बुधबार, ०२ जेठ २०८१

पीसविन नेपालको बार्षिक संस्थागत लेखाजोखा कार्यक्रम सम्पन्न

एक आर्थिक वर्षमा ११ करोड ९७ लाख ६३ हजार ४ सय ३३ रुपैया खर्च

 बाजुरा :  पीसविनको बार्षिक संस्थागत लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ ।  आइतवार  एक औपचारिक कार्यक्रमका बिच पीसविन केन्द्रीय कार्यसमिति कोषाध्यक्ष  पार्वती जोशीको अध्यक्षतामा बडीमालिका नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।    


पीसविनले आर्थिक वर्ष  २०७९ ८० मा संचालित परियोजनाहरु,  क्रियाकलाहरु, बजेट, उपलब्धि र सिकाई बिषयक प्रतिवेदन  पीसविन नेपालका कार्यक्रम प्रवन्धक श्री धर्म बहादुर रोकायाले प्रस्तुत गर्नुभएको थियो ।  पीसविनले यस आर्थिक बर्ष २०७९/ ८० मा ११ करोड ९७ लाख ६३ हजार ४ सय ३३ रुपैया खर्च गरेको छ ।एक आर्थिक वर्षमा सञ्चालित कियाकलापहरुको बारेमा जानकारी समेत गराइएको थियो । 

सुदूरपश्चिमका ५ वटा जिल्लामा गरि यस आर्थिक वर्षमा ११ वटा परियोजनाहरु संचालन गरेको पीसविनले महिला र बालबालिकाको क्षेत्रमा ३३ वर्ष देखि पैरवी गरिरहेको छ । कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिहरुले पीसविनले बाजुरा जिल्लामा समाज विकास रुपमान्तरणको अभियानमा मुख्य भुमिका खेलेको र स्थानीय सरकारको योजना निर्माणमा पनि विशेष सहयोग गरेकोले यो अभियानलाई निरन्तरता दिन आग्रह गरेका थिए । आगामी दिनमा पनि निरन्तर समाज रुपान्तरणमा याग दिन आग्रह  बक्ताहरुले गरेका थिए । बाजुराको हकमा पीसविनले सामाजिक परिवर्तनमा उल्लेखनिय योगदान पुयाएको कार्यक्रममा बोल्ने वक्ताहरुको भनाई थियो । 
 
पीसविन केन्द्रीय कार्यसमिति कोषाध्यक्ष  पार्वती जोशीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बुढीगंगा नगरपालिकाका नगर उपप्रमुख माया खड्का कुंवर रहेकी थिइन् भने कार्यक्रममा  विशिष्ट अतिथि खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष श्री दिल बहादुर रावत ररहेका थिए  । 
कार्यक्रममा बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा र स्वास्थ्य साखा प्रमुखहरु गरी ४० वढीको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन परियोजना अधिकृत श्री महेशराज जैशीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस