै दुःखद बित्यो । अर्काको साहारामा बाचेका उनको स्यहार सुसार गर्ने आमाबुवाको निधन पछि जीन्दगीमा ठूलो बज्रपात सुरु भयो, उनका दाई भाउजुले पनि उनलाई सहयोग गरेनन् । आफ्नै दाई भाउजुबाट अपाङ्ग भएकै कारण अपमानित सार्कीले गाउँलेको साहारामा बाकी दिनहरू बिताउनुपर्यो । अपाङ्ग भएकै कारण सबैबाट अपहेलीत सार्कीले आमाबुबा दुवै गुमाउनु भन्दा ठूलो अर्को दुर्भाग्य थिएन । 

कुनैपनी बुबाआमाका लागि चाहे आफ्नो सन्तान जस्तोसुकै होस् आफ्नै छोराछोरी प्यारो लाग्छ । उनलाई संगैका साथीहरूले हेला गर्थे,  छिमेकी कसै कसैले यस्तो अपाङ्गको के काम ? खाली पाल्नु भार मात्र हो भन्थे, तर जन्मजात अपाङ्ग भएर जन्मिएका सार्कीलाई सुनेर चुपचाप बस्नुको अर्को विकल्प थिएन । छिमेकीले त्यसो भन्दैमा उनका बुबाआमाका लागि उनी भार थिएनन् । उनी पनि एक सन्तान नै थिए । तर बाल्यकालमै कहिले आफ्नो साथ नछोडेका बुबाआमाको काखबाट अलग्गिनुपर्यो । 


बाल्यकाल देखी अरुको साहारामा बाँचेका सार्की आफै हिडडुल गर्न सक्दैनन् । आफु अशक्त भएपनि केही न केही गर्नुपर्छ भन्ने बिचार भएका सार्कीको अरु गर्न सक्ने बिकल्प थिएन । आफुहरु व्यावसायिक बन्नुपर्छ, गाँउमै केही गर्नुपर्छ भन्ने स्वभाव थियो । आफै हिडडुल गर्न नसक्ने, अरुको साहारामा बाच्ने सार्कीले  सानै देखी जुत्ता चप्पल सिलाउने काम गर्ने योजना बनाए । अरु काम गर्न चाहाना भएपनि सक्ने अवस्था थिएन । 

अहिले बडीमलालिका नगरपालिका वडा न. ८ गाँैडाडीलमा बस्दै आएका कल्चु सार्कीको दम्पती जुत्ता सिलाउने पसल थापेर बस्दै आएका छन् ।  सार्की र उनकी  वर्षीया श्रीमती संगै जुत्ता सिलाउन्छन् । सार्कीले जुत्ता सिलाउन १५ वर्षका उमेर देखी नै सुरु गरे । उनले जुत्ता सिलाउन थालेको ३५ वर्ष बढी भयो । सानै देखी जुत्ता सिलाउने काम गर्ने रुचि भएका सार्कीलाई २०५३ सालमा नेपाल राष्ट्रिय समाज सेवा सुधार संघ नाम गरेको  सस्थाले उनलाई जुत्ता चप्पल सिलाउने तालिम सिकाएको थियो ।   

उनले तालिम लिइसकेपछि सुरुमा आफ्नै गाउँमा पसल खोले । गाउँमा करिब तीन वर्ष सम्म काम गरे । त्यसपछि सोही जुत्ता सिलाउने पसल कोल्टीमा खोले । त्यहाँ पनि  ७ वर्षसम्म बसे । बिस्तारै थप हौसला मिल्दै गयो आम्दानी पनि बढ्दै गयो । सानै देखि यहीँ काम प्रती रुचि भएका सार्कीले कोल्टीमा ७ वर्ष काम गरिसकेपछि मार्तडी आए । मार्तडीमा पनि त्यहीँ काम गरे । उनले स्थान फेरे तर पेशा फेरेनन् । धेरैले नयाँ कामको सुरुवात गर्ने र बिचैमा छोड्ने गरेको पाइन्छ , आफुले गरेका कामहरुलाई धेरैे निरन्तरता दिन सक्दैनन् । 

