शनिबार, ०६ पुष २०८१

बुढीगंगा नगरपालिकाद्धारा बजेडीका पहिरोबाट विस्थापित १३ परिवारलाई राहत सहयोग

बाजुरा : बुढीगंगा नगरपालिका २ बजेडी पहिरोबाट विस्थापित १३ परिवारलाई राहत सहयोग गरिएको छ । बुढीगंगा नगरपालिकाले तत्कालको बसाइ व्यवस्थापनका लागि पाल, खाद्यन्न लगायतको राहत सहयोग गरेको हो ।

पाल, खाद्यन्न, कम्मल वितरण गरिएको नगर उपप्रमुख माया कुँवरले बताएकी छन् । बजेडीको पहिरोले सिंगो गाउँमै भासिएको र सबै घर चर्किएकोले बस्ती नै अन्यन्त्र सार्नु पर्ने अवस्था आएको बुढीगंगा नगरपालिकाले बताएको छ ।

बजेडीमा पहिरो बग्न थालेको ४ दशक बितिसकेको छ । तर बस्ती व्यवस्थापनका लागि विकल्पको खोजी भने राज्यका तर्फबाट अहिलेसम्म पनि भएको छैन् । २०४० सालमा बुढीगंगा नगरपालिका २ बजेडीमा पहिलो पटक पहिरो बग्न थालेको हो ।

जमिनको सतह पुरै बसिसकेको र कतै २ मिटर कतै १ मिटरसम्म जमिनको सहत भासिएपछि घर चर्किने र भत्किनेक्रम बढेको स्थानीय मनीराज जैशीले जानकारी दिएका छन् । बजेडीमा करिब १ सय ३० परिवारको बसोबास छ । २५ बढी जति परिवार पूर्ण रुपमा विस्थापित भएर यस अघि नै तराई सरिसकेका छन् । भने १३ घर पूर्ण रुपमा विस्थापित हुने अवस्थामा पुगेका छन् ।

बजेडीमा बसोबास गर्ने मध्ये ६० प्रतिशत घर पूर्ण रुपमा चर्किएको अवस्था छ । २० बढी परिवार घर भत्किएरै विस्थापित बनेका छन् । नचर्किएका घरमा पनि घरको आँगन भासि सकिएकोले ढिलो चाँडो भत्किने बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानीयाँले जानकारी दिएका छन् ।

बाँनीयाको  नेतृत्वमा उपप्रमुख माया कुँवर, समन्वय समिति सदस्य हिक्मत थापा सहीतको टोलीले सिंगो बस्तीको अनुगमन गरेका छन् । नगरपालिकाले बस्ती यसैवर्षबाट सार्ने तयारी थाल्ने दाबी गरेको छ ।

स्थानीयले नै उपयोग गर्ने सेलापातल मल्यासैन सामुदायिक वन क्षेत्रमा बस्ती राख्न मिल्ने सुरक्षित ठाउँ छ । उपभोक्ता समिति, सरकारसँग सहमति गरिर, स्थानीयलाई त्यतै सार्नु पर्नेमा पालिका लागेको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् ।

भूगर्भ विदहरुले पनि बजेडीमा बस्ती बसाउनै नहुने बताएका छन् । जिल्ला विपद व्यवस्थापन समितिले पनि उच्च जोखिम भएको गाउँको सूचीमा राखेको छ ।

जोखिम नघट्ने निष्कर्ष सहीत सार्नका लागि पनि जिल्ला प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । बाजुराका बजेटी सहीत करिब १ सय १६ बस्ती जोखिममा देखाएको छ ।

प्रतिक्रिया दिनुहोस