सुरुमा सदरमुकाम बस्दा निकै दुःख कष्ट गर्नुपर्यो, सोचेजस्तो व्यापार भएन । घाटा व्यहोर्नुपर्यो । केही वर्ष बसिसकेपछि जुत्ता सिलाउने पसल खोज्दै ग्राहकहरु बिस्तारै आउन थाले । ग्राहकको संख्या पनि बढ्दै गयो। मार्तडीमा बसेपछि गाउँमा र कोल्टीमा भन्दा बढी आम्दानी हुन थाल्यो । दैनिक आउने ग्राहकका संख्या बढ्दै  जाँदा भनेको समयमा जुत्ता सिलाउन नसकिने भयो । बिस्तारै उनकी श्रीमती जना सार्कीले पनि सघाउन थालिन् । सुरुमा श्रीमानलाई सघाउने जनाले पनि जुत्ता सिलाउन सिकिन् । श्रीमतीले पनि सिलाउन सिकेपछी झन सहज हुँदै गयो । ग्राहकले भनेको समयमै सिलाएर सक्ने र दिने भएपछि ग्राहकहरुको चाप बढुदै गयो ।


यसरी सार्की दम्पतीको जीवनको गतिले सुखको मोड लियो । बाल्यकाल देखी कष्टकर जीवन बिताएका सार्कीको जीवन सुखको दौडानमा लम्किरह्यो । आफै अर्काको साहारामा बाँच्ने सार्कीको जीवनमा  उनकी श्रीमती आइन् । उनको जीवनमा पहिलो खुसी थपियो । त्यसपछि  छोरा जन्मिए । यसरी निरनतर एकपछि अर्को सफलता मिल्दै गयो । सार्कीले बिवाह गरेको १४ वर्ष मात्रै भयो । अहिले श्रीमतीको भरपुर माया र  साथ पाएका छन् । उनकी श्रीमतीले जुत्ता चप्पल सिलाउन थालेको मात्रै १४ वर्ष भयो ।

सार्की दम्पती संगै जुत्ता सिलाउन थाले । ग्राहकको संख्या बिस्तारै बढ्दै गएपछि आम्दानी पनि त्यतिबेला धेरै हुन्थ्यो । दैनिक ५ हजार भन्दा माथी नै हुन्थ्यो । त्यतिबेला जिल्ला सदरमुकाम मार्तडी आउनेहरुको चाप पनि त्यत्तिकै थियो, प्राय धेरै मान्छे आउन्थे सार्कीले भने, सामान्य अवस्थाबाट माथी उठेको उनको जीवन अहिले व्यवस्थित तर्फ धकेलीएको छ । उनका एक मात्र छोरा छन् । छोराको पढाई लेखाई र परिवार धान्न सबै यहि पेशाले पुगेको छ । सार्कीको परिवार सुखी र खुसी छ । कसैको दुई पैसा ऋण निकाल्नु परेको छैन । सार्की दम्पती  आफ्नो पेशाप्रती सन्तुष्ट छन् ।

अहिले पनि दैनिक  कम्तिमा पनि २५ सय कमाई हुन्छ । प्रहिला जस्तो सदरमुकाम आउने मानिसहरूको चाप अहिले नभएकाले ग्राहकहरुको संख्या धेरै घटेको कल्चु सार्कीले बताएका छन् । पहिला नगरपालिका गाउँपालिका थिएनन्, सबै कामका लागि मार्तडी नै आउनुपर्ने हुन्थ्यो, त्यसैले धेरै मान्छे आउन्थे, व्यापार पनि धेरै हुन्थ्यो, तर अहिले पहिला जस्तो छैन, तरपनि किनेर खानुपरेको छैन, खान बस्न चलेकै छ सार्कीकी श्रीमती जना सार्कीले भनिन् । यहीँ जुत्ता चप्पल सिलाएर आफुहरुले कोहलपुरमा ४७ लाखको लगानीमा घर लगाएको पनि सार्की दम्पतीको भनाई छ ।

सुन्दा अचम्म लाग्ला तर हाम्रो अरु केही कमाई छैन, यहीँ पेशाबाटै कमाएको पैसाले हो घर लगाएको सार्कीले थपे , जीवनमा धेरै दुःख गरियो, एकपटक दुःख गरेपछि सुख अवश्य मिल्ने रहेछ, आफु अशक्त थिए, सीप सिक्यौ भने दिन गुजारा गर्न गा¥हो हुँदैन, मलाई तालिम दिन सहयोग गर्ने सस्था र सहयोग गर्ने सबैलाई म जीवनभर सम्झिरहनेछु । सार्कीले भावुक हुँदै सुनाए । 


आफै अर्काको साहारामा बाच्नुपर्ने अवस्थामा रहेका सार्कीलाई सस्थाले तालिम दिएपछि उनको जीवनको गतिले नयाँ मोड लिएको हो । सार्वाधिक विकट पालिका हिमालीमा गरिब परिवारमा जन्मिएका उनको त्यतीबेलाको जीवन र अहिलेको जीवनमा आकाश पातलको फरक रहेको सार्की स्वयम आफै बताउन्छन् । कुनैबेला खान लाउनै अभाव थियो, बिहान खाएपछि बेलुका के खाने भन्ने हुन्थ्यो, यहीँ पेशामे मेरो जीवन फेरिएको हो उनले भने ।

गरिबी, व्यरोजगारी,अशिक्षा र भोकमरी बाजुराका प्रमुख समस्या हुन् यी समस्याबाट ग्रसित नभएका प्राय कोही छैनन् । कल्चु सार्की पनि त्यहीँ परिवारिक अवस्थाबाट माथी उठेका हुन् । पछिल्लो समयम धेरै मानिसहरू रोजगारीको शिलसिलामा बिदेशीने क्रम जारी छ । बाजुराको हकमा पनि धेरै युवाहरूको रोजिरोटी चलाउने माध्यम नै बिदेश बनेको छ । बिदेश नगएर पनि आफ्नै ठाउँमा आफ्नो सिप खर्चेर खान सकिन्छ भन्ने कुराको सार्की एक उदाहरणिय व्यक्ति हुन् । 

युवाहरूलाई बिदेश नजान पनि उनको सुझाव छ । युवाहरूले बरु सिप सिकेर आफ्नै देशमा केही गर्नुपर्ने उनको भनाई छ । सस्थाबाट तालिम लिएर जुत्ता चप्पल सिलाउन थालेका उनी अहिले अरुलाई पनि यस्तै सिपहरु सिकाएर व्यावसायिक बनाउनुपर्छ भन्ने पक्षमा छन् । अहिलेसम्म कतैबाट  व्यावसाय गर्नका लागि सहयोग नपाएको उनले दुखेसो पोखेका छन् । आफु जस्तै धेरैलाई यहि काम सिकाएर व्यावसायिक बनाउने उनको योजना छ । त्यसका लागि आर्थिक जोहो गर्न नसकेको उनले बताए । 

स्थानीय सरकार संग उनले सहयोग मागे तर कसैले पत्याएनन । ठूलो मेसिन किनेर धेरै युवाहरूलाई गाउँमै रोजगारी दिने उनको धोको छ । आफ्नो सिप अरुलाई पनि हस्तान्तरण गर्न चाहान्छन् । सिप मात्र सिकाउने उनको धोको छैन आफु जस्तै आफ्नै देशमा आफ्नो सिप खर्चेर खान सक्ने बनाउने पनि सार्कीको धोको छ । सानो ठुलो पेशाको नाममा विभेद गर्ने प्रचलन छ । सरकारी जागिर खानेहरुले आफुलाई ठूलो ठान्ने प्रबृत्ती हावी छ । तर आफ्नो सिप र श्रम खर्चेर रोजीरोटी चलाईरहेका त धेरै छन् । कसैले रोजिरोटी मात्र चलाएका छैनन् ।

ठूलो सफलता समेत हासिल गरेका छन् । जसको एक उदाहरण सार्की परिवार पनि हुन् । तर उनीहरुको कदर र मुल्यांकन भने हुँदैन । उनीहरुको श्रम र सिपको कदर समेत गर्दिदैनन् । उसो त धेरैले जुत्ता पनि सिलाउन्छन् ? यस्ता काम पनि को गर्छ ? भनेर राहादानी बोकेर बिदेश जाने क्रम जारी छ ।
अधिकांश पुरुष मान्छेहरू स्वस्थ हुँदा पनि दिनभर बरालिएर हिड्ने ,भट्टिपसलहरु गफ गर्दै दिन बिताउने, मदिरा सेवन गरेरै दिनहरु बिताउन्छन् । तर सार्की भने अपाङ्ग भएपनि आफ्नो श्रीमतीलाई सघाइरहेका छन् । एउटा असल पुरुषको परिचय दिन सफल छन् । यातिमात्र होइन संघर्ष गरेपछि सफलता मिल्छ भन्ने कुराको एक गतिलो उदाहरणीय व्यक्ति हुन् ।
 

प्रतिक्रिया दिनुहोस